२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रहरीले कमजोरी गरेमा टेलिफोनबाटै उजुरी गर्ने व्यवस्था


३६१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    हेटौडा । नेपाल प्रहरीले आफ्नो जिम्मेवारीलाई आत्मासाथ गर्दै सेवाग्राहीहरुको सेवामा निष्पक्ष ढंगबाट निरन्तर रुपमा अगाडी बढ्दै शान्ति सुरक्षालाई मजबुत पार्ने नयाँ ढंगको योजना अघि सारेको छ ।

    प्रहरीले आफ्नो पदिय हैसियतलाई दुरुपयोग गरी कानुन विपरित साथै प्रहरी आचरण भन्दा फक ढंगको कार्य गर्ने गराउनेलाई कारवाही गरी चुश्त दुरुस्त ढंगबाट सेवा प्रदान गर्नको लागि नयाँ रणनीति अपनाएको छ ।

    सामान्य सर्वसाधारण नेपाली जनताहरुले पनि सहजै ढंगबाट आफ्ना गुनासाहरु साथै समाजमा भएका राम्रा नराम्रा कार्यको बारेमा प्रहरीलाई जानकारी गराउन सहज रहोस भनि टोलफ्री टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ ।

    प्रहरीले जारी गरेको सुचनामा उल्लेख भएको छ—प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रती उदासिन रहि सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा लगाएतको कार्यहरुमा प्रहरीले आलटाल गरेमा तत्काल सम्बन्धित निकायमा गुनासो गर्न सक्ने व्यवस्था गरेको छ ।

    प्रहरीको नयाँ ढंगको रणनीतिले गर्दा सवैखाले जनतामा प्रहरीको पहुंच पुग्ने सुनिश्चत भएको छ । प्रहरीको यो नयाँ ढंगको कार्यले गर्दा सम्पुर्ण सवै खाले नेपाली जनताको साथी प्रहरी हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार