२०८२ बैशाख १३, शनिबार | Sat, 26, Apr, 2025

सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड


२४७१ पाठक संख्या
  • २०८२ बैशाख १३, शनिबार मा प्रकाशित १४ घण्टा अघि
  • १३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको वताउनु भयो ।

    प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप लगाउनु भयो ।

    ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ । शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्यसका लागि छोटो बाटोबाट लानुपर्छ,’ प्रचण्डले भन्नुचयो , ‘शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ । अदालतले पनि आदेश जारी गरिसकेको छ । त्यो पनि गर्न खोजेको जस्तो देखिँदैन । सरकार त्यसको निम्ति तयार देखिँदैन ।’

    उनले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताए ।‘सडक, सदन र मोर्चाबाट पनि देशको विषम राजनीतिलाई सहजीकरण गर्ने जिम्मेवारी पूरा गनुपर्नेछ,’ प्रचण्डले भन्नुचयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु