२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६,निको हुनेको संख्या १ हजार ७ सय ७२


३०८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा आइतबार ४२१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।

    त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ९ हजार ८७४ आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख ७५ हजार १७३ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ८ परीक्षण भएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ९४ लाख ९२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार २३१ जना रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार