२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कृषि फस्टाए बैदेशिक रोजगारको विकल्प हुन्छ, नजिकदो छ बिदेशमा नेपालीले रोजगारी नपाउने दिन


४१३२ पाठक संख्या

आई.आर.के मैनाली पाँचखाल-काभे्र जिल्ला कृषिको लागि प्रवल संभावना रहेको जिल्लाको रुपमा परिचित जिल्ला हो ।

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १२, बुधबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल-काभे्र जिल्ला कृषिको लागि प्रवल संभावना रहेको जिल्लाको रुपमा परिचित जिल्ला हो । यो जिल्लामा दुध, ताजा तरकारी, फलफुल, माहुरी पालन साथै पोल्टी व्यवसायमा र खाद्यान्न समेत अग्रपंक्तिमा नाम चर्चामा आउने जिल्लाको रुपमा परिचित रहेको छ । विस्तारै व्यवसायिक ढंगबाट खेति गर्ने कार्यलाई समेत प्राथमिकता दिदै आएको अवस्था छ । तर पछिल्लो समयमा आएर कृषिमा लगानि बढी तर आम्दानी कम हुन थालेपछि कृषकहरु समस्यामा पर्दै आएका छन् । आधुनिक ढंगबाट खेती गर्दै उत्पादन बृद्धि गर्ने वातावरण तयार भएमा युवाहरु वैदेशिक रोजगारी तर्फ भन्दा स्वदेशमै कृषि कर्मगरी राम्रै आम्दानी लिन सफल हुने थिए ।

    त्यसैगरी कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित कृषि नगरीको रुपमा चर्चीत पाँचखाल नगर कृषि पेसाको लागि प्रवल संभावना रहेको नगर हो । सो नगरमा लेकमा पाईने प्रजातीे तथा बेसीमा पाईने गरी दुवै प्रकारको फलफुल समेत पाईन्छ । ताजा तरकारीको रुपमा उत्तिकै प्रख्यात रहेको नगरको प्रमुख बालिको रुपमा आलु खेतीलाई लिईन्छ । त्यसैगरी मौसमी तथा बेमौसमी तरकारी खेतीले गर्दा पाँचखालको छुट्टै पहिचान कायम गर्न सफल रहेको छ ।

    पाँचखालका अधिकांस कृषकहरुले तरकारी तथा फलफुल र दुध उत्पादनकै आधारमा आत्मा रिर्भर हुंदै आएका छन् । पछिल्लो समयमा आएर आधुनिक ढंगको व्यवसायिक खेती प्रणालिको समेत सुरुवात भएको छ । नगरमा उत्पादन हुने सवै प्रकारको तरकारीहरु आइ.पी.एम तरिकाले उत्पादन गर्ने बिषयमा कृषकहरु आकर्षित भएका छन् । कृषकहरुको चाहना अनुसारको कार्यको लागि नगरपालिकाले समेत पहल गरीरहेको छ । सोही अनुसार पाँचखाल र आसपासको क्षेत्रमा विगत २७ बर्षदेखी वातावरण संरक्षण लगाएतको कार्यमा कृयासिल रहंदै आएको लवग्रीन नेपाल नामक संस्थाले कृषि उत्पादनमा आइ.पि.एम तरिकाले गर्ने खेतीको बारेमा सघाउंदै आएको छ । संस्थाले कृषकहरुको खेतखेतमा पुगी खेति प्रणालिको बारेमा जानकारी गराउनुको साथै कृषक पाठशालाहरु समेत चलाउंदै आएको छ ।

    लवग्रीन नेपालले लवग्रीन जापानसंग समन्वय गर्दै कृषि पेसामा लागत कसरी घटाउने साथै अम्दानी कसरी वढाउने भन्ने बिषयमा बिकसित मुलुकहरुमा सुरुवात गरेको विना खनजोत गरीने खेतीको लागि पहल गरेको छ । जापान स्थित फुकुसिमा विश्वबिद्यालयका प्रोफेसर (कृषि विज्ञ) नोबुहीरो खानेकोले नेपालमा विना खनजोत गरीने खेतीको बारेमा अनुसन्धान सुरु गरीसकेको अवस्था छ । विकसित मुलुकहरुमा सो ढंगको खेती प्रणालि सफल भएपनि नेपालमा के कस्तो हुन्छ भनि बीगत ३ बर्षदेखी अनुसन्धान गर्दै आएकोमा सफल भएको जानकारी प्राप्त भएको छ ।

    पनौती नगरको पनौती, खोपासी बनेपा नगरको बनेपा, नाला, नमोबुद्ध नगरपालीकाको काशिखण्ड बेसी, मण्डन देउपुर नगरको कुन्ता फाँट, लगाएतको स्थानमा उच्च भूभागमा पाईने फलफुल साथै खाद्धान्न र ताजा तरकारीको लागि प्रवल संम्भावना रहेको स्थानको रुपमा परिचित छ । त्यसैगरी भूम्लु गाउंपालिका ,खानीखोल गाउँपालीका, तेमाल गाउपालिका, रोसी गाउंपालिका, चौरी देउराली गाउंपालिका, बेथानचोक गाउंपालिका लगायतका स्थानहरुमा उच्च भूभागमा पाईने फलफुल साथै लहरे तरकारीको लागि ठुलो संम्भावना रहेको छ । साथै तेमाल गाउंपालिकामा अर्को महत्वपुर्ण पक्ष बुद्ध चित्त मालाको प्रवल संभावना रहेको छ । त्यसैसगरी जिल्लामा मौरी पालन खुवा व्यवसायको समेत धेरै संभावना रहेको छ । कृषिको लागि यति धेरै सम्भावना रहदा रहंदै पनि कृषिप्रधान मुलुकमा सरकारले कृषकको लागि भरपर्दो योजना ल्याउन नसक्दा कृषकहरु कृषि पेसालाई छाडी बैदेशीक रोजगारीमा भौतारीनु परेको छ ।

    किन जान्छन कृषक बैदेशिक रोजगारीमा ?

    कृषिप्रधान मुलुकका कृषकहरुका लागि सरकारले खासै भरपर्दौ ढंगको कृषकको हितको लागि योजना ल्याउन नसक्दा कृषकले कृषिमा गरेको लगानीको आधारमा आम्दानी नहुनाले कृषकहरु वाध्य भएर बैदेशिक रोजगारीमा जान बिवश रहेका छन् । श्रमशक्तिको ज्याला बढ्दैगरेको, प्रतिव्यक्ति जग्गाको आकार घट्दै , लगानि अनुसारको प्रतिफल नहुंने गरेको साथै बैदेशिक रोजगारीमा जाने परिवारहरु शहरतर्फ आकर्षण हुने कार्यले गर्दा उर्वरा भूमी बाँझिने क्रम बढ्दो अवस्थामा छ । कृषिमा श्रम गर्ने श्रमिकहरुलाई राज्यले उचित व्यवस्था गर्न नसक्दा उनीहरु वैदेशिक रोजगारीमा जाँदा उत्पादनलाई वढाउने उद्देस्य भन्दा पनि अनिक्षा पुर्ण ढंगले जमिनको संरक्षण गर्ने उद्देस्यले खेती गर्ने कारणले समग्रमा नेपालमा कृषि उत्पादकत्व कम उत्पादन हुने गरेको छ, जस्को कारण आयात बढेको छ । वहुलबालिको रुपमा (बर्षमा तीन बाली सम्म) लगाईने खेती पछिल्लो समयमा आएर जिन तिन एक बालि लगाउने गरेका छन् ।

    शहरको छेउछाउमा रहेको कृषि योज्ञ भूमिमा आवास निर्माणगर्ने नाउमा जग्गालाई खण्डिकरण गर्दै टुक्रा टुक्रमा परिणत गरी बझाँउने क्रमले थप जटिलता ल्याएको छ । बसोवासको रुपमा कम उत्पादन हुने पाखो जमिनलाई बिकास गर्नुको वदला समथर उर्वरा भूमिमा आवासको व्यवस्था गर्दा कृषि उत्पादन घट्दो अवस्थामा रहेको छ । कृषिमा यस्ता यावत समस्याले गर्दा युवा जनशक्ति बैदेशिक रोजगारीमा गएका हुन् । यदि नेपालमा बैदेशिक रोजगारी सरह आम्दानि हुदो हो त नेपालीहरुले विदेशी भूमिमा पसिना वगाउने थिएनन् ।

    वैदेशिक रोजगारीको विकल्प ?

    नेपालमा युवाहरुलाई रोजगारी दिन नसक्दा आफ्नो बालबालिकाको भविस्य निर्माण साथै परिवार पाल्न र पालिनको लागि बिदेशमा पसिना वगाउंदैछन् नेपाली युवा । विकसित मुलुकमा दिनपरदिन श्रमप्रदान प्रबिधिलाई परिवर्तन गर्दै मेसिनरी प्रबिधिको सुरुवात गर्दैछन् । जव बिकसित मुलुकमा मेसिनले धेरै काम गर्छ त्यतिखेर रोजगारीको लागि बिदेश पुगेका नेपालीहरुले रोजगार पाउने छैनन् । यतिखेर रोजगारीको नाउमा बिदेशमा लर्को लाग्दै गर्दा सरकारले त्यस्ता युवाशक्तिहरुलाई रोक्नको लागि कुनै पहल गरेको अवस्था छैन । राज्यको तर्फबाट हाल बिदेशमा रहेर पसिना बगाउनेहरुको भविस्यको लागि कुनै पहल नथाल्ने हो भने ठुलो दुर्घटना निम्तन सक्ने शंभावना प्रबल छ ।

    बैदेशिक रोजगारमा जानेहरुले हालको अवस्थामा रोजगारी पाएपनि भावि दिनहरुमा रोजगारी नपाउने बिषयमा मध्यनजर राख्दै त्यस्ता युवाशक्तिहरुलाई स्वदेसमा रोजगारी निने बिषयमा सरकारले सोच्न जरुर छ । नेपालमा नेपालीलाई रोजगारी दिनको लागि सवभन्दा प्रमुख बिषय भनेको कृषि हो, दोस्रोमा उद्योग कलकारखाना । “विगतमा भनिने गरिन्थ्यो, पहिलो कृषि, दोस्रो व्यापार, चुथ्थो चाकडी” । जुन समयमा नेपालीहरु कृषि पेसामै आत्म निर्भर थिए । समयको क्रमसंगै पछिल्लो समयमा आएर पुलट भयो । यतिखेरको समय भनेको चुथ्थो कृषि हुन पुग्यो । बैदेशिक रोजगारीको विकल्पको रुपमा कृषि पेसालाई प्राथमिकता दिन जरुरी रहन्छ । कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको वजार व्यवस्था, गुणस्तरयि मल विउं, सिंचाईको सहज व्यवस्था साथै कृषि योग्य उर्वरा भूमिमा आवासको लागि हुने खण्डिकरणमा रोकको लागि स्थानिय तहको सरकारले पहल गर्दै कृषकको हितको लातिर कार्य गर्ने गराउने हो भने बैदेशिक रोजगारीको विकल्प रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार