नमोबुद्ध नगरपालिकाको तेश्रो नगर सभामा नगर प्रमुख श्री टंकप्रसाद शर्माले आर्थिक वर्ष २०७५।७६ को लागि मिति २०७५।०३।२७ मा पेश गर्नुभएको योजना,कार्यक्रमतथाबजेट
हामी पौरखी नगरवासी, हामी बनाउछौ हाम्रो नगर । शिक्षा स्वास्थ्य सुशासनहाम्रो चाहाना हो ।
कला र धर्म संस्कृति, हाम्रो गहना हो । हामी बोल्छौ सत्य, हाम्रो मन छ शुद्ध।
हाम्रो नगर नमोबुद्ध,हाम्रो नगर नमोबुद्ध।
आदरणीय सभाध्यक्ष महोदय,
लामो प्रजातान्त्रिक आन्दोलनको प्रयास स्वरुप प्राप्त गणतन्त्रात्मक लोकतन्त्रलाई संस्थागत गर्ने आधार नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार र अवसरको प्रयोग गर्दै चालु नगर सभाबाट मिति २०७५।०३।१० गते स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा आधारित भएर नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान तथा अन्य स्रोत एवं हाम्रो आफ्नै प्रयास, प्रयत्न तथा योगदानबाट संकलन हुन सक्ने आन्तरिक आयलाई समेत एकिकृत गरी आर्थिक ऐन, २०७५ र विनियोजन ऐन, २०७५ मा समावेश गरी आर्थिक वर्ष २०७५।७६ को वार्षिक बजेट तथा कार्यक्रम तयार गरिएको छ ।
आफ्नो गाउँ आफै बनाउनु पर्छ मागेर विकास हुन सक्दैन भन्ने मान्यतालाई आत्मसात गर्दै कर तथा सेवा शुल्कका दरहरूलाई बढाउनको सट्टा यसको दायरा फराकिलो पारी सवै नगरवासीहरुले स्वतस्फूर्त रुपमा समृद्ध नगर निर्माणमा योगदान पुर्याउन सक्ने आधार तयार गर्ने प्रयास गरिएको छ ।
नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसार नगरपालिकाले आफ्नो क्षेत्रभित्र संकलन गर्ने कर, दस्तुर, सेवा शुल्कको दररेट सहित राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम, नेपाल सरकारले उपलब्ध गराएको वित्तीय समानीकरण तथा सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान,विकासका साझेदार निकायहरुबाट प्राप्त हुन सक्ने बजेट तथा कार्यक्रम समेत गरी चालु आर्थिक वर्षमा प्राप्त हुन सक्ने स्रोतहरु अनुमान गरी आर्थिक विधेयकतथा विनियोजन विधेयकको अनुसूचीम संलग्न गरी राखिएको छ ।
सम्भाव्य स्रोत साधनलाई बढीभन्दा बढी उपलब्धिमूलक क्षेत्रमा खर्च गरी स्थानीय नगरबासीहरुलाई सहज र सरल ढंगबाट गुणस्तरीय सेवा उपलब्ध गराउन सकियोस् जसले आम नगरबासीहरुको जिवनस्तरमा सुधार ल्याउँदै समृद्धितिर उन्मुख गराउने गरीविकासका आधारशिलाहरु खडा गर्न सकोस् भन्ने अभिप्रायका साथ योजना तथा कार्यक्रममा रकम विनियोजन गरी विनियोजन विधेयक, २०७५ को अनुसूचीहरुमा संलग्न गरी राखिएको छ ।
नगरपालिकाको मौजुदा अवस्थाको आंकलन
सभाध्यक्ष महोदय,
विकासका प्रचुर संभावना रहेको भएतापनिनमोबुद्ध नगरपालिका विकासको गतिमा पछाडि परेको छ । यहांका वासिन्दाको आर्थिक, सामाजिक अवस्था हेर्ने हो भने तुलनात्मक हिसाबले छिमेकी नगरपालिकाहरु भन्दा निकै तल रहेको पाइन्छ । अझै पनि यस क्षेत्रको अधिकांश स्थानहरुस्वच्छ खानेपानीको पहुंचबाट धेरै टाढा छन् । सवै मौसममा चल्ने सडकको अभावमा बिरामीलाई अस्पताल/स्वाथ्य केन्द्रसम्म पुर्याउन कठिनाइ छ । नगरको धेरै क्षेत्रमा विद्युत सेवा पुगेको भएतापनि सेवामा गुणस्तरियता छैन । आर्थिक रुपले सक्रिय जनशक्ति रोजगारीको अभावमा त्यसै निश्क्रिय अवस्थामा छ भने धेरैजसो युवाहरु कामको खोजीमा विदेशिएका छन् । यसले गर्दा यस क्षेत्रका खेतियोग्य जमिन बाँझो भएका छन् भने परम्परागत कृषि प्रणालीको कारण जीवन निर्वाहमा कठिनाई उत्पन्न भएको छ । कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्न नसकिएको कारण यस क्षेत्रमा जनशक्तिको अभाव हुन गई उत्पादन लागत पनि उत्तिकै बढ्दो छ ।
त्यसैगरी अव्यवस्थित बसोबासको कारण आधारभूत सेवा प्रवाहमा कठिनाई त छंदैछ त्यसको अलावा सहज आवागमनमा असहजताका साथै शहरी सुन्दरता दिनानुदिन खस्किदै गइरहेको छ । भू-उपयोग अवस्था उत्तिकै चिन्ताजनक रहेको छ । यस क्षेत्रमा भएको सार्वजनिक जग्गाहरु दिनानुदिन अतिक्रमित हुंदै गएका छन् । वातावरण मैत्री र व्यबस्थित शहरीकरणको अभावले यहांका मानिसहरुको जीवन कष्टकर बनेको छ । यस क्षेत्रमा बसोबास भएका विभिन्न हिसाबले पछाडि पारिएका वर्ग र समुदाय लोकतन्त्रको प्रतिफल लिन कोशौं टाढा रहेका छन् । विगतमा छुट्टै गाविस मातहत रहेका जनतालाई एउटै नगरवासी भएको अनुभूत गराइ आर्थिक समाजिक विकास गर्नु चुनौतिपूण रहेको छ ।
आदरणीय सभाध्यक्षज्यू,
नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा प्रमुख रुपमा लिईएका निम्न आधारहरु प्रस्तुत गर्ने अनुमति चाहान्छुः
चालु वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा नेपालको संविधानमा व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु तथा संविधानको अनुसूची८ र ९ मा रहेका स्थानीय तहका एकल अधिकार र साझा अधिकारका सूचीहरुमा भएका व्यबस्था, चौधौं राष्ट्रिय योजना, दिगो विकासका लक्ष्यहरु, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएका स्थानीय तहका काम, कर्तव्य र अधिकारहरु, अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समय समयमा जारी भएका मार्गदर्शन तथा परिपत्रहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरुबाट प्राप्त सुझावहरु, राजश्व परामर्श समितिबाट प्राप्त सुझावहरु समेतका आधारमा सम्भव भएसम्म जनचाहनालाई समेट्ने अभिप्राय लिई प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ ।
आदरणीय सभाध्यक्षज्यू,
अब म चालु आ.व. २०७४/७५ मा यस नमोबुद्ध नगरपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको संक्षेपमा समिक्षा गर्दै यस अवधिमा भएका योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गर्दछु ।
चालु आ.व. ०७४/७५ मा विभिन्न श्रोतहरुबाट कूल आम्दानी रु. ४८ करोड ८३ लाख ७१ हजार ०३७भएकोमा यो प्रतिवेदन तयार गर्दासम्म रु. ४२ करोड ५० लाख २८ हजार ००३.(८७ प्रतिशत) खर्च हुन गएको छ ।आन्तरिक आय रु.१ करोड २३ लाख अनुमान गरिएकोमा हालसम्म रु. १ करोड ३१ लाख असुली भएको छ । नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु. १७ करोड ६३ लाख ३१ हजार,सर्शत अनुदान रु. १४ करोड १२ लाख ७२ हजार, नगर विकास कोषबाट ऋण रकम रु. ५० लाख गरी जम्मा ३२ करोड २६ लाख ३ हजारको बजेट सिमा तयार गरिएकोमामध्ये आन्तरिक आम्दानी र वित्तीय समानिकरण अनुदान तर्फ चालु आर्थिक वर्षको लागि विनियोजित योजना तथा कार्यक्रमहरुमा करिब ८० प्रतिशत रकम खर्च भएको र खर्च हुन बाँकी रकमलाई नगरपालिकाको अपुरो भवन निर्माणमा र आगामी आर्थिक वर्षमा योजना तथा बजेट सारी खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
नेपाल सरकार सशर्त अनुदान तर्फ १५ करोड ४० लाख ६६ हजार प्राप्त भएकोमा करिब ९५ प्रतिशत खर्च भएको र सशर्त तर्फको बाँकी तथा सामाजिक सुरक्षा कार्यक्रम तर्फको बाँकी रकम संघीय संचित कोषमा फिर्ता पठाउने व्यवस्था मिलाइएको छ ।
सभाध्यक्षज्यू,
अब म नमोबुद्ध नगरपालिकाको आगामी आ.व. २०७५/७६ को वार्षिकबजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस नगरपालिकाको दिर्घकालिन सोंच (Vision), लक्ष (Mission), उद्देश्य (Objective) र बजेटका प्राथमिकताको बारेमा संक्षिप्त प्रस्तुति गर्दछु ।
दिर्घकालिन सोंचः“कृषि, वातावरण व्यापार, पर्यटन र उद्योगको विकासः सुन्दर र समृद्ध नगरपालिका निर्माण हाम्रो सशक्त अभियान” ।
लक्ष: जैविक कृषि उत्पादन, पर्यटन र व्यापारबाट नागरिकको आयस्तरमा उल्लेखनीय रुपमा वृद्धि गर्दै पाँच बर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने ।
उद्देश्यहरुः
यी उद्देश्य पूरा गर्न आगामी आर्थिक वर्षको बजट तथा कार्यक्रमका प्राथमिकताहरुः
कार्य नीतिः
बजेटले समेटेका प्रमुख विषयहरुः
आदरणीय सदस्यज्यूहरु,
सभाध्यक्ष महोदय,
अब म आ.व. ०७५/७६ का लागि अनुमानित गरिएको बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
१. आय अनुमान
(बजेट तथा योजना वाचन)
अन्त्यमा,
योजना तथा कार्यक्रम तर्जुमा गर्नु भन्दा त्यसको सफल कार्यान्वयन गर्नु हाम्रो लागि चूनौतिको विषय हो । अर्को तर्फ योजनाको कार्यान्वयन गर्दा त्यसको गुणस्तर कायम गर्ने तथा समयमा नै सम्पन्न गर्नु पनि त्यतिकै चूनौतिको विषय रहेको छ । यस तर्फ आगामी दिनहरुमा सांसदज्यूहरुबाट सहयोगको अपेक्षा गर्दछु । विकासका कार्यक्रम केकति सम्पन्न गर्यौ भन्दा पनि त्यसबाट नागरिकको जिवनमा हामीले के कति परिवर्तन ल्यायौ, त्यो नै महत्वपूर्ण विषय हो । यस तर्फ पनि सबै सदस्यज्यूहरुले मनन गर्नु हुने छ र भावी दिनमा सम्बृद्ध र सु-संस्कृत नमोबुद्ध बनाउन सबै राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र, पेशागत संस्थाका महानुभावहरु, शिक्षक, पत्रकार लगायत सबै नमोबुद्ध बासीमा हार्दिक अपिल गर्दछु ।
नमोबुद्ध नगरपालिकाको तेश्रो नगर सभा सम्पन्न गर्ने क्रममा विभिन्न योजना तर्जुमाका विभिन्न चरणमा सहयोग पुर्याउनु हुने विभिन्न यस नगरका निर्वाचित सवै सहयात्री जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, प्राज्ञिक व्यक्तित्वहरु,नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु लगायतसम्पूर्ण शुभेच्छुक महानुभावहरु तथा सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु । र, उल्लेखित नीति, निर्णय, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षको प्रतिवद्धता रहने छ र यो नगरपालिकालाई एक सक्षम नगरपालिका निर्माणको प्रकृया स्थापित गर्न कोशेढुङ्गा सावित हुनेछ भन्ने आशा र विश्वास सहित म लगायत हामी सवैको सहकार्य, सहयोग र सदभावले मात्र यस नगरको समृद्धि तर्फको यात्रा सफल हुने सत्यलाई आत्मसात गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको सकृय सहभागिता, सुझाव रसहयोगको अपेक्षा समेत गर्दछु
प्रतिक्रिया दिनुहोस