२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अझै दुई महिना बाढी पहिरोको जोखिम रहन्छ- प्रधानमन्त्री


७९७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढी पहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या रहने भन्दै पूर्वतयारीमा जुट्न सबै पक्षलाई निर्देशन दिएका छन् । परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्धार सामग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि निर्देशन दिएका छन् ।
    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले झरी सकिए पनि अझै दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पार्ने भन्दै यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्धार सामग्री लगेर राख्न र छिटो पु¥याउन निर्देशन दिएको जानकारी दिए ।
    अब नेपालमा बाढी तथा पहिरोबाट विस्थापितलाई विद्यालय तथा सार्वजनिक भवनमा राखिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित विपद् व्यवस्थापन परिषद्को बैठकमा बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयमा राख्ने विषयमा छलफल भएको हो ।

    नेपालमा विगत केही दिनदेखिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरैभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । मौसम्विद्ले अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार परिषद्को बैठक बसेको हो ।

    छलफलमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता देउवालगायत विभिन्न मन्त्रालयका मन्त्री र सुरक्षा निकायका प्रमुख सहभागी थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार