२०८२ बैशाख ४, बिहिबार | Thu, 17, Apr, 2025

अपहरणमा परेका पाँचखालका २३ बर्षिय युवाको उद्धार, फिरौति माग्ने तीजनालाई प्रहरीले झ्याप


४९६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं १२ (देउभुमी) का राजकुमार दनुवारलाई अपहरण कारीको चंगुलबाट मुक्त गराउन काभ्रेका प्रहरी सफल भएको छ ।

    भदौ २४ गते (बुधबार) दिउंसो ३ वजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल न.पा. वडा नं. १२ देवभुमी घर हुने वर्ष २३ को राज कुमार दनुवारलाई ४ जना मिलेर अपहरण गरी ५ लाख फिरौती मागेको भन्ने उजुरीको आधारमा तत्काल प्रहरी परिचालन हुंदा अपहरणमा परेका दनुवारलाई स—कुशल उद्धार गरी फिरौती माग्नेलार्ई पक्रन सफल भएको छ काभ्रे प्रहरी ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले अपहरणको सुचना पाउनासाथ प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरी खोजतलासको क्रममा बुधबार राती ११ः३० वजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. १० बुडोल बाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्दार गरी घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा धुलिखेल न.पा. वडा नं. ०४ स्थित २८ किलो एरियाबाट अभियुक्तहरुलाई पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीका अनुसार का%4्रे पाँच%6ाल न.पा. वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलोमा डेरा गरी बस्ने रामशरण परियारको छोरा वर्ष १९ को आकाश परियार, काभ्रे तेमाल गाउँपालिका वडा नं. ०७ माईती घर भई का.प.जि. पाँचखाल न.पा. वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने प्रतिवादी आकाश परियारको श्रीमती वर्ष २१ की सविना तामाङ्ग, काभ्रे रोशी गाउँपालिका वडा नं. १२ भिमखोरी माईती घर, बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने सनक बहादुर दमाईकको छोरी अं. वर्ष २१ की उमा परियार पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार प्रतिवादीहरु मध्ये सबिना तामाङ्गले पिडितलाई फोन सम्पर्क गरी भेटघाट गर्नबोलाएको । सबिना तामाङ्ग र उमा परियारले पिडितलाई धुलिखेल न.पा. ४ स्थित २८ किलोमा संगै भेट गरी प्रतिवादी मध्ये सबिना तामाङ्गले जंगल तर्फ लिई गएको । जंगलको एकान्त स्थानमापुगी संगै कुराकानी गरी बसीरहेको अवस्थामा प्रतिवादी सबिना तामाङ्गको श्रीमान् पक्राउ प्रतिवादी आकाश परियार लगायत अन्य व्यक्तिहरुले पिडितलाई नियन्त्रणमा लिई बन्धक बनाईघट्ना मिलाउनको लागि ५ लाख माग गरेको भन्ने प्रहरी समक्ष वयान ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु