इलाम । इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।
आकस्मिक घटना घटेको र यस घटनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहिवार उक्त बिषयमा छलफल गरि घटनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए। स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन।
प्रतिक्रिया दिनुहोस