२०८१ चैत्र ४, मंगलबार | Tue, 18, Mar, 2025

च्याउ खाँदा एक जनाको मृत्यु ,एकको अवस्था गम्भिर , आठ विरामी


२२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ चैत्र ४, मंगलबार मा प्रकाशित २0 घण्टा अघि
  • तनहुँ, चैत्र ५ गते । तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिरामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । थापाका अनुसार मगरले बारीमा उम्रिएको जङ्गली च्याउ व्यास नगरपालिका–६ शान्ति टोलस्थित मामाघरमा लगेर चैत १ गते पकाएर खाँदा बिरामी हुनु भएको थियो । यस्तै च्याउ खाँदा बिरामी ४ वर्षीय सुमित पुलामीको अवस्था गम्भिर छ ।

    च्याउ खाँदा विरामी हुने अन्यमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, २३ वर्षीया पवित्रा मगर,४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी र ६५ वर्षीया सीता पुलामी बिरामी हुनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार