२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

क्वारेन्टाइनमा रहेका युवकद्वारा आत्महत्या


३२९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ९ असार, काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

    विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए ।

    भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

    मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले  सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए । मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार