काठमाडौँ — प्रहरीले दोलखाका दीनेश कोइरालालाई १७ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।
उनले १५ जनाभन्दा बढी व्यक्तिकको करिब १७ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। कोइरालाले हनुमान ढोका बहुउद्देश्यीय सहकारीको १० करोड, सोही सहकारीबाट ३ करोड २५ लाख रुपैयाँमा खरिद गरेको टोयटा गाडी,ललितपुरका सुलभ कर्मचार्यको १ करोड ५० लाख लगायत अन्यको ठगी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।
प्रतिक्रिया दिनुहोस