२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

प्रतिनिधिसभाका सांसदलाई पक्रन अदालतको आदेश


२५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कपिलवस्तु — कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ । अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो ।

    अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। शाह सा‌ंसद भएकाले संघीय संसद्‌लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए।संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लले बताए। शाह कांग्रेसबाट निर्वाचित सांसद हुन्।

    गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।

    मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप निवेदनमा लगाएका थिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार