२०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024

लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्वः ग्रामिण पाठशालाका छात्रालाई छात्रवृत्ति प्रदान


५३०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ पौष ९, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डेबेशीमा शाखा रहेको लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका–३ मा रहेको श्री ग्रामिण पाठशाला एजुकेशन फाउण्डेशनमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

    आज (मंगलवार) एक विशेष कार्यक्रमको आयोजना गरी उक्त शाखाले कक्षा ७ मा अध्ययनरत छात्रा स्नेहा दाहाललाई छात्रवृत्ति उपलब्ध गराएको हो । बैंकले ग्रामिण समुदायका विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्न र उनीहरूको अध्ययनमा टेवा पु¥याउन यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    छात्रवृत्ति प्रदान कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुमन मानन्धर , विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । शाखा प्रबन्धकले कार्यक्रममा , “लक्ष्मी सनराइज बैंकले समाजप्रति आफ्नो उत्तरदायित्व बहन गर्दै यस किसिमका सहकार्य गर्दै आएको कुरा बताउनु भयो । यो छात्रवृत्तिले स्नेहाजस्ता मेधावी विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन सहयोग पु¥याउनेछ।”

    विद्यालयका प्रधानाध्यापक विदुर भण्डारीले लक्ष्मी सनराइज बैंकलाई धन्यवाद दिँदै भने, “बैंकको यस सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रेरणा मिल्नेछ । यसले ग्रामीण क्षेत्रमा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ।”
    छात्रवृत्ति कार्यक्रमले विद्यालय र बैंकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै ग्रामिण समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि बैंकले प्रतिबद्धता जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु