२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रभात पोल्ट्री फर्ममा काम गर्ने महिलालाई जवरजस्ति करणी


३७४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । रामेछाप मन्थली न.पा. वडा नं. ०८ घर भई हाल रोजगारीको सिलसिलामा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०४ मा रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्दै आईरहेकी २८ बर्ष की महिलालाई जवरजस्ति करणी भएको छ ।

    सपरिवार नै पोल्ट्री फर्ममा काम गर्दै आएकी ती महिलाई का.प.जि. महाभारत गाउँपालिका वडा नं. ०१ घर भई हाल धुलिखेल न.पा. वडा नं. ०४ रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्ने वर्ष २२ को विशाल आलेले २०७६।०६।२१ गते देखी पटक—पटक गरी अन्तिम पटक मिति २०७७।०४।०२ गते रातिको अन्दाजी २२ः३० बजेको समयमा का.प.जि धुलिखेल न.पा.वडा नं.०४ को बखुन्डोल स्थित पीडितको आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने व्यहोराको जाहेरी ।

    त्यसैगरी जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१२ घर भई हाल धुलिखेल न.पा. वडा नं. ०४ स्थित रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्ने बर्ष २८ को अमृत खड्काले २०७७।०६।०२ गते रातिको अन्दाजी २०ः०० बजेको समयमा का.प.जि धुलिखेल न.पा.वडा नं.०४ को बखुन्डोल स्थित पीडितको आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने व्यहोराको जाहेरी) । र जिल्ला भारत पश्चिम बंगाल बिरभिम घर भई हाल धुलिखेल न.पा. वडा नं. ०४ स्थित रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्ने बर्ष २३ को रधुनाथ मण्डलले मिति २०७७।०५।०१ गते देखी पटक पटक गरी अन्तिम पटक मिति २०७७।०६।०१ गते रातिको अन्दाजी २३ः३० बजेको समयमा का.प.जि धुलिखेल न.पा.वडा नं.०४ को बखुन्डोल स्थित पीडितको आफ्नै कोठामा जबरस्ती करणी गरेको भन्ने पिडितको जाहेरीको आधारमा पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार अभियुक्तहरुले पीडितलाई बिभिन्न किसिमको डरत्रास, धाक, धम्की देखाई पीडितको पारिवारिक अवस्थाको फाईदा उठाई निज र निजको बच्चा समेतको ज्यान लिने डर त्रास धाक धम्की देखाई जबरजस्ती करणी गर्ने प्रतिवादीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त उपर अनुसन्धानको सिलसिलमा घटनामा संलग्न अभियुक्तहरुलाई कानुन बमोजिम मिति २०७७।०६।०३ गते पक्राउ गरी छुट्टाछुट्टै करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार