२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आज काभे्रमा १७ लाई कोरोना पुष्टि, विवरण सहित


३८८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ९ भदौ २०७७
    धुलिखेल । काभ्रे जिल्लामा पनि कोरोना संक्रमित संख्या बढीरहेको छ । आज मात्र १७ जना कोरोना संक्रमित थपिएको छ ।

    स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लाको बनेपा नगरपालिकामा ६ जना, पनौती नगरपालिकामा ६ जना, धुलिखेल अस्पतालमा ३ जना, भुम्लु गाउँपालिकामा १ र मण्डनदेउपुर नगरपालिकामा १ जना रहेको छ । संक्रमित मध्य ४ वर्षीय १ जना बालक र ९ वर्षी १ जना बालिका समेत रहेका छन् ।

    कुन स्थानीय तहमा कति ?

    डा. झाका अनुसार पनौती नगरपालिका स्थायी घर भएका वर्ष ३९ र ४० का २ जना महिला र वर्ष २०, ३२, ४० र ५५ का ४ जना पुरुष, बनेपा नगरपालिका बस्ने वर्ष ४ का १ जना बालक र वर्ष ५९ को १ जना पुरुष गरी २ जना व्यक्ति, वर्ष ९, २८, ३२ र ६० का ४ जना महिला रहेका छन् ।

    यसैगरि धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा कार्यरत वर्ष २६ को १ जना पुरुष र वर्ष २५ र ३७ को महिला २ जना, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ को १ जना महिला स्वास्थ्यकर्मी र मण्डनदेउपुर नगरपालिका १२ का वर्ष ४९ का १ जना महिला रहेका छन् ।

    जिल्लामा कोरोना संक्रमितको अवस्था

    जिल्लामा हालसम्म कोरोना संक्रमित संख्या १६२ पुगेको छ । कोरोना संक्रमित व्यक्तिहरुको विभिन्न आइसोलेशनमा राखी उपचार गराईरहेकोमा ६३ जना व्यक्तिहरु उपचार पश्चात निको भई डिस्चार्ज भइसकेका छन् ।

    यसैगरि २ जना व्यक्तिहरुको मृत्यु भइसकेको र ९७ जना व्यक्ति विभिन्न अस्पतालहरु तथा होम आइसोलेशनमा उपचाररत रहेका छन् ।

    मास्क नलगाउनेलाई सम्झाई बुझाई

    मास्क लगाउन अनिवार्य गराएकोमा अटेर गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई गरि छाडिएको छ । डा. झाका अनुसार जिल्लाका विभिन्न स्थानहरुमा माक्स नलगाई हिंड्ने ४७ जना पुरुष र २७ जना महिला गरि ७४ जनालाई प्रहरीबाट सम्झाई बुझाई गरि छाडिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार