सप्तरीको महदेवा गाउँपालिकामा पत्नी र छोराको कुटाइबाट एक व्यक्तिको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पत्नी र छोराको कुटाइबाट घाइते भएका महदेवा गाउँपालिका ३ पकरी निवासी गफुर पमरियाको ज्यान गएको हो ।
उनलाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्न उनकी पत्नी र छोरा फरार भएको तथा खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस