२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

पाँचखाल स्वास्थ्यले उदाहरणिय कार्य गर्यो- डा.झा


३०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नेगेन्द्र कुमार झाले जिल्लामा रहेको स्वास्थ्य शाखाहरु मध्य पाँचखाल स्वास्थय शाखाले उदाहरणिय कार्य गरेको बताउनु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयमा पत्रकारहरुसंग भएको भेटघाटको क्रममा डा. झाले भन्नुभयो “स्थानिय तहमा रहेका स्वास्थ्य कार्यालय मध्य पाँचखाल स्वास्थ्य कार्यालयले उदाहरणिय कार्य गरेको यस्तो सकारात्मक कार्यलाई अरु स्थानिय तहमा रहेका स्वास्थ्य कार्यालयहरुले पनि सोही मार्ग पहिल्याउन जरुरी छ ।”

    उपत्यकामा भएको आईसोलेसन कक्षमा हाल सम्म ठाउं खालि भएकोले जिल्लामा पिसिआर पोजेटिभ देखिएकोलाई उपचारको लागि पठाएका छौ, तर ठाउ खालि नहुने हो भने जटिल समस्या आउने भएकोले स्थानिय तहमा आईसोलेसनको लागी तयारी हुनुपर्ने डा. झाको तर्क थियो । उहाँले भन्नुभयो पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन कक्षमा पिसिआर पोजेटिभ देखिएका दुई जनाको उपचार गरि निको पारेर घर पठाउने कार्य भएको छ । यस्तो राम्रो कार्यको लागि पाँचखाल स्वास्थ्य कार्यालयका प्रमुख डा. अमन दक्तको योगदान अत्यन्त राम्रो साथै सकारात्मक कार्य भएको बताउनु भयो ।

    डा. झाले भन्नुभयो पाँचखाल स्वास्थ्य शाखाका संयोजक उज्ज्वल अधिकारी स्थानिय भएकोले कोरोना विरुद्धको लडाईमा लड्न सहज भएको बताउनु भयो । पाँचखालका मेयर महेश खरेल लगाएतका जनप्रतीनिधिहरुले कोरोनाबाट बच्ने बिषयमा खेलेको भूमिकाले गर्दा कोरोना संक्रमण हुनबाट जोगिएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार