२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

सुख्खा पहिरोमा परि नमोबुद्दमा एकको मृत्यु


२४९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ फागुन १५, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्द नगरपालिका वडा न १ मा सुख्खा पहिरो खसि एकको मृत्यु भएको छ ।
    प्रहरिको अनुसार आज (बिहिवार) दिउसो  ३ बजेको समयमा जिल्ला काभ्रे नमोबुद्ध न.पा. ०१ कानाकोट स्थित बृदा आश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो खसि सोहि भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले टाउकोमा लागी सोहि भवनमा काम गर्ने कामदार जिल्ला पर्षा सखुवापर्सेनी गा.पा. वडा नं. ०३ बस्ने कैलेश्वर माझीको छोरा अं. बर्ष ३८ को दुर्जन माझी घटना स्थलमानै मृत्यु भएको छ ।

    मृत्युको  खबर प्राप्त हुनसाथ प्र.चौ. श्यामपाटीबाट प्र.ह. लोक नाथ सापकोटाको कमाण्डमा प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, घटना स्थल मुचुल्काको लागि इ.प्र.का. मंगलटारबाट प्र.नि. कृष्ण गिरीको कमाण्डमा प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार