मण्डनदेउपुर नगरपालिकाको नवौं नगरसभामा प्रस्तुत आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
१. यस नगरपालिकाको नवौं नगरसभामा उपस्थित आदरणीय नगरसभाका सदस्यज्यूहरु, नगर सल्लाहकार ज्य, संचारकर्मी मित्रहरु, सुरक्षाकर्मी साथी, राष्ट्रसेवक कर्मचारीज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा नगरपालिकातथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहान्छु।
२ नेपाली जनताले विभिन्न समयमा गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश आन्दोलन लगायतकासंघर्षहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति सम्मान र हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।
३ कोरोना भाइरसको दोस्रो लहरले सृजना गरेको यस मानवीय, आर्थिक र मनोवैज्ञानिक त्रास सहितको संकटपूर्ण घडीमा यस महामारी नियन्त्रण तथा रोकथामका क्रममा ज्यान गुमाउनु भएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, संचारकर्मी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै उपचाररत सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
४ विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण सिर्जित विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का कारण जनजीवनमा परेको प्रतिकूल असरका बाबजुद कोभिड-१९ (कोरोना भाइरस) नियन्त्रण र रोकथामका लागि नगरद्वारा चालिएका कदमहरुमा साथ र सहयोग पुयाउनुहुने सम्पूर्ण नगरबासीमा धन्यवाद व्यक्त गर्दछु। साथै यस महामारीमा अग्रपङ्तिमा रही रोकथाम, नियन्त्रण, व्यस्थापन तथा उपचारमा अहोरात्र खटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायत जिम्मेवार नागरिकको रुपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्न चाहान्छु।
५ कोभिड-१९ (कोरोना भाइरस) रोकथाम नियन्त्रण तथा उपचार कोषमा जिन्सी तथा नगद सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, सरकारी, गैर सरकारी संस्था एवम् दाताहरु, प्रदेश तथा संघीय सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम र नियन्त्रण गर्न मण्डनदेउपुर नगरपालिका सदैव प्रतिवद्ध रहेको छ।
६ कोभिड-१९ का कारण उत्पन्न स्वास्थ्य संकटको यस विषम परिस्थितिजन्य चुनौती सामना गर्नका लागि उत्थानशिल र सर्वाङ्गिण विकासमार्फत नगरलाई समृद्धिको बाटोमा लैजाने विश्वासका साथ यो नीति तथा कार्यक्रम र बजेट तयार गरेको छु।
७ कोरोना भाइरसका कारण प्रभावित आर्थिक क्रियाकलपाहरुको श्रृंखला र विकास एवं समृद्धिका मूर्छित सपनाहरुलाई पूनः जागृत गराइ आर्थिक पुनरूत्थान, नागरिकको जिवन रक्षा साथै जनताको दैनिकिमा प्रत्यक्ष असर पार्ने भौतिक पूर्वाधारमा लगानी गरी नागरिकको जीवन निर्वाहमा सहयोग पुयाउने उत्पादनशिल क्षेत्रमा आगामी आर्थिक वर्षको अधिकांश लगानी केन्द्रित रही योजना संचालन गर्नुपर्ने अवस्थामा यो नगरपालिका रहेको छ।
८ योजना छनौटका आधारहरुः
सुखि, समृद्ध र सबल नगरबासीको लक्ष्य प्राप्तीका लागि आ.व. २०७८/०७९ का लागि योजना छनौटका आधारहरु तपसिल बमोजिमका छन्:
-
स्वास्थ्य पूर्वाधार विकास साथै सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह।
-
उत्थानशील पूर्वाधारहरुको निर्माण र विद्यमान पूर्वाधारहरुको संरक्षण र सबलिकरण।
-
जिवनपयोगी एवं सिपयुक्त शिक्षाको सुनिश्चितता।
-
दीगो कृषि प्रणाली प्रबर्द्धन, उत्पादन र उत्पादकत्वमा वृद्धि, उत्पादनमा विशिष्टिकरण, उपभोगमा विविधिकरण साथै खाद्य सुरक्षाको प्रत्याभुति।
-
सामाजिक सांस्कृतिक पहिचानमा आधारित पर्या-पर्यटनको विकास। > स्वच्छ तथा सफा खानेपानी र सरसफाईको व्यवस्थापन।
-
गरिबी निवारण, सामाजिक-आर्थिक समानता र सामाजिक सुरक्षा सहितको न्यायपूर्ण समाज निर्माण तीव्र दीगो र रोजगारमूलक आर्थिक विकास।
-
वातावरण संरक्षण, विपद् व्यवस्थापन र दीगो विकास।
-
स्थानीय तथा आन्तरिक स्रोत, साधन र क्षमताको उच्चतम परिचालन , उपयोग, संरक्षण तथा उत्थानशिलताको विकास।
-
उत्तरदायी शासकीय व्यवस्था, सुशासनको प्रत्याभूति तथा सहज र सुलभ सेवा प्रवाह ।
-
नगरवासीको अपेक्षा, सुझाव र माग साथै संचालित आयोजनाहरु।
चुनौती तथा अवसर
अधिकांश भू-भाग ग्रामिण क्षेत्र रहेको यस मण्डनदेउपुर नगरपालिकामा कम लागतमा विकास निर्माणको कार्य सञ्चालन एवं सम्पन्न गर्नु, निजी, सहकारी एवं सरकारी लगानीमा उपलब्ध स्रोत साधनलाई बहुपक्षीय उपयोगमा ल्याउनु, खेती योग्य भूमीमा अधिकतम प्रतिफल दिने कृषि कार्य गरी उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, उत्पादनको विशिष्टीकरण एवं विविधीकरण र उचित बजारीकरण तथा मूल्य स्थापित गर्नु साथै आइपर्न सक्ने सम्भाव्य विपद् व्यवस्थापन मार्फत जनधनको सुरक्षा गर्नु चुनौतीको रुपमा रहेको छ ।
सम्भावना बोकेका आर्थिक स्रोतको पहिचान गरि अधिकतम परिचालन मार्फत नगरवासीको अपेक्षा अनुसारको उचित सम्बोधन मार्फत उत्तरदायी शासकीय व्यवस्था, सुशासन, समतामूलक विकास र गुणस्तरीय सेवा प्रवाह गर्न समयमै योजना तथा कार्यक्रम संचालन गरी कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोत जस्ता आर्थिक विकासका सूचकका रुपमा रहेका विभिन्न पक्षहरुको सही उपयोग गरी तिव्र विकास मार्फत नगरवासीको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने अवसर रहेको छ। कोरोना भाईरसका कारण समयमै योजना तथा विकास कार्यक्रम संचालन र निर्दिष्ट लक्ष्यहरु हासिल गर्नु चुनौतीपूर्ण रहेतापनि यसलाई स्वास्थ्य क्षेत्र, विपद् व्यवस्थापन, वैकल्पिक शिक्षण सिकाइका लागि पूर्वाधार विकास तथा सूचना प्रविधिको प्रयोग गरी विपद्को अवस्थामा पनि सेवा प्रवाह गर्ने अवसरको रुपमा समेत लिन सकिन्छ।
१० सोच, लक्ष्य र उद्देश्यः
समृद्ध, सुखी र सबल नगरपालिका निर्माणको लागि आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटले निम्न सोच लक्ष्य र उदेश्य लिएको छ।
सोचः
‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नारामा आधारित सबल, सक्षम र समृद्ध नगर ।
लक्ष्यः
समृद्ध र सुखी नगरपालिका स्थापनाका लागि भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय पक्षहरुको दीगो, गुणात्मक र समष्टिगत विकास प्रद्धत कार्यक्रम संचालन र सहकार्य ।
उद्देश्यः
-
कोरोना लगायतका स्वास्थ्य एवं अन्य विपद्बाट नगरबासीको जनधनको सुरक्षा।
-
दीगो भौतिक पूर्वाधार निर्माण तथा समावेशी, सुरक्षित र उत्थानशील संरचना। जैविक विविधता तथा वातावरणीय सन्तुलन र संरक्षण।
-
उपलब्ध स्रोत, साधन र क्षमताको दिगो तथा समुचित प्रयोग र लाभको समतामूलक वितरण।
-
उत्पादनमा विशिष्टीकरण र उपभोगमा विविधीकरण सहितको कृषि प्रणाली र औद्योकीकरण मार्फत कृषि व्यवसायलाई मर्यादित पेशाका रुपमा प्रबर्द्धन।
-
पर्या-पर्यटन र सामाजिक सांस्कृतिक पर्यटनको विकास।
-
उत्पादनमूलक साना तथा मझौला उद्योगको विस्तार। सबल, निष्पक्ष र जवाफदेही सार्वजनिक सेवा र सरकारी खर्चको कुशल, मितव्ययी र नतिजामुखी व्यवस्थापन।
-
सामाजिक आर्थिक रुपान्तरण तथा नागरिकलाई मर्यादित र परिष्कृत जीवनयापनको अनुभूति।
-
सार्वजनिक सेवामा सबैको समतामूलक पहुँच तथा सेवा प्रवाहमा सुदृढिकरण।
समृद्ध नगर स्थापना गर्न नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, मानवीय तथा सांस्कृतिक विकासका लागि समष्टिगत तथा क्षेत्रगत लक्ष्यहरु निर्धारण गरी उक्त लक्ष्यहरु हासिल गर्नु नगरको मुख्य उदेश्य हुनेछ।
यस नगरपालिकाले उल्लेखित उद्देश्यहरु हासिल गर्न आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गर्दा स्वास्थ्य, सडक, खानेपानी, शिक्षा, कृषि, पर्यटन, वातावरण र लक्षित वर्गलाई प्राथमिकिकरण गरी योजना तर्जुमा गरिएको छ। योजनाहरु संचालनका क्रममा जनमुखी नीति तथा दीगो, वातावरण मैत्री, उत्पादनमुखी साथै परिणाममुखी कार्यान्वयनमा विशेष ध्यान दिइनेछ । अव म आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा लिईएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शनका वारेमा जानकारी गराउँन चाहान्छु ।
-
नेपालको संविधानले निर्देश गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु।
-
संघीय र प्रादेशिक नीति, कानून तथा मापदण्डहरु।
-
वडाहरुबाट संकलन गरेका सुझाव तथा कार्यक्रमहरु।
-
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु।
-
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु।
-
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था।
-
स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको आधारहरु ।
-
संघीय सरकार र प्रदेश तहबाट प्राप्त अन्य मार्गदर्शन एवं निर्देशन तथा सुझावहरु।
-
दिगो विकासका लक्ष्यहरु साथै पन्ध्रौ आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्य एवं उद्देश्यहरु।
-
नगरपालिकाको दिर्घकालिन सोच।
-
नगरपालिकाको समग्र अवस्था।
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
११. अब म चालु आ.व २०७७/०७८ सम्ममा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रमहरुको संक्षिप्त समिक्षा प्रस्तुत गर्न गईरहेको छु।
१२. चालु आ.व मा मात्रै कृषि क्षेत्रको यान्त्रीकरणका लागि नगरभित्र १५५ वटा हाते ट्याक्टर वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ। साथै १०४ वटा प्लाष्टिक टनेल, माटो परिक्षण सेवा शुरु भएको छ।
१३. यस नगरपालिकामा हालसम्म एक घर एक धारा कार्यक्रम अन्तरगत वडा नं. १ मा ४८६ वटा, वडा नं. २ मा२५ वटा, वडा नं. ३ मा ४६८ वटा, वडा नं. ४ मा ३०१ वटा, वडा नं. ५ मा ३६० वटा, वडा नं. ६ मा ४७० वटा, वडा नं. ७ मा ३४५ वटा, वडा नं. ८ मा ७५ वटा, वडा नं. ९ मा २६१, वडा नं. १० मा १०७५ वटा, वडा नं. ११ मा ५४६ वटा, वडा नं. १२ मा ५३६ वटा धारा र अन्य संघ संस्था तथा सार्वजनिक निकायसँगको साझेदारीमा निर्माण भएका गरी करिब ५२०० वटा धारा जडान गरिएको छ जसमध्ये आ.व. २०७७/७८ मा ६२५ वटा धारा जडान गरिएको छ।
१४. २०६३० मिटर पाईप बिछ्याइएको, १९ वटा इन्टेक, ७ वटा PVC पानी ट्याङ्की र १० वटा ट्याङ्की निर्माणगरिएको, २ वटा डिप बोरिङ्ग निर्माण, १० वटा पम्प खरिद गरिएको, ६ वटा इनार र कुवा निर्माण गरिएको, पम्प हाउस ४ वटा तयार गरिएको, भल्भ च्याम्बर ९ वटा, RVT ट्याङ्की १० वटा र २२४ थान तारवार तथा ग्याविन भरि पानीका मुहान संरक्षण गरिएको छ।
१५. नगरपालिका अन्तरगत हिगुवापाटी देउपुर सडक र कुन्ता नयाँगाँउ नगरकोट सडक खण्ड गरी ४१०० मिटरसडक कालोपत्रे भइसकेको र २६५० मिटर सडकको कालोपत्रे कार्य सम्पन्न हुनेछ । साथै नगर क्षेत्र भित्र हालसम्म मापदण्ड बमोजिम १४५.०५ कि.मि. सडक चौडा पारिएको छ।
१६ २२८३ मि रिटेनिङ्ग वाल तयार पारिएको, ४९३७ मि. पक्की नाली निर्माण गरिएको, ६१ कि.मि कच्ची नाली निर्माण गरिएको, ८ वटा कल्भर्ट, ५ वटा कज वे निर्माण गरिएको, वर्षात पछि १३६ कि.मि. सडकको मर्मत संभार तथा ४५ कि.मि ग्रावेल र ३० कि.मि नयाँ ट्रयाक सम्पन्न भएको छ।
१७. साथै नगरपालिकामा १९२ मिटर सडक आर सि सि ढलान, २९७ थान ह्युम पाईप व्यवस्थापन गरि सडकको स्तरोन्नती गरिएको, १९८ मिटर ढुङ्गाको सोलिङ्ग गरेको, ७२७ थान ग्यावीन जाली प्रयोग भएको छ।
१८. चालु आ.व.मा सिंचाइ तर्फ हालसम्म ५०९ मि. बाँध निर्माण, ६५२.१७ घ.मि. आरसिसि ढलान, ११६४ मि. आर.सि.सि. कुलो निर्माण, १८ वटा भल्व बक्स च्याम्बर निर्माण, , ३०० मि. जि आई पाईप खरिद, ३ वटा आर सि सि ट्याङ्की निर्माण र ६०८७ मि. एच. डि. पि. पाईप बिछ्याइएको छ।
१९. नगरपालिका क्षेत्र भित्र नगरकोटमा सोलार बत्ती १६ वटा र कुन्तावेशीमा सोलार बत्ती १२ वटा गरी जम्मा २८वटा सोलार बत्तीको व्यवस्था गरिएको छ।
२०. हालसम्म नगरपालिकाले अपाङ्गता भएका ८३ जनालाई रातो कार्ड, १८८ जनालाई नीलो कार्ड, १०२ जनालाई पहेंलो कार्ड र ६१ जनालाई सेतो कार्ड गरी जम्मा ४३४ जनालाई परिचयपत्र वितरण गरिएको छ।
२१. यस नगरपालिकाबाट हालसम्म ५२१ जना महिला, ४७७ जना पुरुष गरी जम्मा ९९८ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।
२२. हालसम्म यस नगरपालिकामा ७८ वटा टोल विकास संस्था तथा उपभोक्ता समिति दर्ता, १८० वटा व्यवसाय पसल दर्ता, ६४ वटा सहकारी सूचीकृत, २४ वटा संघ संस्था सूचीकृत र १६२ वटा कृषि समूह, फर्म, वन समूह दर्ता भएका छन्।
आदरणीय नगरसभाका सदस्यज्यूहरु,
२३. अब म हालसम्म नगरपालिकाले हासिल गरेका उल्लेखनीय कार्यहरुको संक्षिप्त विवरण पेश गर्न गइरहेको छु ।
-
खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको।
-
पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको।
-
नगर सभाले ५७ वटा ऐन, नियमावली तथा कार्यविधि निर्माण गरि लागु गरिएको।
-
शिक्षा क्षेत्रमा दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिएको।
-
वडा वडा मा शिविर संचालन गरी अपांगता परिक्षण तथा परिचय पत्र वितरण गरिएको।
-
नगरस्तरीय सडकहरु मापदण्डका आधारमा सिमांकन गरिएको।
-
स्वेच्छिक अवकास लिने शिक्षकहरुलाई रु. १ लाख नगद सहित सम्मान गरिएको।
-
दरबन्दी कम भएका ११ वटा विद्यालयलाई अनुदान उपलब्ध गराइएको।
-
ECD कक्षालाई Play Group सहित २ तहको बनाइएको।
-
विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, प्रोजेक्टर, घेराबार जस्ता कार्यक्रमहरु संचालन गरिएको।
-
विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको।
-
नगर भित्रका माध्यामिक तह, निम्न माध्यामिक तह, प्राथमिक तह र बाल विकास गरी ४ वटा
विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको।
-
मातृभाषा तथा स्थानीय पाठ्यक्रमको निर्माण गरीएको।
-
नगरपालिका अन्तरगतका विद्यालयहरुमा इन्टरनेट जडान र मल्टीमिडिया सामग्रीहरु वितरणको कार्य अधि
बढाइएको ।
-
एकिकृत सम्पति कर संकलन तथा व्यवस्थापन प्रत्येक वडा कार्यालयबाटै सूचारु गर्न सफ्टवेयर खरिद
गरीएको।
-
विभिन्न कम्प्युटर सफ्टवेयरहरुको प्रयोग गरी नगरपालिकाले दिने सेवाहरु छिटो छरीतो रुपमा सम्पादन
गरिएको।
-
नगरकार्यपालिकाको भवन, नगरकोट, कुन्तावेशी चोक, ढाडखोलामा डिजिटल नोटीस बोड (विद्युतीय सूचना
पाटी) र सि.सि.टि.भि. जडान गरिएको ।
-
नगरपालिका तथा नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरुको सम्पूर्ण कार्यगत विवरणहरु नगरपालिकाको सर्भरमा एकीकृत गर्ने व्यवस्था मिलाइएको।
-
कोरोना अस्थायी अस्पताल तथा नगर आइसोलेसन केन्द्र स्थापना गरिएको।
-
नगरपालिका प्रशासकीय भवन निर्माण कार्य अघि बढाइएको।
प्रतिक्रिया दिनुहोस