सुशील राज गिरी
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ गाउँमा रास्वपा एक घर एक घण्टी नारा दिदै धुलिखेल वडा नं. ८ मा (आज) शनिबार वडा अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशन सहित संगठन बिस्तार गर्ने क्रममा धुलिखेल वडा नं. ८ मा नेकपा एमाले र नेपाली कागे्रसलाई धक्का लागेको छ । लामो समयदेखि नेकपा एमालेमा क्रियाशील रहेका निबर्तमान वडा सदस्य ठुलो कान्छा तामाङ, सुर्य बहादुर तामाङ , प्रेम तामाङ ,दिपक लामा , सन्तोस मिजार लगाएतका नेता साथै नेपाली कांग्रेस परित्याग गरेर दर्जनौं कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेस गरेका छन् । कार्यक्रममा धुलिखेलका बौद्विक ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाउदै कार्यक्रम सफल बनाउन धुलिखेल नगर सदस्य एवं वडा नं. ४ का सभापति तथा धुलिखेल संगठन बिभाग प्रमुख रबिन्द कर्मचार्य सफल हुनुभएको छ ।
अधिवेशन सम्पन्न गराउन धुलिखेल नगर सभापति माधब प्रसाद श्रेष्ठ उपसभापति रामेश्वर घिनाजू ,नगर सचिव दामोदर गौतम लगाएत केन्द्र, प्रदेस र जिल्ला नेताको मुख्य भुमिका रहेको थियोे ।राष्ट्रिय स्वतन्त्र पार्टीको धुलिखेल वडा नं. ८ को शनिबार वडा अधिबेशन सम्बोधन गर्न आउनु भएको प्रमुख अतिथि केन्द्रीय कानुन बिभागका नेता लब बिष्ट तथा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापति प्रबिन कुमार ढकाल तथा काभ्रे जिल्ला एक क्षेत्रीय सभापती मधुकुमार चौलागाईले नया थप सदस्य लाई खादा टिका लगाई आधिकारिकता प्रदान गर्नु भएको थियोे ।
कार्यक्रममा धुलिखेल संगठन बिभाग प्रमुख रबिन्द्र कर्माचार्यको सकृयताले काभ्रे राजनीतिमा जरा गाडेका पार्टी नेकपा एमाले र नेपाली कांग्रेस लाई ठुलो धक्का पुगेको छ । कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता काभ्रे जिल्ला क्षेत्रीय सभापती मधु कुमार चौलागाईले पार्टीको निति र बिचारमा प्रष्ट पार्दै स्वार्थ नबोकी पार्टीमा लाग्न आम समुदायलाई अनुरोध गर्नुभयो । पार्टीका सदस्यले कुनै गलत काम गर्दा परिवार लाई सम्झनु भन्दै जिल्ला सभापति प्रबिन कुमार ढकालले नया सदस्य र कमिटी लाई गलत गरे पार्टीमा ठाउँ नभएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीको नेता लब बिष्टले राजनीति सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभयो । पछिल्लो समय रास्वपाले राष्ट्रियस्तरमा कमाएको ख्यातिका कारण समाजमा केही गरौं भन्ने मान्छेहरुका लागि गन्तव्यको एउटा मार्ग प्रशस्त गरेको जसका कारण नेकपा एमालेमा क्रियाशील रहेका निबर्तमान वडा सदस्य ठुलो कान्छा तामाङ जस्ता व्यक्तित्वहरुले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिएको बताउनु भयो । कांग्रेसमा एमालेमा छुट्टै पहिचान राख्न सफल पकुचा,बडालगाउ, बगैंचा का ३ दर्जन व्यक्तिहरुले राजस्वपा रोजे । धुलिखेल वडा नं. ८ मा सबिन अधिकारीको सभापतित्वमा ११ सदस्य कमिटी गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस