काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल पाँचखाल नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप चार दिन सम्म सञ्चालन हुने भएको छ ।
पाँचखाल नगर स्वास्थ्य शाखाको अनुसार माघ २२ गते देखि माघ २५ गते ( चारदिन) सम्म नगरमा रहेको बिभिन्न २५ स्थानमा उक्त खोप लगाइने भएको छ ।
१० वर्ष देखि १४ वर्ष उमेर समुहका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई उक्त खोप लगाइने जानकारी प्राप्त भएको छ । सो उमेर समुहका विद्यालय नजाने कुनै किशोरिहरु रहेमा सो किशोरीहरूलाई समेत खोप लगाइने जानकारी प्राप्त भएको छ ।
पाँचखाल नगरपालिकामा १० वर्ष देखि १४ वर्ष सम्मका एक हजार चार शय ७६ जना छात्राहरू रहेको छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाएपछि हालको अवस्थामा जस्तो क्यान्सर रोगबाट अकालमा ज्यान गुमाउनु नगर्ने अध्ययनबाट प्रस्टिएको छ ।
कुन कुन खोप केन्द्रबाट लगाइन्छ त खोप ?
खोप अभियानको विषयमा पाँचखाल प्रमुखको यस्तो छ भनाई
प्रतिक्रिया दिनुहोस