२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

नेपाली संचार माध्यम समयमै सचेत नभए विश्वसनियता गुम्छ- बाँस्कोटा


३४८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ९, शनिबार मा प्रकाशित ५ साल अघि
  • काभे्र/सुचना संञ्चार तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रबक्ता गोकुल बाँस्कोटाले नेपालको मिडिया विश्वास गरी हाल्ने खालको वातावरण नभएको वताउनु भयो । उहाँले थप्नुभयो नेपाली मिडिया समयमै सचेत नभएमा विश्वसनियता गुम्ने छ ।

    आज (शनिबार) काभे्रको बनेपमा अनलाईन मिडिया सञ्जाल, नेपालले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नु भएको हो । उहाँले सोसल मिडियालाई नियमन गर्दै अनलाईन मिडियालाई व्यवस्थित गर्दै अगाडी बढाउने बताउनु भयो । अवको समय छापा मिडिया भन्दा अनलाईन मिडियाको महत्व भएकोले व्यवस्थित गर्दै अगाडी लानुपर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले विगतमा पुजा कारिता बाट सुरु भएको पत्रकारीता हाल सम्म आईपुग्दा हेडलाईन पत्रकारीता भएको बताउनु भयो । राजाको साशणमा पुजाकारिता त्यसपछि पार्टी कारिता, व्यवसायिक पत्रकारीता हुंदै हेडलाईन पत्रकारिता भएकोले मिडिया सुध्रनु पर्ने बताउनु भयो । प्रतिपक्षहरुले मिडियालाई के—के गर्न लागेको भन्दै कोकोहोलो मच्चाई रहेका छन् तर वास्तवमा मिडियालाई सक्षम बनाउने बिषयमा सरकार लागेको बताउनु भयो ।

    अनलाईन मिडिया सञ्जाल नेपाल काभे्रका अध्यक्ष दिलबहादुर थोकर (ग्याम्जो) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतीनिधि सभाका सांसद गंगा बहादुर दोङ्ग, प्रदेश शभा सांसद लक्ष्मण लम्साल, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, चौरी देउराली गाँउ पालिका प्रमुख दिनानाथ गौतम, नेपाल पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अनलाईन संञ्जालका उपाध्यक्ष ध्रुव रायमाझिले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन जगत तामाङ्गले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार