छोरालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनका बुवा श्रीनारायण सिंहले यस्तो बताएका हुन्।
‘इँटा भट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो’, अदालतमा परिसरमा उनले भने, ‘अब भारतको बनारसमा गएर छोराको काजकिरिया गर्छु।’ बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको बम विष्फोटमा सामान्य घाइते त्रिलोकसहित २३ जनालाई जिउँदै भट्टामा हालेर मारेको अभियोग लागेको थियो। आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम त्यतिबेला रौतहट–२ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए। तत्कालीन राजपुरफरहदवा गाविस–४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस