२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

पाँचखालमा संञ्चालित भट्टाले झन्डै तीन करोड अनुदान, काभे्रमा एसियाकै सवभन्दा राम्रो प्रबिधिबाट भट्टा संचालन हुदै


१०२७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • अध्यक्ष
    जितेन्द्र खायमलि
    काभे्र इट्टा उद्योग व्यवसायी संघ

    भक्तपुर जिल्ला भक्तपुर नगर पालिका वडा नं ८ मा बुवा विशलाल खायमलि तथा आमा सुर्यमाया खायमलिको कोखबाट २०३६ साल कार्तीक १५ गते जन्मनु भएका जितेन्द्र खायमलि सानै अवस्था देखि परोपकारी कार्य साथै व्यवसायमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो । वि.वि.एस सम्म अध्ययन गर्नु भएका जितेन्द्रले कुनै पनि सरकारी वा अन्यत्र रोजगारीको बिषयमा कुनै चासो नदेखाई व्यवसाय गरी बेरोजगारीलाई रोजगारी दिने उद्देस्यका साथ अगाडि बढ्दै २०५७ साल बाट व्यवसाय तर्फ आकर्षक हुनु भयो । इट्टा भट्टा संञ्चालन गरी व्यवसाय संञ्चालन गर्दा अशिक्षित वेरोजगार बर्गलाई समेत रोजगारी दिन सकिने उद्देस्यले अगाडि बढ्नु भएका खायमलि हाल काभे्र जिल्ला इट्टा उद्योग व्यवसायी संघको अध्यक्ष रहनु भएको छ । पछिल्लो समयमा आएर ईट्टा भट्टाको कारण वातावरण प्रदुशण भएको जसका कारण मानव स्वास्थ्यमा असर भएको भन्दै चर्को आवाज उठ्दै गरेको बिषयलाई लिएर गरेको कुराकानी अंश ।

    काभे्र जिल्लाको ईट्टा उद्योग व्यवसाय संघको अध्यक्षको हैसियतले भन्नुपर्दा व्यसायको अवस्था कस्तो रहेको छ ?

    २०६६ सालबाट काभे्र जिल्लामा ईट्टा भट्टा उद्योगको सुरुवात भयो । सुरुको समयमा भट्टा संञ्चालन गर्न खोज्दा स्थानियहरु सारै खुसि भएको पाएका थियौं । उनिहरुले आफुलाई आवस्यक पर्ने इट्टा नजिकै पाईने साथै सस्तोमा पाईने आशाका साथ साथ सहयोग गरेका थिए । जसले गर्दा हामी व्यसायीहरुको आकर्षण बढ्दै गयो, पहिलो बर्ष साविक हेक्से गाविस वडा नं ४ हालको पाँचखाल नगरपालिका वडा नं ८ मा नवदुर्गा नामबाट भट्टा संचानग भयो । जुन स्थानमा बर्षे बाली लगाएर हिउदमा बाझै रहने गरेको थियो । जग्गा धनिलाई आफैले खेती गर्दा हुने उत्पादन भन्दा धेरै जग्गा भाडाबाट आम्दानि हुने हुंदा जग्गा लिजको लागि धेरै प्रस्ताब साथै व्यवसायको लागि धेरै सहयोग भएकोले व्यवसायीहरु थपिने क्रम जारी रहेको थियो ।
    दोस्रो बर्षमा भट्टा थपिने क्रम जारी रहेपछि स्थानियहरुले विरोध गर्दै सेवा सुबिधाको बिषयमा कुरा उठ्यो । वार्ताको क्रममा स्थानियलाई दिने सेवा सुबिधाको बिषयमा सम्झौता भयो । जसमा सडकको मर्मत संम्भार साथै भट्टाबाट उत्पादन भएको इट्टा प्रभावित क्षेत्रलाई सुबिधामा दिनु पर्ने लगायतको बिषमा सहमति भयो । तर हाल आएर वातावरणको बिषयमा धेरै कुरा उठि रहेको छ ।

    भट्टाले वातावरण पुरै दुषित पारेको जसको कारण मानव स्वास्थ्यमा समस्या आएको भन्ने भनाई छ नि ?

    भट्टाले वातावरणमा असर पार्छ भन्ने बिषयमा धेरै कुरा उठ्ने गरेको छ । जसको कारण व्यवसायिहरु चिन्तित रहेका छन् । तर हामी व्यवसायीले व्यवसाय गर्दा समाजको स्वास्थ्यको बिषयमा ध्यान दिन जरुरी छ, साथै राज्यले निर्दिस्ट गरेको निर्देशनलाई पालना गर्नु हाम्रो कर्ताव्य हो । पुरातन सैलिबाट संञ्चालन भएका भट्टालाई परिमार्जीत गर्दै वातावरणमा कुनै पनि असर नपुगोस भन्ने ढंगले हामी अगाडि बढेका छौं । प्रत्यक बर्ष धुवाले कति असर गरेको छ वा छैन भन्ने बिषयमा वातावरण विदलाई झिकाएर परिक्षण गर्ने गरेका छौं । परिक्षणबाट वातावरणमा कुनै असर नपुगेको प्रमाणित हुदै आएको छ । वातावरणमा असर पु¥यायो भन्ने हल्ला गर्दैमा हुदैन प्रमाणित हुनु प¥यो प्रमाणित भएमा राज्यले ल्याएको नीति तथा कानुन अनुसार जे जस्तो परिस्थिति आउंदा पनि व्यवसायिहरुले मान्न तयार छन् ।

    राज्यले तपाई व्यवसायिहरुलाई काभे्र जिल्लामा भट्टा संञ्चालन गर्न नदिएमा तपाईहरु के गर्नु हुन्छ ?

    हामी राज्यले जारी गरेको कानुन नीति नियममा रहेर कार्य गर्ने र गराउने पक्षमा छौं र हुन्छौं । राज्यले भट्टा आवस्यक छैन भनेमा हामी व्यवसाय गर्दैनौ, व्यसाय संञ्चालन नहुंदा आवस्यकता कसरी परिपुर्ती गर्ने भन्ने बिषयमा राज्यले पनि सोचेको हुन्छ । राज्यले कुनै पनि उद्योगलाई बन्द गर्ने भन्दा वातावरण मैत्रि ढंगबाट संचालन गर्ने नीति ल्याएको हुन्छ हामी सोही आधारमा अगाडि बढ्छौं । यदि कुनै पनि उपत्यकामा उद्योग संचालन नगर्ने नीति राज्यले ल्याएमा उपत्यका बाहिर गएर व्यवसाय सन्चालनको लागी उद्योग मैत्री नीति ल्यायमा पनि हामी तयार छौं । सोही अनुसार धादिङ, नुवाकोट लगायतको स्थानमा विस्तार गर्न सकिन्छ । तर उपत्यका बाहिर संञ्चालन भएको उद्योगबाट उत्पादित सामान ढुवानिको कारणले महंगो हुने बिषयमा पनि सोच्न जरुरी रहन्छ ।

    हाल काभे्रमा कतिवटा इट्टा भट्टा संञ्चालनमा रहेको छ ?

    हाल काभे्रमा जम्मा २० वटा भट्टा संचालनमा रहेको छ, ति मध्य संघमा आवद्ध रहनेमा १६ वटा रहेको छ । जसमा पाँचखालमा ६, नमोबुद्ध नगरपालिका को भकुण्डेमा ७, शंखुमा १, वनेपामा १, मण्डन नगरपालिकामा १ रहेका छन् । संघमा आवद्ध नहुनेमा पाँचखालमा १, मण्डनमा १, भकुण्डेमा १, धुलीखेलमा १ गरी ४ वटा हामी संग आबद्ध छैन । संघमा आवद्ध भएका सम्पुर्ण भट्टाहरुले वातावरण मैत्री ढंगबाट सञ्चालनको लागि नयाँ नयाँ प्रबिधिहरु मार्फत अगाडि बढेका छन् । संघले उद्योग संचालनबाट कसैलाई पनि समस्या नपरोस सहयोग मिलोस भन्ने हेतुले अगाडि बढेको छ ।

    पछिल्लो समयमा पाँचखालमा धुलो धुवाको बिषयमा स्थानिय अलि चिन्तित देखिन्छ, कसैलाई पनि समस्या नपार्ने संघको लक्ष रहेको बताउनु भयो, पाँचखालमा धुवा धुलो नियन्त्रणको बारेमा संघले के कस्तो योजना ल्याएको छ ?

    पछिल्लो समयमा पाँचखालमा धुलो धुवाको बिषयमा कुरा उठेको छ , तर हामीले स्थानियको भनाई आउनु भन्दा अगाडि बाटै कसैलाई समस्या नपरोर स्थानियलाई सहयोग गर्नु पर्छ भन्ने बिषयमा अगाडि बढि सकेका छौं । तामाघाट बोहोरे दोभान सडक कालो पत्रे सडक नभएको कारण सवारी साधनहरु आवत जावत गर्दा धुलो उड्ने भएकोले धुलो नियन्त्रण गर्न दुई बर्ष अगाडि बाट दैनिक रुपमा सडकमा पानी हालेर धुलो नियन्त्रण गर्दै आएका छौं । अव धुवाको कारणले वातावरणमा समस्या आयो भन्ने बिषयमा हाल कुरा उठ्यो तर हामीले वातावरणमा कुनै असर नपरोस भनि दुई बर्ष अगाडि बाटै सरकारी मापदण्ड अनुसार नियमित चेक जाँच गराउंदै आएका छौं । चेक जाँच गर्दा धुवा प्रदुषण नभएको प्रमाणित भएको छ । सरकारी मापदण्ड अनुसार एस.पि.एमले ३५० मान्यता दिएको छ सोही अनुसारको मापदण्ड संघमा आवद्ध भएका भट्टाहरुमा पुगेको छ । हामी अझ नयाँ प्रबिधिहरु मार्फत थप सुधारको तयारीमा जुटेका छौं ।

    पाँचखालको बिवाद समाधानको लागि थप केही सोच्नु भएको छ की ?

    पाँचखालमा मात्र नभई कुनै पनि ठाउमा उद्योगी र स्थानिय बिच बिवाद हुनु राम्रो होईन । उद्योगीलाई स्थानियको आवस्यक हुन्छ भने स्थानियलाई पनि उद्योगको आवस्यक हुन्छ । उद्योगहरुका कारण प्रतेक्ष अप्रत्यक्ष ढंगबाट स्थानियलाई फाईदाभएको हुन्छ त्यसैगरी सोहार्द ढंगबाट व्यवसाय संञ्चालन गर्दा उद्योगलाई पनि फाईदा हुन्छ । यस्तो दोहोरो फार्यदा हुने कार्यमा कुनै पनि समस्या आउनु नदिनु हामी दुवै पक्षको दायित्व हुन्छ । उद्योगलाई साथ सहयोग गर्नु स्थानियको दायित्व हो भने उद्योगिले स्थानियको हितको लागि सघाउनु कर्तव्य हो । वातावरण कोबिषयमा भन्नु पर्दा वातावरणलाई जोगाउने कार्य स्थानिय र उद्योगिको मात्र नभई मुलुककै दायित्व हो । आर्थिक उपार्जन साथै स्थानिय तथा उद्योगिको फाईदाको लागि वातावरण ध्वस्त भएमा हामी सवै ध्वस्त हुन्छौं त्यस्तो जिवनै छैन भने किन चाहीयो उद्योग अनि पैसा ? त्यसैले हालको सरकार स्थाई साथै बलियो सरकार छ , यो सरकारले वातावरण मैत्रि ढंगबाट कुनै पनि उद्योग संञ्चालनको लागि नीति ल्याएको छ । सोही सरकारी नीतिमा रहेर कार्य गर्नु हामी उद्योगीहरुको कर्तव्य हो । कुनैपनि बिषयमा बिवाद आउनु भन्दा पहिलो सो बिषयमा कमजोरी रहे नरहेको प्राबिधिक पक्षले प्रमाणित हुनु पर्छ सरकारको तर्फबाट खवरदारि हुनु पर्छ । सुज बुझ बेगर अनावस्यक विवाद ले समस्या समाधान हुनुको वदला जटिलता तर्फ धकेलीन्छ ।

    बिगतमा स्थानियसंग भएको सम्झौता अनुसार कार्य नभएको जनगुनासो आउने गरेको छ नी ? के सम्झौतालाई व्यवसायिहरुले उलंघन गरेको हो ?

    गुनासो यदा कदा आयो होला, तर हामीले सम्झौता गरे भन्दा बढि सुबिधा दिएका छौ । प्रभावित क्षेत्र भनेर पाँचखाल नगरपालिका वडा नं ७, ८, ९ र १२ लाई मानेका छौं । सो प्रभावित क्षेत्रका स्थानियलाई आवस्यक पर्ने इट्टा संघले निर्धारण गरेको बिक्रि मुल्यमा २० प्रतिशत कममा दिएका छौं । वडा ध्यक्षको रोहवरमा बसेर सेवा सुबिधा दिदै आएका छौं । अर्को कुरा बिगतमा सुबिधाको नाममा प्रत्यक भट्टाबाट ८ लाख इट्टा उपलब्ध गराएका छौं । हाल १६ रुपैया बिक्रि मुल्य निर्धारण गरेको छ, यस्तो अवस्थामा स्थानियलाई ११ । ५० मा घरैसम्म डेलिभरी दिएका छौं ।

    इट्टाको अलावा स्थानियलाई अन्य के के सुबिधा दिनु भएको छ ?

    संघको निर्णय अनुसार स्थानियलाई धेरै सुबिधा दिएका छौं , प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएकोले डिप बोरिङको लागि १८ लाख उपलब्ध गराएका छौं, स्थानिय युवा क्लव ( समाज सुधार युवा क्लब) को आयोजनामा समय समयमा स्थानियको स्वास्थ्य परिक्षण गराउने कार्यको लागि सम्पुर्ण खर्च व्यहोर्ने गरेका छौं । परिक्षणको क्रममा कुनै जटिल समस्या देखिएमा र सो रोगि आर्थिक अवस्थाले कमजोर भएको पाइयएमा संघको तर्फबाट खर्च गर्ने गरेका छौं । पाँचखाल ८ मा पिउने पानीको अभावलाई परिपुुर्ती गर्न ५ वटा ईनार निर्माण गरीदिएका छौं जसको लागि ७ लाख खर्च भएको छ । प्रभावित क्षेत्रमा मात्र नभई पाँचखाल नगर भरमा रहेका मठमन्दिर, विद्यालय, पोखरी निर्माण, पाटीपोवा निर्माणको लागि आवस्यक इट्टा सहयोग गर्दै आएका छौं । तामाघाट बोहोरे दोभान सडकको लागि बार्षिक ५ लाख खर्च गरेर मर्मत सुधार गर्ने गरेका छौं ।

    आगामी दिनमा प्रबिधि मार्फत भट्टा सन्चालन गर्ने थप सोचमा तपाईहरुको संघ रहेको छ की ?

    हामीले दक्षीण एसियामै सवभन्दा राम्रो प्रबिधि मार्फत भट्टा संचालन गर्दै छौं । संघको अगुवाईमा नयाँ प्रबिधि फोर्स ड्राफ्ट जिकज्याक नामाक प्रबिधि प्रयोगमा ल्याएका छौं । हाम्रो नयाँ प्रविधिले गर्दा वातावरणमा कुनै असर नपु¥याएकोले अन्य छिमेकी मुलुकले पनि चासो दिएको छ । यस्तो राम्रो प्रबिधिलाई निरनतरता दिदै अगाडि बढ्दै छौं तर यस्तो राम्रो प्रबिधिका विषयमा स्थानियलाई जानकारी नहुंदा केही समस्या आएको हुन सक्छ । हामीले सम्बन्धित निकायलाई जानकारी गरायौं तर स्थानियलाई जानकारी नगराउनु अलि कमजोर भएको हमसुस गरेका छौं । आगागी दिनमा संघमा आबद्ध कुनैपनि भट्टाबाट कालो धुंवा नआउने वातावरण यतारको लागि लागि रहेका छौं ।

    तपाई नयाँ प्रबिधि जडान गरेको छ, जुन दक्षिण एसियाकै नमुना प्रबिधि हो भन्नु हुन्छ तर स्थानियले भट्टाको कारण कृषको तरकारी सखाप भन्ने गरेका छन्, एस बारेमा तपाईको धारण के छ ?

    हुन सक्छ, कृषकले लगाएको खेति विग्रीएको तर के का कारणले विग्रियो भन्ने बिषयमा आधिकारीक पहिचान लिनु पर्छ । तरकारी विग्रेको देखेर उद्योगको हित नचाहने कसैले अनर्गल हल्ला मच्चाउंदा कृषकले विस्वास गर्नु नौलो कुरो होईन तर यथार्थथा पहिचानको जरुरी हुन्छ । यदि पाँचखालमा रहेको संघमा आबद्ध भएको भट्टाको धुवाकै कारण तरकारी विग्रिएको ठहर (प्रमाणित) भएमा हामी हामी कानुनी भागिदार साथै क्षतिपुर्ती तिर्न तयार छौं । भट्टाबाट आएको धुवाको कारणले नभर्य अन्य कारणले बिग्रिएको रहेछ भने निराकरणको मार्ग पहिल्याउनु पर्छ, भट्टटालाई दोष लगाएर मात्र समसया समाधान हुदैन । त्यस्तो खाले समस्याको पहिचानको लागि कृषकले चाहेमा संघको तर्फबाट समेत साथ दिन हामी तयार छौं । तर कसैले व्यक्तिगत स्वार्थ पुर्तीका लागि वा व्यक्तिगत रिसिविको कारण गरेको कार्यको बिषयमा स्थानियले गहिरिएर बुझ्न जरुरी रहन्छ ।

    भट्टा उद्योग संघको तर्फबाट अन्तमा केही भन्न चाहनु हुनछ की ?

    सर्वप्रथम आफ्नो धारणलाई तपाईको मिडिया मार्फत सार्वजनिक गर्ने मौका दिनु भएकोमा आभारी छु । हामी नयाँ युगमा प्रवेश गरेका छौं, नयाँ संविधानले निदेश गरे अनुसारको स्थाई सरकार मुलुकमा रहेको छ । सरकार उद्योग मैत्री ढंबाट अगाडी बढेको छ, नयाँ नया नीति नियम बनेको छ । सोही नीति नियमलाई पालन गरेर हामी व्यवसायि अगाडी बढ्नु पर्छ । यदा कदा व्यवसायीहरुले कमि कमजोरी गरेमा सरकारले जारी नीति नियम र कानुनी कारवाहीको दायरामा आउन जरुरी छ । तर सुज बुझ र यथार्थता परक ढंगबाट उद्योगीहरुलाई सास्ति दिन खोज्ने कार्यलाइ समेत सरकार आफैले कानुनी दाएरामा ल्याउने सुनिष्चित रहेकोले आगामि दिनमा उद्योग संचालनको लागि सहज हुने छ ।

    भट्टा संचालन गरी हजारौ अशिक्षित बेरोजगारलाई समेत रोजगारी दिन सफल भएका छौं । भट्टामा कार्य गर्ने मजदुरका छोरा छोरीलाई शिक्षा दिने कार्य गर्दै आएको छ । उद्योग रहेको क्षत्रमा स्थानियलाई बिभिन्न खाले सुबिधा दिदै आएका छौं । पाँचखालको कुरा गर्ने हो भने ३ हजार ५ सयलाई रोजगारी दिएका छौं । २ करोड ८० लाख छुटमा स्थानियलाई ईट्टा उपलब्ध गराएका छौं , जसको कारण सामान्य परिवारले समेत घर निर्माण गर्न सहज भएको छ । प्रभावित क्षेत्रमा भट्टको कारण आर्थिक उपलब्धि भएको छ, १ हजार रोपनि जग्गा प्रतिरोपनि १२ हजारका दरले लिजमा लिएका छौं जसका कारण जग्गावालाहरुको आम्दानिको राम्रो व्यवस्था भएको छ । स्वदेशमै वैदेसिक रोजगारिको सरह रोगारी दिनुका साथै आवद्ध मजदुरहरुलाई कुनै पनि गैर कानुनि कार्यमा सहभागि हुनबाट जोगाउन सफल भएका छौं । उद्योगले गरेका राम्रा कार्यको मुल्यांकन गर्दै स्थानिय साथै सरकारले समेत साथ सहयोग दिन आवस्यक ठानेको छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार