२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

काठमाडौं उपत्यकामा ३४७ कोरोना संक्रमित


५५६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा संक्रमण बढ्दा चिन्ता बढेको बताए ।

    डा. पाण्डेले उपत्यकाका तीन जिल्लामा ३ सय ४७ जना संक्रमित भएको बताउँदै महाशाखाले समुदायमा संक्रमण हो कि होइन भन्ने एकीन गर्न लागि परेको जानकारी दिए । ‘हामीलाई चिन्ताको विषय बाहिर जिल्लामा संक्रमण कम भएको तर काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ३ सय ४७ जनामा संक्रमण भएको देखिन्छ । जसमा बाहिरबाट उद्धार गरी ल्याएका बढी छन् भने कहीँ पनि यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिएको छ,’ उनले भने, ‘समुदायमा संक्रमण एकीन गर्न परीक्षणको दायरा बढाउनै पर्छ, सुरु गरिसकेका छौं ।’

    उपत्यकाका ललितपुरको नखुटोल, भक्तपुर बोडे, काठमाडौं कोटेश्वर, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका शंखमुल, कपन, एयरपोर्ट, डिल्लीबजार लगायत ठाउँमा ३ हजार नमुना संकलन गरी परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको निर्देशक पाण्डेले जानकारी दिए । उनका अनुसार संक्रमितहरू कहिँ नगएकोले उनीहरूको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

    पीसीआर विधिबाट परीक्षणलाई व्यापक बनाउने भन्दै डा. पाण्डेले दोस्रो चरणमा ४५ हजार नमुना लिने योजना रहेको जानकारी दिए । त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार जनाको स्याब लिइने छ । नमुना संकलन विशेष गरी भीडभाड हुने बैंक, कर कार्यालय, जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरिएको उनले बताए ।

    त्यस्तै, विदेशबाट उद्धार उडानबाट आएकाहरूको पनि चाँडो परीक्षणको व्यवस्था मिलाइएको पनि डा. पाण्डेले जानकारी दिए । उनले भने, ‘रेस्क्यू फ्लाइटबाट आउने व्यक्तिहरूलाई होल्डिङ सेन्टर होस् वा क्वारेन्टाइनमा होस् । आएपछि ५ देखि १० दिनभित्र पीसीआर टेस्ट गर्छौं । सुरक्षित भएको अवस्थामा घर पठाउँछौं ।’

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु