२०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025

सशस्त्रले भूमिहीन लाई आवास कर्जा दिने


२५४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ माघ ९, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले भूमिहीन कर्मचारीलाई १० लाख रुपैयाँसम्मको आवास कर्जा दिने भएको छ ।

    २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले भूमिहीन कार्यक्रम अन्तर्गत उक्त कर्जा दिइने बताए । जसअन्तर्गत पाँच जनाले यो सूविधा समेत लिएको उनले बताए ।

    त्यसैगरी प्रशिक्षक तथा प्रशिक्षार्थी भत्ताको व्यवस्था पनि गरिएको छ । कल्याणकारी सेवा केन्द्रबाट प्राप्त हुने सहुलियत ऋणको दायरा बढाइएको छ । १० लाख रुपैयाँसम्म सीमा आवास कर्जाको व्यवस्था मिलाइएको उनले बताए । ५० हजार रुपैयाँ सामाजिक व्यवहार कर्जाको व्यवस्था, १० लाख रुपैयाँसम्म प्राकृतिक प्रकोप कर्जाको व्यवस्था गरिएको सशस्त्रले जनाएको छ ।

    जुनियर अधिकृतहरूलाई समेत चारपाङ्गे सवारी कर्जा दिन सुरु गरिएको छ । ९७ वटा युनिट मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र तथा एक सिपाही एक सिप कार्यक्रम अन्तर्गत ८ सय जनाले तालिम सम्पन्न गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार