२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

विपक्षमा कोही छैनन् , सिंगो देश एकजुट भएको छ-प्रधानमन्त्री


३४९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघिबढ्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

    भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन विधेयक संघीय संसदबाट पास भएपछि वार्ताको कामलाई अगाडि बढाइने प्रधानमन्त्रीले प्रतिक्रिया दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता गर्ने बताएका हुन् । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ,’ उनले भने । नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘अब छिट्टै वार्ता हुनेछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु