२०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025

काभ्रेपलाञ्चोकमा एक लाख युवा आउने‚ फुटबल प्रतियोगिता प्रथम हुनेलाई पाँच खाल पुरस्कार  


५७४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ माघ ९, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  •  

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा विश्व युवा सम्मेलनको लागि बिभिन्न ७५ मुलुकबाट एक लाख युवा आउने भएका छन् ।

    काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आगामी चैत १४ गतेदेखि १८ गतेसम्म युवा सम्मेलन हुनेभएको छ । सो विषयमा धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला समन्वय प्रमुख दीपक गौतमले जानकारी गराउनु भएको हो ।

    विश्व युवा सम्मेलनलाई लक्षित गर्दै माघ १७ देखि १९ गतेसम्म फुटसल प्रतियोगिताको आयोजना समेत गरिएको छ । सो प्रतियोगितामा खुला समुह अन्तरगतको खेलमा प्रथम हुनेको लागि नगद ५ लाख पुरस्कारको व्यवस्था गरिने भएको छ । त्यसैगरी उपविजेताको लागि दुई लाख ‚ उत्कृष्ट खेलाडीको लागि २० हजार ‚ उत्कृष्ट गोल रक्षकको लागि २० हजार र सर्वाधिक गोल कर्ताको लागि २० हजार प्रदान गरिने भएको छ ।

    पत्रकार सम्मेलनमा समन्वय प्रमुख गौतमले जानकारी गराए अनुसार अन्तर विद्यालय स्तरीय (कक्ष १ देखि १० सम्मका विद्यार्थी ) फुटसल प्रतियोगितामा प्रथम हुनेको लागि एक लाख राशिको पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी उपविजेताले ५० हजार ‚ उत्कृष्ट खेलाडीले १० हजार ‚ उत्कृष्ट गोल रक्षकले १० हजार र सर्वाधिक गोल कर्ताले १० पाउने छन् । सो प्रतियोगितामा काभ्रे जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरू सहभागि हुने जानकारी गराइएको छ । उल्लेखित फुटसल प्रतियोगिता बनेपा स्थित बेलर एकेडेमी ‚ एविएम फुटसल र सङ्कल्प कलेज मा हुने भएको छ ।

    ७५ भन्दा बढी देशबाट सहभागी हुने विश्व युवा सम्मेलनको बारेमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले सम्मेलनको तयारी तीब्ररुपमा भइरहेको र चैत १४ गते काठमाडौँ विश्वविद्यालय परिसरमा उद्‌घाटन हुने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्‌घाटन उक्त समारोहमा १ लाख भन्दा बढीको उपस्थिति रहने बताउनुभयो । सम्मेलन अवधीमा विभिन्न मुलुकबाट करिव ३ लाख युवाहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा कर्न्सट‚ समूहगत छलफल तथा स्टलहरू रहनेछन् । २ सय भन्दा धेरै वक्ता र १० हजार डेलिगेटले समूहगत छलफलमा भाग लिनेछन् । ५० भन्दा धेरै इभेन्ट उक्त सम्मेलन अवधीमा आयोजना हुनेछ । सम्मेलनमा नेपालका ७ सय ५३ वटै स्थानीय बाट सहभागिता रहनेछ । प्रमुख गौतमले भन्नुभयो ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बिनोद कुमार न्यौपानेलाई ट्याब (डिभाईस) प्रदान गर्दै काभ्रेली पत्रकारहरूका लागि पेपर लेस पत्रकारिताको वातावरण बनाउनका लागि तत्कालै जिल्लाका क्रियाशील पत्रकारहरूलाई ट्याब (डिभाईस) उपलब्ध गराउने समन्वय प्रमुख गौतमले जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले विश्व युवा सम्मेलन काभ्रेको मात्रै नभएर नेपालको पहिचान अन्तराष्ट्रिय स्तर सम्म पुर्याउने अवसर भएकोले सबै सरोकारवाला मिलेर सम्मेलन सफल बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार