२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

उद्योगीलाई दिर्घकालीन असरबाट सरकारले बचाउनु पर्छ- गौतम, मीस कल्चर २०२० को विजेता सम्मानित


३५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • कठमाडौ । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले पोखरामा कोरोना सचेतना, क्यालेण्डर विमोचन, कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तक वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न उक्तकार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभासद् विन्दुकुमार थापाले कोभिड–१९ ले उद्योग–व्यवशाय, पर्यटन क्षेत्र, यातायात क्षेत्र लगायत समग्र रुपमा नेपालको आर्थिक अवस्थामा प्रत्यक्ष असर गरेको वताउनु भएको थियो । उहाँले थप्नुभयो मुद्रण उद्योगी/ व्यवसायीको हकहितको लागि हरेक प्रकारले सहयोग गर्न तयार रहेको वताउनु भयो ।

    यसै गरी कार्यक्रमका अध्यक्ष बजिमयले मुद्रण उद्योगीहरुलाई संगठित गर्न र प्रोत्साहनगर्न नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले महत्वपूर्ण भूमिका निर्बाह गरेको र मुद्रण उद्योगी/व्यवसायीको हकहितको सदा तयार रहने बताउनु भयो ।

    त्यसैगरी नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले कोभिड–१९ को कारण मानव स्वास्थ्य, जनजीवनमा मात्रनभइ अर्थतन्त्रमा समेत गम्भीर नकारात्मक प्रभाव पारेको र यसबाट मुद्रण उद्योग÷व्यवसायपनि अछुतो रहन नसकेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले मुद्रण उद्योग÷ व्यवसायको क्षेत्रलाई तत्कालीन र दीर्घकालीन असरबाट बचाउन तथा उद्योगको निरन्तरता प्रदान गर्ने वातावरण तयार गर्न सरकारसँग माग गर्नुभएको थियो ।

    यसैगरी नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सदस्य जीवन गोर्खालीले महासंघ मुद्रण उद्योगीहरुको हितमा सदैव लागिरहेको र मुद्रण उद्योगी–व्यवसायीहरुमा देखिएका समस्या समाधानगर्न सरकार तथा सम्बन्धित निकायको ध्याना कर्षण गरिएकोमा सरकार द्वारा आंशिक रुपमा सम्बोधन गरिएका केही विषयहरुको संक्षिप्त जानकारी गराउँदै महासंघका गतिविधि बारेमा संक्षेपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मुद्रण उद्योगीहरुको हितमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सफल भएको वताउनु भएको थियो । साथै कोभिड–१९ बाट समस्यामा रहेको मुद्रण उद्योगलाई राहत पु¥याउन सरकार समक्ष सुझाव पेश गरिएको उहाँले वताउनु भयो ।

    यसैगरी मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीहरुको समस्याप्रति मुद्रण उद्योग संघ कास्की गम्भीर रहेको वताउनु भयो । मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश गठनमा कास्कीको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्ष श्रेष्ठले मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले गरेका कार्यहरु स्मरण योग्य रहेको बताउँदै प्रसंसा गर्नुभयो ।

    मुद्रण उद्योगीकोहिनुर अफसेट प्रेसका संचालक बसन्त बास्तोला र सीता बास्तोलाकी सुपुत्री प्रतिक्षा बास्तोला मीस कल्चर २०२० को विजेता बन्न सफलभएकोमा सम्मान समेत गरिएको थियो । खगेन्द्र प्रसाद अर्याल, कृष्णराज ढुंगाना, विष्णु बहादुर अधिकारी, बसन्त बास्तोला, कोपिला श्रेष्ठ, मनोहर दहाल, प्रतिक्षा बास्तोला लगायतका वक्ताहरुले आ—आफ्नो विचार राख्न ुभएको उक्त कार्यक्ममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सदस्य गोबिन्द रेग्मी लगायत गण्डकी प्रदेशका मुद्रण ब्यबसायीहरुको उपस्थिती रहेकोथियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु