२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

थोरै बजेट भएकोले ठुलो परिवर्तन गर्न सकिएन -उप—मेयर लक्ष्मी, पाँचखालमा २० पशु स्वास्थ्य प्राबिधिक लाई तालिम


३०३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारले पशु स्वास्थ्य प्राबिधिकहरुलाई सशक्त बनाउनको लागि पाँचखाल नगरपालिका अगाडी बढेको बताउनु भयो ।

    पाँचखाल नगरपालिका र लवग्रीन नेपालको संयुक्त आयोजनामा पाँचखाल नगरमा रहेका पशु स्वास्थ्य प्राविधिकहरुलाई पाँच दिने पुनर्ताजगी तालिमको आज (बुधबार) उद्घाटन गर्दै उप—मेयर दनुवारले उक्त धारणा राख्नु भएको होे ।

    तालिम उद्घाटन कार्यक्रममा उप—मेयर दनुवारले थप्नुभयो कृषि नगरको रुपमा अगाडी बढेको पाँचखाल नगरमा रहेका पशु स्वास्थ्य प्राबिधिक र कृषि प्राविधिकहरुलाई सशक्त ढंगबाट अगाडी बढ्ने वातावरण तयार गरेको बताउनु भयो । पाँचखालमा रहेको लवग्रीन नेपालले पाँचखालको कृषि र पशुको क्षेत्र साथै वातावरण संरक्षणको लागि विगत लामो समयदेखि गरेको कार्य अत्यन्तै शह्रानिय भएको बताउंनु भयो । नगरमा रहेका कृषकहरुको हितमा कार्य गर्दै आउनुभएका लवग्रीन नेपालसंग नगरपालीकाले हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    नगरमा थोरै बवेज भएको र बजेटको अभावले गर्दा तत्कालै ठुलो परिवर्तन गर्न नसकेपनि कृषि तथा पशुको क्षेत्रमा दिर्घकालिन ढंगको योजना बनाउन सफल भएको उप—मेयर दनुवारले बताउनु भयो । उहाँले भन्नुभयो कोरोनाको कारण बैदेशिक रोजगारीको लागि विदेशमा रहेका युवाहरु फर्किने क्रम जारी छ, ति युवाहरुलाई कृषि तथा पशुको क्षेत्रमा कार्य गराउन जरुरी रहन्छ त्यसैले पनि आगामी बर्षको बजेटमा कृषि तथा पशुमा रामै बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारीले पाँचखाल नगरमा रहेका पशु स्वास्थ्य प्राबिधिकहरुले पशुपंक्षिको क्षेत्रमा कार्य गर्ने नगरवासिहरुलाई जस्तो सुकै अवस्थामा पनि सघाउन सक्षम रहेको बताउनु भयो । पशुपंक्षीको क्षेत्रमा पुरातन तरिकालाई त्यग्दै आधुनिक ढंगबाट (नयाँपन) अगाडी बढ्ने साथै एक वडा एक पशुस्वास्थ्यकर्मीको अवधारणा अनुसार नगरपालिकाले बजेट बिनियोजन गर्ने तयारी गरेको बताउनु भयो ।

    कार्यक्रमको उद्देस्यमाथि प्रकाश पार्दै लवग्रीन नेपालका कर्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले भन्नुभयो—प्रत्तेक बर्ष कृषि तथा पशुमा नयाँ नयाँ ढंगको रोगले आक्रमण गर्ने हुंदा प्राबिधिकहरुलाई क्षमता अभिबृद्धिको तालिम आवश्यक हुने बताउनु भयो । पशु स्वास्थ्य क्षेत्रमा घरघरमा सेवा पुर्याउन नसक्नेहोभने पशुपंक्षिबाट हुदै आएको आम्दानी घट्ने बताउनु भयो । तालिम ज्ञानको सागर भएकोले प्रत्तेक बर्ष प्राबिधिकहरुलाई नयाँनयाँ ढंगको तालिमदिन सके पशुपंक्षिको क्षेत्रबाट राम्रो आम्दानी हुने बताउनु भयो ।

    तालिममा सहभागि मध्यका पशु स्वास्थ्य प्राबिधिक भोजराज पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाँचखाल नगरका पशु शाखा प्रमुख दक्त प्रसाद गौतम, लवग्रीन जापानका संम्पर्क अधिकृत विमल दुलाल, प्रमुख प्रशिक्षक डा.अमृत देउजा,संञ्चाकर्मीहरु लगाएतको उपस्थित रहेको रहेको थियो । तालिममा पाँचखालका २० जना पशु स्वास्थ्य प्राबिधिकहरु सहभागि हुनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार