खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लागि ५१ करोड ७ लाख ६९ हजार १ सय २ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत असार १० गते सम्पन्न १३ औं गाउँसभा तथा ७ औं बजेट अधिवेशनमा उपाध्यक्ष दोर्जेमान जिम्बाले सो बजेट सार्वजनिक गरेका थिए ।
उपाध्यक्ष जिम्बाले गाउँसभामा पेश गरेको बजेटमा कुल प्रस्तावित आय रकममा सङ्घीय वित्तीय समानीकरण अनुदान ७ करोड ३३ लाख, सङ्घीय सशर्त अनुदान १६ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँड ७ करोड ३६ लाख ९३ हजार ५ सय, सङ्घीय समपूरक अनुदान ८० लाख र सङ्घीय विशेष अनुदान १ करोड १५ लाख गरी सङ्घीय सरकारबाट प्राप्त कूल जम्मा बजेट ३३ करोड ५९ लाख ९३ हजार ५ सय आय अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश वित्तीय समानीकरण अनुदान ६५ लाख ६४ हजार, प्रदेश सशर्त अनुदान ५ करोड ६८ लाख ९० हजार, प्रदेश समपूरक अनुदान २ करोड, प्रदेश सरकार विशेष अनुदान १ करोड, प्रदेश सवारी साधन कर र राजस्व बाँडफाँडबाट प्राप्त १ करोड ४५ लाख २१ हजार ६ सय २ रुपियाँ गरी कूल जम्मा प्रदेश सरकारबाट प्राप्त बजेट १० करोड ७९ लाख ७५ हजार ६ सय २ रुपियाँ अनुमानित आय प्राप्त भएको छ ।
त्यसैगरि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकबाट २ करोड १८ लाख, सामाजिक सुरक्षातर्फ ४ करोड, आन्तरिक स्रोतबाट अनुमानित ५० लाख सेवा शुल्क तथा दस्तुर प्रक्षेपण गरिएको छ ।
त्यसैगरि उपाध्यक्ष जिम्बाले कुल रकममा आर्थिक विकास तर्फ रु. १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासतर्फ रु. ५ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २ करोड, विपद् व्यवस्थापनतर्फ ४३ लाख, सुशासन, सेवा प्रवाह र संस्थागत क्षमता विकासतर्फ रु. ७ करोड ८६ लाख ९३ हजार ५ सय तथा समपूरक अनुदानतर्फ रु. २ करोड ८० लाख, विशेष अनुदानतर्फ रु २ करोड १५ लाख गरी खर्च हुने प्रक्षेपण गरिएको छ।
यसैबीच सामाजिक सुरक्षातर्फ रु. ४ करोड खर्च हुने अनुमान गरिएको छ । साथै सङ्घीय सरकार अन्तर्गत चालू तथा पूँजीगत खर्चतर्फ रु. १६ करोड ९५ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान कार्यक्रमतर्फ रु. ५ करोड ६८ लाख ९० हजार रहेको छ ।
कुषि, पशु र सहकारी तर्फ
सामाजिक विकास क्षेत्र
पूर्वाधार विकास
यसैबीच उपाध्यक्ष जिम्बाले यो बजेटको कार्यान्वयनबाट ‘हामी बनाउछौं हाम्रो खानीखोला’ भन्ने नारालाई सफल गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको लिएका छन् । बजेटमा उल्लेखित योजना कार्यक्रमको कार्यान्वयनबाट समष्टिगत पूर्वाधारको विकास गरी समृद्ध र समाजवाद उन्मुख खानीखोला गाउँपालिकाको आधारशिला निर्माण गर्ने उद्देश्य प्राप्त गर्नका लागि पर्याप्त रुपमा मार्गदर्शन गर्ने जिम्बाले बताए ।
प्रतिक्रिया दिनुहोस