२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भारतले मिचेको भूभागको बारेमा भोली वैठक बस्दै


२७७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

    भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।

    तर नेपालमा जनस्तरबाट विरोध जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।

    अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार