काभ्रेको विकट स्थानको रुपमा परिचित बेथानचोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हुनुहुन्छ‚ तपाईंको कार्यकालमा दुई जनप्रतिनिधिसँग काम गर्ने अवसर पाउनु भयो सो समयमा के कस्ता फरक पाउनु भयो ?
मैले धेरै ठाउमा काम गरे‚ जहाँ रहँदा पनि कामको प्रकृति उस्तै उस्तै हुन्छ तर जनप्रतिनिधि र जनप्रतिनिधि नभएको कार्यालयमा काम गर्नुमा केही फरक भने हुन्छ नै । मैले बेथानचोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने क्रममा दुई जनप्रतिनिधिसँग काम गरे । दुवै जनप्रतिनिधिसँग काम गर्न निकै सहज छ । उहाँहरूले नीति र विधिमा काम गर्ने अवसर दिनु भएको छ । यस गाउँपालिकाको राम्रो पक्ष भन्नुनै नीति सम्वत् कार्य गर्ने वातावरण मिल्नु हो जसले गर्दा पालिकावासीको काम गर्न सहज भएको छ ।
बेथानचोक गाउँपालिकामा दैवी प्रकोप अलि वढी हुने साथै खानिहरु मापदण्ड विपरित साथै अव्यवस्थित ढंगबाट सञ्चालनमा आएका छन् भन्ने सुन्नामा आएको छ वास्तविकता के हो ?
कसैकसैले यस पालिकालाई दुर्गम पनि भन्ने गरेका छन् तर मलाई त दुर्गम जस्तो लाग्दैन किनकि मेरो जागिरको क्रममा धेरै दुर्गममा काम गरिसकेको छु । म यहाँ आउनु भन्दा पहिला सोलुखुम्बु जिल्लाको लिखुपुरी गाउँपालिकामा काम गरेको थिए । जुन ठाउं सदरमुकाम पुग्न बसमै एक दिन लाग्थ्यो भने पैदल हिँड्दा दुई दिन लाग्थ्यो । त्यस्ता दुर्गममा काम गरेको अनुभवको आधारमा बेथानचोक गाउँपालिकालाई दुर्गम भन्न सुहाउँदैन ।
भूगोलको आधारमा अन्यत्रको भन्दा केही बडी पैरोजाने साथै बर्सातमा चट्याङ्गले केही मानव क्षति भने हुने गरेको पाइन्छ । खानीको लागि योग्य स्थानहरूमा खानी सञ्चालन हुनु नौलो हैन तर पूर्ण रुपमा मापदण्ड विपरित भन्नु गलत हो । पालिकाले मापदण्ड विपरित ढंगबाट खानी सञ्चालन गर्न दिएको छैन ।
तपाइको अवधिमा विकास निर्माणको कार्यको लागि कस्ता ढङ्गको विकास निर्माणमा प्राथमिकता दिदै आएको छ ?
विकास निर्माणको लागि बजेट विनियोजन गर्दा पालिकावासिको हितको खातिर साथै जनताको सुझाबको आधारमा बजेट बिनियोजन गर्ने गरेका छौं । जस अनुसार पहिलो प्राथमिकता पूर्वाधार विकासमा जोड दिएका छौं । दोस्रोमा जनजिविकासँग सम्बन्धित तिर् ध्यान दिने गरेका छौं । जनप्रतिनिधि पहिलो चाहना भने कै पालिका बासिको जीवनस्तर उकास्ने ढङ्गको रहेकोले सोही अनुसार कार्य गर्दै आएका छौं ।
तपाइको अवधिमा विकास निर्माणको कार्यको लागि कस्ता ढङ्गको विकास निर्माणमा प्राथमिकता दिदै आएको छ ?
विकास निर्माणको लागि बजेट विनियोजन गर्दा पालिकावासिको हितको खातिर साथै जनताको सुझाबको आधारमा बजेट बिनियोजन गर्ने गरेका छौं । जस अनुसार पहिलो प्राथमिकता पूर्वाधार विकासमा जोड दिएका छौं । दोस्रोमा जनजिविकासँग सम्बन्धित तिर् ध्यान दिने गरेका छौं । जनप्रतिनिधि पहिलो चाहना भने कै पालिका बासिको जीवनस्तर उकास्ने ढङ्गको रहेकोले सोही अनुसार कार्य गर्दै आएका छौं । काभ्रेकै शानको रुपमा रहेको बेथानचोक नारायणको भौतिक पूर्वाधारलाई व्यवस्थित गरी आन्तरिक पर्यटकलाई आकर्षण गर्ने वातावरण निर्माण निर्माणको लागि २ करोडको ठेक्का निक्लँदै छ ।
तपाईंले बेथानचोक गाउँपालिकामा जिम्मेवारी सम्हाले यता नमुना ढङ्गको दीर्घकालिक तरिकाको कामहरू के के भए ?
म यहाँ आएपछि जनप्रतिनिधिले गरेको नमुना ढङ्गको काम भनेको वडा नं १ देखी वडा नं ट सम्म वडा कार्यालयहरू स्थापना गर्ने काम सम्पन्न भयो । वडाहरुबाट गरिने सेवा प्रवाह अनलाइन माफर्त गर्ने गरेका छौं । पालिकाको सबै वडाहरूमा पुग्ने १२ महिना चल्ने खालको सडक निर्माण भएको छ साथै हेर्न लायक ढङ्गको पूर्वाधार विकासका कामहरू गर्न सफल भएका छौं ।
बेथानचोक गाउँ पालिकामा स्वास्थ्यको क्षेत्रमा के कस्तो उपलब्धीहरू भएका छन् ?
वेथानचोकमा रहेको वडाहरु मध्य वडा नं ५ मा स्वास्थ्य भवनको केही समस्या रहेको छ । जुन समस्या समाधानको लागि डिपिआर तयार गरी बजेट माग गर्ने कार्य गरेका छौं । सम्भवत आगामी वर्षमा ठेक्का प्रकृया सुरु हुन्छ । पालिकाको ठुलो वडाको रुपमा रहेको च्याम्राङ्ग बेसी सो ठाउमा स्वास्थ्यको थप व्यवस्थापनको कर्मचारी व्यवस्थापन गरेका छौं । जनतालाई स्वास्थ्य सेवा लिनको लागि दुख नहोस् भन्ने उद्देश्यले पालिका अगाडि बढ्दै गर्दा स्वास्थ्यका कर्मचारीहरू दिन रात नभनी निरन्तर रुपमा खट्नु भएको छ ।
हालको आवश्यक प्राविधिक शिक्षा हो‚ जसको लागि पालिकाले के कस्तो नीति ल्याएको छ ?
अहिलैको माग‚ आवश्यकता साथै नेपाल सरकारको नारा पनि प्राविधिक शिक्षामा जोड दिने नै हो । यतिखेरको शिक्षा भनेको सीपलाई समृद्धिसंग जोड्नु पर्छ भन्ने हो । पालिकाले प्रदान गर्ने शिक्षाबाट विद्यार्थीहरूको स्किल वृद्धि हुनुपर्छ भन्ने मान्यताको आधारमा अघि बढेको छ । सोही अनुसार बेथानचोक पालिकामा रहेको पार्वती मा.विलाई बहु प्राविधिक शिक्षालयको रुपमा विकास गरेको छ । जुन विद्यालय नमुना विद्यालय हो । यसैवर्ष डिप्लोमा इञ्जेनेरिङ कोर्सको लागि सम्बन्धन प्राप्त गरी अगाडि बढेका छौं ।
हाल आएर बेथानचोक गाउँ पालिकाको आन्तरिक स्रोत वृद्धि भएको छ ‚ भन्ने सुन्नामा आएको छ यथार्थ के हो ?
यो सत्य हो ‚ आन्तरिक स्रोतमा बृद्धि गर्न हामी सफल भएका छौं । म यहाँ आएपछि जनप्रतिनिधिहरूसँग समन्वय गरेर राजश्व ठेक्कामा प्रतिस्पर्धाको नीति लिएर अगाडि बढेर । अगाडिको समयमा ५ करोडमा लागि रहेको ठेक्का प्रतिस्पर्धात्मक पद्धति अवलम्बन गर्दा ९ करोडमा ठेक्का लाग्यो । त्यसैगरी व्यवसाय दर्ताका कुरा‚ संस्था दर्ताका कुरा‚ मालपोत असुलीका कुरामा कर्मचारीले मेहनत गर्दा आन्तरिक राजस्वमा वृद्धि भएको हो । हाल पनि लगभग १० करोड ५० लाखको ठेक्का निकालेका छौं । ०७७/०७८ मा ७/८ करोडको आन्तरिक स्रोत हाल आएर १३ करोड हुने देखिन्छ ।
पालिकामा सञ्चालन भएका खानी ca}w छ भन्ने सुनिन आएको छ नी‚ के हो यथार्थता ?
पालिकामा आधिकारिक रुपमा चलेका खानी ६ वटा हुन् । पालिकाबाट अनुगमन गर्दा ca}w रुपमा चलेको खानी भेटिन्न । वडा नं ४ मा सञ्चालनको तयारीमा रहेको खानीहरू पनि नियम संगत प्रकृयामा आउने तयारी अवस्थामा रहेको छ ।
पालिकाबाट विकास निर्माणको लागि कार्य गर्दा उपभोक्ता समिति माफर्त गरिन्छ की अन्य कुनै ?
पालिकाले गर्ने विकास निर्माणको कार्यमा १५ लाख भन्दा माथिका योजनाहरू ठेक्का प्रकृयाबाट गरिन्छ । ठेक्का प्रकृया पनि हाड कपीबाट नभई इविडिङ्ग माफर्त गरिने गरेका छौं । कानुनमा ६० लाख भन्दा माथि भनिएता पनि संकुचित नहोस् प्रतिस्पर्धाको दायरा फराकिलो होस भन्ने उद्देश्यले १५ लाख भन्दा माथिका योजनामा इविडिङ्ग (विद्युतिय प्रणाली बाट) गर्ने गरेका हौं ।
बेथानचोक पालिका वासीलाई तपाई कार्यालय प्रमुखको नाताले के भन्न चाहनु हुन्छ ?
पालिका वासीलाई सर्वप्रथम वडा दशै‚ दिपावली साथै छट्को अवसरमा शुभ कामना व्यक्त गर्न चाहन्छु । त्यसैगरी पालिका निर्माण कार्यमा सम्पूर्ण पालिकावासि एक जुट भएर अगाडि बढ्न अनुरोध गर्दछु । विकास निर्माण भन्ने कुरो राज्य एक्लैले गर्ने बिषय हैन । संविधानको अनुसार पनि विकास भनेको राज्यपक्ष‚ निजी क्षेत्र‚ समादाय‚ नागरिक समाज यि सबैको सहकार्य र समन्वयको आधारमा अगाडि बढ्दै एउटै मार्ग पहिल्याउँदै एकजुट भएर अगाडि बढ्दा समृद्ध बेथानचोक निर्माणमा समस्या रहन्न ।
निर्वाचित जनप्रतिनिधिहरू र कर्मचारीहरूको बिचको सम्बन्ध कस्तो रहेको छ ?
जनप्रतिनिधि र कर्मचारीको बिचमा नङ र मासुको सम्बन्ध रहेको छ । सायद निर्विवादित ढङ्गको कार्यपालिका बेथानचोक मै मात्रै होला । कुनैपनि निर्णय विवाद रहित ढंगबाट अगाडि बढेको छ । कर्मचारी र जनप्रतिनिधि बिच टिमवर्क रहेको छ । बेथानको प्रमुख आफै विद्वान हुनुहुन्छ ‚ पत्रकारितामा मास्टर डिग्री ‚एल एल वि गर्नुभएको छ । जसले गर्दा कुनै समस्या छैन कर्मचारी र जनप्रतिनिधि बिचमा ।
प्रतिक्रिया दिनुहोस