काठमाडौं । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छन् । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’
पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।केही छिटफुट घटना बाहेक निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिइन् ।
प्रतिक्रिया दिनुहोस