२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पाँचखालमा कृषि क्रान्तिको सुरुवात , विकास निर्माणको बजेट काटेर कृषिमा लगानी गर्छौ —खरेल


३७८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखालमा आधुनिक तरिकाले खेती गराएर कृषकहरुलाई धनि बनाउने योजना अघि बढाईएको छ ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) कार्यालय प्रमुख प्रकाश पौडेल, सुपरजोन जिल्ला अध्यक्ष एबम पाँचखाल न पा वडा न २ का वडा अध्यक्ष हरिराम खतिवडा, सुपरजोन कार्यालय काभ्रे प्रमुख कृष्ण धिताल, सूचना अधिकारी बलदेब के सि, पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतको उपस्थितिमा नगरको कार्यालयमा भएको बृहत छलफलबाट पाँचखालमा चक्लाबन्दि तरिकाले खेती गराएर कृषकलाई आत्मा निर्भर बनाउने योजना बनाएको जानकारी प्राप्त भएको छ ।

    पहिलो चरणमा नगरको दुई स्थानमा चक्लाबन्दि तरिकाले खेति गराउने बिषयमा जग्गाको सुधार,सिंचाई, कृषि उपकरण साथै गुणस्तरिय बिउ बिजनको लागि त्रि पक्षिय ढंगबाट सहलगानीमा खेति गराईने तयारी गरेको नगरका प्रमुख महेश खरेलले जानकारी गराउनु भयो । प्रमुख खरेलका अनुसार सुपरजोन परियोजना, पाँचखाल नगरपालिका र कृषकहरु समेतले लगानि गरी २ सय रोपनिको दुई स्थानमा खेति गराईने भएको छ ।

    परम्परागत तरिकाले खेती गर्दा आम्दानि कमी खर्च बडी हुने भएकोले कृषकहरु चिन्तित रहेको अवस्थामा आधुनिक ढंगबाट यान्त्रिय कृषि औजारको माध्यमबाट खेति गराउने बिषयमा पाँचखाल नगर अगाडी बढेको छ । छलफल कार्यक्रममा नगका प्रमुख खरेलले कृषको हितको लागि अन्यत्रको बजेट काटेर भएपनि सह लगानी गर्ने बताउनु भयो ।

    काभ्रे जिल्ला सुपरजोनका अध्यक्ष एवं पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडाले कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित पाँचखाल नगरमा कृषकको हितको खातिर कार्य गर्ने बिषयमा आफु दत्त चित्त दिएर अगाडी बढेकोले अवको केही बर्ष भित्र पाँचखालका युवाहरु रोजगारीको लागि खाडिमा पसिना बगाउन जानु नपर्ने वातावरण ऋजना गर्ने बताउनु भयो । आर्थिक उपार्जनको लागि युवाहरु वैदेशिक रोजगारीमा गएका हुन् । आधुनिक तरिकाले खेती गर्दा बैदेशिक रोजगारीबाट आर्जित रकमभन्दा बढी आम्दानी हुने ढंगबाट खेति गराउने बिषयमा सुपरजोन अगि बढेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार