२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

समर्पण बचाउ अभियानमा लामवद्ध हुदै सहयोगी मनहरु


३८९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं ३ बस्ने कान्छा दनुवार तथा चन्द्रकला दनुवारको १६ महिने छोरा समर्पण दनुवार बचाउ अभियानमा स्वदेस तथा विदेसमा रहेका सहयोगि मनहरु जुटेका छन् ।

    १६ महिने बालकमा जटिल समस्या (मुत्रथैलि पेट वाहिर) रहेकोले उपचारमा ठुलो धनरासि खर्च हुने भएकोले सामान्य परिवारले सो उपचार गर्न असंभब भएको अवस्थामा सहयोगि मनहरुले सहयोग गर्ने क्रम निरन्तर रुपमा रहेको छ ।

    बालकमा जटिल समस्या देखापरेपछि उपचारको लागि काठमाडौ स्थित शिक्षण अस्पतालमा लगेको र सो अस्पतालका डा. दिनेश कोईरालाले इशान वाल तथा महिला अस्पतालमा उपचारको लागि सिफारीस गरेको समाजसेवि एवं बालक बचाउ अभियानका अभियान्ता दिलिप श्रेष्ठले नवसंकेत अनलाईनलाई जानकारी गराउनु भयो ।

    अभियन्ता श्रेष्ठका अनुसार आज (बुधबार) बालकको शल्यक्रिया (अपे्रसन) डा. आर.पि. चौधरीबाट भएको र शल्यक्रिया सफल भएको छ । वालक बचाउ अभियानमा अष्टिया स्थित जनजाति हमांसंघ बाट ७३ हजार ३ सय ९९, उपलब्ध भएको छ । मावलि गाँउले केदार नापितका अनुसार बालकको मावलि गाँउ पाँचखाल ६ पिपल्टार, झिगनपुर,धोत्रा, ढुंगानाबेशि बाटे ८७ हजार ३ सय १०,र पाँचखाल उद्योग बाणिज्य संघबाट १० हजार रकम संकलन भएको छ ।

    त्यसैगरी पाँचखाल नगरपालिकाको मेयर महेश खरेलले नगरको तर्फबाट १० हजार र आप्mनो व्यक्तिगत तर्फबाट ५ जहार गरि १५ हजार उपलब्ध गराउनु भएको छ । बालकको जटिल अवस्थाको वारेमा जानकारी पाउना साथ पाँचखाल वडा नं ६ तिनपिप्ले निवासि महांलक्ष्मी सेडाईका छोराहरु राजेन्द्र सेडाई,किरण सेडाई र षन्तोस सेडाईको तर्फबाट ११ हजार १ सय ११ उपलब्ध गराउने भनि नगरमा मेयर महेश खरेललाई टेलिफोन मार्फत जानकारी गराउनु भएको छ ।

    बालक बचाउ अभियानमा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी वडा नं ४ का वडा अध्यक्ष शुन्दर तमाङ, पाँचखाल उद्योग वाणिज्य संघ, समाजकल्यांण युवा क्लव, समाजसेवि दिलिप श्रेष्ठ लगाएतका स्थानियहरु जुटेका छन् ।

    आज (बुधबार) विहान सम्म संकलन भएको रकम पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवा, पाँचखाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दिल वहादुर श्रेष्ठ, पाँचखाल वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी, समाज कल्याण युवा क्लवका अध्यक्ष मनोज वजगाई समाजसेवि दिलिप श्रेष्ठ समेतको टोलिले अस्पतालमै पुगेर संकलित रकम वालकका बुवा तथा आमालाई हस्तान्तरण गरिएको थियो । थप रकम संकलनको लागि बालक बचाउ अभियानमा जुटेकाहरु सकृय ढंगबाट अगाडी बढिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार