काठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।
उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस