काठमाडौँ — सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकार गरेको हो । यद्यपि गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने बैठकले अनुमोदन गरेको छ ।
यसअघि आईजीपी खनालको अमेरिका र भारतको १/ १ वटा भ्रमण कार्यक्रम सरकारले रोकेको थियो। यसैबीच एकै पटक १ सय २२ चिनियाँ नागरिक पक्राउको केही समयलगत्तै गृहमन्त्री थापासहितको उच्चस्तरीय सुरक्षा टोलीको भ्रमणको अर्थपूर्ण रुपमा हेरिएको छ। थापा चीनका आन्तरिक सुरक्षा मामिला सम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।
प्रतिक्रिया दिनुहोस