२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

प्रधानमन्त्रीलाई उपचारको लागि भरखर अस्पताल लगियो


२८५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएकाे छ।

    उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे हाे । स्राेतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएकाे छ।

    प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएकाे हो भन्ने विषयमा आधिकारिक सूचना भने दिइएकाे छैन। तर उनका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित डायलाइसिसका लागि अस्पताल लगिएको र आजै फर्किने बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु