काभ्रेपलाञ्चोक जिल्लाको साविक पाँचखाल गा.वि.स वडा नं ८ हाल पाँचखाल नगरपालीका वडा नं ६ को कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित धोत्रा भन्ने स्थानमा पिता झल्झलि प्रसाद अधिकारी तथा माता दिल कुमारी अधिकारीको कोखबाट २०२९ साल मंसिर १५ गते जन्मनु भएका शिव प्रसाद अधिकारी बाल्य कालबाटै सामाजिक कार्यमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो ।
आफ्नो उच्च शिक्षा अध्ययनको लागि काठमाडौ बसाईको क्रममा शाही नेपाली सेनामा भर्ती भई ६ बर्ष सम्म मुलुकको सेवा गर्दै अगाडी बढ्ने क्रममा घराएसी समस्याको कारण सो जागीरबाट विदा लिदै घराएसी समस्या समाधान गर्दै अगाडी बढ्नुभयो । भएको जागीर छोडेर घराएसी समस्या समाधान गरेपछि आर्थीक उपार्जनको लागि बैदेशिक रोजगारीमा (इजरायल) ७ बर्ष कार्य गरी नेपाल फर्कनु भएका अधिकारीले कृषि पेशालाई अंगाल्दै आउनु भएको थियो । पछिल्लो समयमा आएर अधिकारीले पुर्व अरनिको यातायात प्रा.लिमा कार्यलय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँसंग यातायात क्षेत्रमा हालसम्म भएकोे कार्य साथै दिर्घकालिन योजनाको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश‘।
शिबप्रसाद अधिकारी
कार्यालय प्रमुख
पुर्व अरनिको यातायात प्रा.लि
पुर्व अरनिको यातायात सेवा प्रा.लिले विगतको भन्दा फरक ढंगको के—कस्तो योजना अघि सारेको छ ?
मैले पुर्व यरनिको यातायात समितिमा कार्यालय प्रमुख भएको १३ महिना भयो । पछिल्लो समएमा आएर पुर्व अरनिको यातायात प्रा.लिले कालो पत्रै मात्रैमा मात्रै सिमित नभएर धुले सडकबाट समेत सेवा दिने लक्षका साथ अगाडी बढेको छ । दुर्गम बस्तिहरुमा पुगेको नयाँ सडकबाट समेत सेवा दिदै छ । हामीले पछिल्लो समएमा १३ वटा रुट बनाएर साना ठुला गरी ६ सय वटा गाडीहरु संञ्चालन गर्दै आएका र्छौ । काभ्रे, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुपाल्चोक, सिन्धुली लगाएतका स्थानको दुर्गम बस्तिहरुमा समेत सेवा दिदै आएका छौं ।
भनेपछि नयाँ बन्दै गरेको धुले सडकहरुमा समेत सेवा दिदै आउनु भएको छ ?
जिल्ला प्रशासन कार्यालय र स्थानिय तहको सिफारिस (अस्थाई रुटपरमिन्ट) को आधारमा हामीले नयाँ सडकहरुमा समेत सेवा दिदै आएका छौं । विना सिफारीस आफ्नै मनखुसिको आधारमा अगाडी बढेका छैनौ ।
सुन्नमा आएको छ, तपाईहरुले दुर्गम बस्तिहरुका साथै कालोपत्रै सडकमा समेत तोकिएको भन्दा बडी भाडा अशुलेको गुनासो आएको छ, यो बिषयमा तपाईको भनाई के छ ?
कतिपय रुटमा काम गर्ने चालक तथा मजदुरहरु सुचनासंग अलि टाडा भएका हुन्छन् । राज्यवाट समय समयमा जारी गरेको सुचना कतिपए रुटहरुमा पुर्याउन केही समय लाग्छ । केहिसमय अगाडी भाडा बृद्धिको बिषयमा तारतम्य मिलेको थिएन । दशंै तिहार भन्दा अगाडी एउटा समस्या आएको थियो । २८ प्रतिशत भाडा बृद्धि भयो भनि सरकारको निर्णय भएको हल्ला भयो । जुन समयमा अरु प्रदेशले बुद्धि गरे तर हाम्रो प्रदेशले बडाएको थिएन । व्यवसायीहरुले भाडा बड्यो भनेर भन्दै गर्दा हामीले पटक पटक सुचना जारी गरेउ बडेको छैन भनेर समन्वयको कमीले गर्दा कहिलेकाँही समस्या आउछ । जुन समयका भाडामा केही गडबढी भएकै हो । फेरी पछिल्लो समय (तिहार पछाडी) २३ प्रतिशत भाडा बृद्धि हुंदा यस्ता खाले समस्या खासै आएका छैनन् । तोकिएको भन्दा बडी भाडा अशुलेको जानकारी पाएमा त्यस्ता व्यवसायीहरुलाई हामीलेपनि कारबाही गर्ने गरेका छौं ।
सेन्डिकेट अन्त्य भएसंगै बिभिन्न समितिहरुले बिभिन्न सडकहरुमा सवारी साधन सञ्चालनमा ल्याएको छ, सो समितिहरुले पुर्व अरनिको भन्दा बडी सुबिधा दिएको छ भन्ने सुन्नमा आएको छ यस्तो भनाईमा तपाईको भनाई कस्तो छ ?
खासै भन्नुपर्दा हामीसंग छोटो दुरीको गाडिहरु एकदमै कम छ , छोटो दुरी भन्नाले काठमाडौ चौतारा, पलाञ्चोक लगएतलाई भन्ने गरेका छौं । यस्ता स्थानहरुमा रातीको लागि बस संञ्चालन गर्न अलि असमर्थ रहेको छ । गाउंगाउंमा जानुपर्ने र चापाचाप यात्रु पनि नहुने त्यसलाई मध्यनजर गर्दै कार्यालय समयलाई नियाल्दै गाउंगाउंमा बसहरु पठाउने गरेका छौं । लामो दुरीको हकमा चाही हामीले रात्रीकालीन सेवा समेत दिदै आएका छौं । छोटा दुरीका गाडिहरुले लोकल यात्रुहरुलाई सेवा दिने गरेको छ । जाडोको समयमा विहान ५ बजेबाट र गर्मीको समयमा ४÷३० बाटै सेवा दिने गरेका छौं ।
अरनिको राजमार्गमा संञ्चालन हुने बसहरुले विगतमा दोलालघाटमा बास बसेर कलेज जाने बिद्यार्थीहरुलाई समेत सेवा दिने गरेको थियो तर पछिल्लो समयमा सो सेवा किन बन्द भयो ?
पहिले जे जस्तो सुबिधा दिएको थियो त्यसलाई निरन्तरता दिएका छौं बन्द भएको छैन । हाम्रो लक्ष भनेको सुबिधा थप्दै जाने हो घटाउने होईन । दोलालघाट, सुकुटे बास नबसेको भन्ने बिषयमा समितिमा पनि केही कुरा आएको छ । समितिको तर्फबाट व्यवसायीहरुलाई बिदाको दिन भन्दा बाहेकका दिनहरुमा सुकुटे र दोलालघाट बास बसेर बिहानैवाट सेवा दिनुपर्ने भन्ने बिषयमा जानकारी गराएका छौं । यदि उल्लेखित स्थानहरुमा बास नबसेको पाईएमा जरिवाना गर्ने छौं ।
त्यसोभए आगामी दिनहरुमा दोलालघाट भन्दा यता पाँचखाल र आसपासका क्षेत्रका कलेज पढ्ने बिद्यार्थीहरुले बनेपा सम्मको कलेज जानको लागि पुर्व अरनिको यातायात सेवा प्रा.लिको बसहरुबाट सुबिधा पाउंछन् ?
त्यो सुबिधा पाउंछन् । हामीले सेवा दिने बिषयमा चुकेका छौै भने तत्काल प्रकृयाहरु पुरा गरेर भएपनि सुबिधा दिन्छौं । अभिभाबक तथा विद्यार्थीहरुले थप सुबिधा आवस्यक भयो भनि समिति समक्ष माग गर्दै पत्र आयोभने सम्बन्धित बोर्डमा राखेर सो को समेत व्यवस्था गरिन्छ ।
यात्रुबाहक बसहरुमा बिद्यार्थीहरुलाई दिनुपर्ने छुट दिन आनाकानी गरेको भन्ने गुनासो आएको छ, किन छुटको बिषयमा व्यवसायीहरुले चासो नदेखाएको हो र ?
बिद्यार्थीहरुले पाउनु पर्ने ४५ प्रतिशत छुट पाउंछन् । राज्यले गरेको सम्झौतालाई हामीले पालना गर्नै पर्छ तर केही कुराहरु अलि अमिल्दा भएकाले सामान्य बिवाद आउनु स्वभाविकै हो । जस्तो चरिकोटको बिद्यार्थी छ, उ काठमाडौको प्रईभेट बिद्यालयमा अध्ययन गर्छ त्यस्ता बिद्यार्थीले राज्यले दिएको छुटको आधारमा छुटको लागि झगडा गर्छ । तर वास्तबमा सरकारले सरकारी बिद्यालयमा पढ्नेले मात्रै सुबिधा पाउने व्यवस्था सरकारले गरे मात्रै सहि व्यक्तिले सहि सुबिधा पाउंछन् ।
तपाईहरुले यात्रुहरुको हितको खातिर आगामी दिनको लागि के—कस्ता नयाँ योजना अगाडी बढाउनु भएको छ ?
हामीले धेरै सुधार गर्ने लक्ष लिएका छौं, मानसिक रुपमा हामीपनि सुधारीनुपर्ने हुन्छ । २१ औं शताव्दिलाई सुहाउंदो बिषयलाई लागु गर्ने बिषयमा प्र.लिका अध्यक्ष चित्र वहादुर कुंवर, कोषाध्यक्ष ई.राम भारती, सचिव राजकुमार बस्नेत लगाएतको सिंङ्गै टिम अगाडी बढ्नु भएको छ । जस्तै प्रालिका सवै बसहरुको रंग एउटै गर्ने ,छतहरु नराख्ने, चालकहरुको अनुमति पत्रको बिषयमा जानकारी राख्ने, दुर्घटना कम गर्ने बिषयमा समेत रहने, चालकले जुन खालको गाडिमा दक्षता छ सोही अनुसारको गाडि उपलब्ध गराउने, यात्रुहरु ओराल्ने र चडाउनेको लागि कतिपय स्थानहरुमा ठाउ नभएको, उचित बसपार्क नभएर व्यवसायीहरुले भोग्दै आएको समस्याको बिषयमा समेत ध्यान पुर्याउने योजना रहेको छ । बृद्ध, अशक्त, महिला तथा बालबालिकाहरुले बस चड्नको लागि रोक्छन्, उनिहरुलाई चडाउं त ट्राफिकले दुई हजारको चिट काट्छ नचडाउंत ति अशक्तहरुको पिडा । यस्तो समस्याको बिषयमा सम्बन्धित निकाएले बुझ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
पछिल्लो समएमा उदाएका बिभिन्न समितिहरुले कालो पत्रेमा मात्रै गुडाएर सेवा दिएको छ, तपाईहरु विगत लामो समयदेखि ग्रामिण भेगका धुले सडकमा समेत सेवा दिदै आउनु भएको छ, यि दुईखाले सेवालाई कसरी हेरीरहनु भएको छ ?
वास्तबमा भन्नुपर्दा सरकारले यातायातमा भएको सेन्डिकेट हटाउनु राम्रो हो । पहिला पहिला हामीले पनि गाडीको सेन्डिकेटको मारमा नपरेका होइनौ । तर सेन्डिकेट हटाएको बहानामा पहुचको आधारमा चिल्ला सडक र कमाई हुने रुटमा मात्रै गाडी चलाउनु राम्रो हैन । पछिल्ला समयमा भित्रिएका समितिहरुले सेवामुलक हैन नाफामुलक ढंगबाट अगाडी बढे तर हामी भने यात्रुको समस्यालाई मध्यनजर गर्दै जोखिम मोलेर धुले सडकमा समेत सेवा दिदै आएका छौं । हामीले ६५ लाख पर्ने सुबिधा सम्पन्न बसहरुलाई समेत गाउंगाउंमा पठाएर सेवा दिदै आएका छौं । यस्ता बिषयलाई राज्यले नबुझेपनि यात्रुहरुले बुझेका छन् भन्ने लाग्छ ।
प्रशंग बदले, तपाईले सुरुको समयमा शाहि सेनामा भर्ती भएर काम गर्नु भएको सुन्नमा आएको छ, हाल आएर यतायातको क्षेत्रमा आउनु भएको छ यस्तो हुनुको प्रमुख कारण के होला ?
अत्यन्त मार्मीक प्रस्न गर्नु भो, निकै रमाईलो अनि रोचक छ । उच्च शिक्षाको अध्ययन सिलसिलामा भरखर नागरिक्ता बनाएर काठमाडौ घुम्न भनेर गएको थिए । जुन बेलामा जागिर खाने निकै रहर थियो । संजोग म घुम्दै जाँदा टुडिखेलमा मान्छेहरु दौडदै गरेको देखे । किन दौडेका रहेछन् भनेर बुझ्दा नेपाली सेनामा जागिर खानको लागि दौडेको थाहा भयो । मैले सोधे हामी पनि दौडन मिल्छ भनेर, हुन्छ भन्ने जवाफ आएपछि म पनि दौडिन थाले । अन्तत मेरो दौडको राम्रो परिणाम आयो म भर्ना भैसक्दा पनि भर्ना भएको थाहै भएन । ६ बर्षपछि जागीर छोड्नुपर्ने बाध्यता भयो, मैले जागीर छोड्नुपर्ने बेलामा धेरै प्रकृयाहरु पुरा गर्नु पर्ने रहेछ । म प्यारा कमान्डोमा थिए, ५ बर्ष नभै छोड्न मिल्दैन थियो । मलाई जागिर छोड्न पटक्कै मन थिएन तर घराएसी समस्याले गर्दा छोड्न बाद्ध भए । जुन समयमा पाँचखाल गा.वि.स अध्यक्ष रुद्रवहादुर वानियाँ हुनुहुन्थ्यो उहाँले मेरो घराएसी समस्या भएको बिषयको सिफारीस बनाई दिनुभयो । जुन समयमा तेज प्रकास बानियाँ कर्नेल हुनुहुन्थ्यो सो सिफारीस लिएर उहाँलाई भेट्न गए । उहाँको पहल र सहयोगमा जागीर छोडे ।
जागीर नछोडी नहुने त्यस्तो कारण के थीयो ?
जागीर नछोडी नहुने अवस्थाले गर्दा बाध्य भए । वास्तबमा मान्छे भनेको पृथ्बीको कलाकार जस्तो लाग्छ, काँहाँ खाँचो छ त्यहाँ गए जस्तो लाग्छ । मैले किन गरे भन्दा पनि समएले धकेल्दै लगेको जस्तो लाग्छ । जागिर छोडेर घराएसी समस्या समाधान भएपछी बिदेश गये । इजरायलमा गएर ७ बर्ष काम गरे ।
बैदेशिक रोजगारीको बिषयमा केही बताईदिनोस न । किन नेपालीहरु बैदेशिक रोजगारीमा आकर्षीत हुन्छन् ?
बैदेशिक रोजगारी रहर हैन बाध्यता हो, वैदेशिक रोजगारीमा पिडा छ । अहिले त धेरै सहज छ, त्यतिखेर त कुनै एक व्यक्तिको विस्वासको भरमा जानुपर्ने भाषामा त्यतिकै समस्या हुने । इच्छा शक्ति जाग्यो भने भाषा सिक्न त्यति गारो नहुंदो रहेछ । तर अरुदेशमा जानेहरुको कुरा सुन्दा धेरै राम्रो पाए । त्यो राष्ट्रमा अन्य मुलुकको जस्तो अपहेलीत हुनु नपर्ने । बिशेष गरेर केटा मान्छेहरुलाई इजरायलमा काम गर्न गारो छ तर केटी मान्छेहरुका लागि सुरक्षीत र राम्रो छ ।
इजरायलबाट फर्केपछि नेपालमा आएर के काम गर्नु भो त ?
म विदेशबाट फर्केपछि केही समय त्यतिकै बसेको थिए । जुन समयमा हाम्रो गाउंको सवैभन्दा ठुलो समस्या भनेको पानीको थियो । वरपरको तुलनामा ढुंगाना बेसी र धोत्राको लागी धेरै ठुलो समस्या थियो । जुन समयमा ढुंगाना बेसीका मेरा मित्र माधव ढुंगाना योजना आयोगमा हुनुहुन्थ्यो उहाँकै पहलमा खानेपानीको योजना पार्दीनु भएको रहेछ । छेडा ढुंगानाबेसी धोत्रा खानेपानी ओयना परेपछि सोहि सिलसिलामा इन्जिनियरहरु आउनु भएको थियो कुमार लामिछानेले मलाई भन्नुभयो इञ्जीनियरहरुका लागि सहयोग गर्न भनेर र मैले उहाँहरुलाई सहयोग गर्न थाले । सो आयोजना सफल पार्नको लागी मेरो अध्यक्षतामा उपभोक्ता समिति बनाएर अगाडी बढियो हाल आएर सो आयोजना सफल भएर ३०५ वटा धाराहरु संञ्चालनमा आएका छन् । जसले गर्दा आगामी दिनमा डोकोमा पानी बोक्नु नपर्ला ।
अन्तमा तपाई कार्यालय प्रमुखको नाताले यातायात व्यवसायी साथै यात्रुहरुलाई के कस्तो सुझाव दिन चाहनु हुन्छ ?
हाम्रो प्रा.लिको चाहाना भनेको व्यवसायीहरुले यात्रुलाई सम्मानपुर्ण शब्द साथै व्यवहार गर्नुपर्छ भन्ने हो । अशक्त, जेष्टनागरिक, महिला तथा बालबालिकालाई सहयोग गर्दै सहि तरिकाले गन्तव्य सम्म पुर्याउने कार्यमा ध्यान दिनु पर्छ भन्न चाहन्छु । यातायात व्यवसायी तथा यात्रुहरुलाई केही समस्या भएमा टिकटमा उल्लेख भएको मेरो मोवाईल नम्बरमा सम्पर्क गर्नुहोला भन्न अनुरोध गर्दछु । समस्या भएर फोन आउंदा मलाई झर्को लाग्दैन खुसि लाग्छ । केही केही अलि अड्मील्दो कुराहरु पनि छन् जस्तो काठमाडौमा आएर मलाई गाडी चाहियो भन्ने हतार गर्दै रिजर्व गरेर जान्छौ बरु केही बडी रकम दिन्छौ भनेर लाने अनि बाटोमा पुगेर प्रहरीलाई फोन गरी भाडा बडी लियो भनेर उजुरी गर्ने कार्यपनि भएको पाइन्छ । हामीले दिने सेवामा सवैलाई सन्तुष्ट गराउने हाम्रो कर्तव्य हो त्यसैले जस्तोसुकै परिस्थितिमा पनि सन्तुष्ट गराउंछौं ।
तपाई कार्यलय प्रमुख हुनुभयो कार्यालयका कर्मचारी र समितिका पदाधिकारीको संम्बन्ध कस्तो छ ?
निकै राम्रो प्रस्न गर्नुभो, समिति र कर्मचारी विचको सम्बन्ध नङ्ग र मासुको जस्तो रहेको छ । दुवै पक्षको उद्देस्य एउटै हो, जे जसरी हुन्छ यात्रुलाई सुबिधा दिने र व्यवसायीहरुलाई व्यवसायमा हौसला साथै आकर्षीत गराउने नै हो । प्रा.लिका अध्यक्ष चित्र वहादुर कुंवर, कोषाध्यक्ष ई.राम भारती, सचिव राजकुमार बस्नेत लगाएतको सिंङ्गै टिम र कर्मचारीको एउटै चाहना भएकोले सम्बन्ध नराम्रो भन्ने त हुदै हुदैन । त्यतिमात्रै नभएर व्यवसायीहरुसंग हातेमालो गर्दै एक आपसमा समस्या समाधान गर्दै अगाडी बढेका छौं ।
प्रतिक्रिया दिनुहोस