२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पाँचखालमा नमुना ढंगले विद्यालय संचालन हुदै


३९२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे, पाँचखाल । पाँचखाल शिक्षा शाखाको पहल, नगरपालिकाको समन्वय साथै नगरमा रहेका ५५ विद्यालयका शिक्षकहरुको प्रयासमा नमुना ढंगको शिक्षा प्रदान गर्दै बिद्यार्थीहरुको भविश्व उज्जल गराउने तयारी भएको छ । आश्विन ४ गते आईतबार बाट विद्यालय संचालनको लागि अभिभावकहरुसंग छलफल भईरहेको छ ।

    विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण ५ महिनासम्म अध्ययन गर्न नपाएका पाँचखालका विद्यार्थीहरुले अव सुरक्षीतसाथ आधुनिक ढंगको गुणस्तरीय साथै व्यवहारिक शिक्षा हासिल गर्न पाउने भएका छन् । शिक्षा शाखाका प्रमुख उप—सचिव दिनानाथ पन्थिको सुझवमा नगरका सम्पुर्ण शिक्षकहरुले विद्यार्थीहरुलार्ई सवै मानिस एकै किसिमका हुदैनन्, समाजमा दुष्ट मानिस र सज्जन पनि हुन्छन् भन्ने ढंगको शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई सज्जन मानिस बनाउने तरिकाले शिक्षा प्रदान गरिदै छ ।

    समाजमा हरेक किसिमका मानिसहरु हुन्छन्, स्वार्थि राजनीतिज्ञ साथै समाजप्रति समर्पित निष्ठावान नेताहरु पनि छन् । शत्रु पनि हुन्छन् मित्र पनि हुन्छन्, आफ्नो भविश्य निर्माणको लागि कुन बाटो अवलम्बन गर्दा राम्रो भन्ने बिषयमा शिक्षकहरुले विद्यार्थीहरुलाई मार्ग निर्देस गर्ने तयारीका साथ अशोज महिनाको पहिलो साताबाट पाँचखालमा बिद्यालय सञ्चालन हुदैछ । गुरुहरुले विद्यार्थीहरुलाई परिश्रमको फल मिठो हुने, परिश्रम गरेर कमाएको एक रुपैयाँ सित्तैमा पाएको सय रुपैयाँ भन्दा महत्व हुने, विद्यार्थीहरुको जिवनमा विजय र पराजयको महत्व साथै कोरोनाबाट आफु र समाजलाई सुरक्षीत राख्ने बिषयमा समेत गहन ढंगको शिक्षा प्रदानको लागि ठुलै कसरथ हुदैछ पाँचखालमा ।

    विद्यार्थीहरुले इष्र्याले मुक्त भएको हाँसोको भित्रि मर्म बुझुन्, आकासमा उडिरहेको चराहरु , घमाईलो दिनमा भुनभुनाई रहेको माहुरीहरु र पहाडी काखमा फुलेको फुलहरुको सास्वत रहस्य बुझाउदै विद्यार्थीहरुके स्वर्णिम भविस्य निर्माणको लागि जुटेका छन् पाँचखालका गुरुहरु (शिक्षकहरु) । विद्यार्थीहरुलाई अनावस्यक ढंगको हुलमा समावेस हुने बाट जोगाउने, आफुले सुनेको कुराहरुलाई मुल्यांकन गरी छुट्याउन सक्ने, दुःख र कष्टहरुमा समेत प्रफुल्ल हुदै शिक्षा हासिल गर्नसक्ने ढंगको शिक्षा हासिल गर्दैछन् नगरका विद्यार्थीहरुले ।

    विद्यार्थीहरुको भविश्य निर्माणमा पाँचखाल नगरपालिका, पाँचखाल नगर शिक्षा शाखा साथै नगरमा रहेका शिक्षकहरुको अत्यन्त सकारात्मक भूमिकाले गर्दा अभिभावकहरु हर्सित भएका छन् । ५ महिना सम्म शिक्षा हासल गर्न नपाएर बसेका विद्यार्थीहरु पाँचखालमा नमुना ढंगको शिक्षा पाउने आशामा दंग हुंदै विद्यालयमा जानको लागि आतुर भएको पाईन्छ । कोरोनको माहामारिसंग पौठा जोरी खेल्दै हासिल गर्दै गरेको शिक्षाले कोरोना रोग संक्रमणबाट जोगिन र जोगाउन समेत टेवा मिल्ने भएको छ । लामो समयसम्म शिक्षा हासिल गर्न नपाएर बोदिएको दिमागलाई विद्यार्थीहरुले तिखार्ने तरखारमा छन् भने आफ्ना सन्तानले शिक्षा हासिल गर्न नपाएको चिन्तामा पिल्सिदै गरेका अभिभावकहरुको चिन्ता दुर हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार