२०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024

सहकारीको क्षेत्रमा कमजोरी गर्ने नेता पाटीमा बस्न योग्य छैनन् —केन्द्रिय सचिव पोखरेल  


२३६७ पाठक संख्या
  • २०८१ मंसिर २२, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव ‚ सहकारी तथा गरिबी निवारण विभाग एवं सहकारी केन्द्रका इन्चार्ज लिलामणि पोखरेलले सामाजिक सुरक्षाको प्रश्नलाई ध्यान दिएर हाम्रो आजको शक्ति सन्तुलनमा सहकारी आन्दोलन थ्रि पिलर इकोनोमिक मध्यको मेजर पिलर भनेर हामीले मानेको बताउनु भयो ।

    आज (शनिवार) काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सहकारी केन्द्र नेपाल काभ्रेपलाञ्चोकको प्रथम अधिवेशन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र) का सचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमको उद्‌घाटन गर्दै प्रमुख अतिथि पोखरेलले १८ वटा बिषयगत सहकारी छन् जसमध्ये सबैभन्दा हावि भएको सहकारी बचत तथा ऋण ‚ अरु अरु सहकारीले पनि बचत तथा ऋणकै काम गरेको बताउनु भयो । बैङ्किङ कारोबार गर्ने काम सहकारीको हैन । सहकारीको काम भनेको सामूहिकता उत्पादन प्रणालीलाई विकसित गर्ने र अर्थतन्त्र बलियो बनाउनको साथै सामाजिक सुरक्षालाई बलियो बनाउने हो ।  सहकारीले सहकारीको उद्देश्यबाट पलाएन भएर पैसा कसरी कमाउन सकिन्छ तफर् लागे । सहकारी खोलिएपछि पैसा कमाइन्छ भन्ने विषय नकारात्मक हो । ग्रामीण बस्तीहरूमा जनतालाई आधारित भएर खोलेका सहकारीहरू समस्यामा छैनन् । जुन सहकारीले अपारदर्शिता ढङ्गबाट काम गरिरहेको छ त्यहाँ समस्या आएको छ ।

    पोखरेलले भन्नुभयो “नेकपा (माओवादी केन्द्र) का केन्द्रिय नेता पनि बेइमान भएका छन् ‚ सहकारी खोलेर पैसा खाइदिएर सहकारीलाई कोल्याप्स गरेर बरबाद पार्ने केन्द्रिय नेता पाटीमा बस्न पाइदैन ।” जनता ठग्ने मान्छे पाटीमा बस्न पाइन्छ ? जनताको मुक्तिको निमित्त भनेर हिड्ने ‚ अनि जनताको पैसा जम्मा गरेर खाएर बेपत्ता हुने यस्तो गर्न पाइदैन भन्ने पक्षमा छु । सहकारीको क्षेत्रमा समस्या आउनको प्रमुख कुरो भनेको पूँजीवादले सहकारीलाई सिध्याउन खोजेको छ । आर्थिक व्यवस्थापन सहित समाजवादको आन्दोलनलाई अगाडि बडाउनको निम्ति सहकारीको विकास भएको हो ।  कतिपय सहकारी सञ्चालनसँग ज्ञानको अभावले गर्दा पनि सहकारीमा समस्या आएको हो । सहकारी सञ्चालकले आफ्नो सहकारीबाट पैसा निकाल्न हुँदैन । सहकारीका सञ्चालकले पैसा निकाल्ने कार्यले गर्दापनि सहकारीमा बिकृती आएको हो । सञ्चालकमा कुनियतका कारणले गर्दा सहकारीमा समस्या आएको हो ।

    सहकारी क्षेत्रमा ८ खराब पुजि छ ‚ ७३ लाख शेयर सदस्यहरू छन् । सहकारीले ९२ हजारलाई रोजगारी दिएको छ ‚ सहकारीमा देखिएको विकृतिका कारण रोजगारी खतम छ । ७३ लाख जनताको पुँजी ६ खराब पुँजी धरापमा पर्न थालेको छ । त्यतिमात्रै नभई सहकारीको कारण राजनीति क्षेत्र नै धरापमा परेको छ । सहकारीको माध्यमबाट आर्थिक विकास गर्नेभन्ने राजनीति प्रणाली भित्रको योजना थियो सो धाराशयी हुन थाल्यो । सो धराशायी हुनु भनेको मुलुकको संविधान धरापमा पर्नु हो । संविधानले तीन खुट्टे आर्थिक नीति ल्याएको थियो त्यो आर्थिक नीति धाराशयी हुन थाल्यो । प्रमुख अतिथि पोखरेलले प्रस्ट्याउनु भयो ।

    कार्यक्रममा सहकारी केन्द्र नेपालका महासचिव ईश्वरी पाण्डेले समुदायमा आधारित कार्य गर्नको लागि सहकारी केन्द्रको स्थापना भएको बताउनु भयो । उहाँले थप्नुभयो —सहकारीको क्षेत्रमा आएको तमाम समस्याको विषयमा गहिरिएर अध्ययन गर्दै सहकारी क्षेत्रको विकृति विसंगति लाई निमिट्यान्न पार्नको लागि द्रुत गतिमा अगाडि बढेको छ सहकारी केन्द्र नेपाल । काभ्रे जिल्ला अन्यत्रको तुलनामा सक्षम जिल्ला हो त्यसकारण सहकारी केन्द्र काभ्रे विजुलीको गतिमा अगाडि बढ्ने बताउनु भयो । सहकारीलाई कम्पनीको मोडलमा लगेर रकम कुम्ल्याउनेको विरुद्धमा खरो ढङ्गले सहकारी केन्द्र उत्रने छ । समाजवादी यात्राको अभियानमा सहकारी केन्द्रले अभियान चलाउने छ ।

    सहकारी केन्द्र नेपाल काभ्रेका अध्यक्ष कमल कुँइकेलको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशन तथा सम्मान कार्यक्रममा सहकारी तथा गरिब निवारण विभागका सदस्य बाबुराम अधिकारी ‚ सहकारी केन्द्र बागमती प्रदेश अध्यक्ष माधव तिमल्सिना ‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली ‚ बनेपा नगर कमिटी अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतका वक्ताहरूले सहकारी केन्द्रले सहकारी क्षेत्रमा खेल्नुपर्ने भूमिकाको बिषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    सहकारी केन्द्र काभ्रेका सचिव चित्र चौलागाइँले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गोपाल नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । अध्यक्ष कुँइकेलले प्रगति विवरण साथै भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारीको क्षेत्रका अभियन्ता तथा जिल्ला सहकारी सङ्घमा रहेका सञ्चालक तथा उपसमितिलाई सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु