काभ्रे ।बङ्गलादेसले नेपाललाई ५० हजार मेट्रिक टन युरीया मल सापटीको रुपमा दिने निश्चित भएपछि ढुवानीको लागि सात दिने समय राखी बोलपत्रको आह्वान गरेको छ । दुई देश विच सम्झौता भए लगतै सरकारले सो युरीया मल ढुवानीको जिम्मा कृषि सामाग्री कम्पनिलाई दिएपछि प्रकृया अगि बढेको छ । भारत सरकारले पनि सो मल नेपालमा ल्याउने कार्यको लागि सहज वातावरण गरी सहयोग गर्ने बताएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ ।
मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ । गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिए ।
गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो ।
किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो । सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो ।
प्रतिक्रिया दिनुहोस