२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आजबाट तातोपानी नाका संञ्चालनमा


२८४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक, असोज १९ गते । बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनकाे तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार नाका पुनः खुलेको हो ।

    तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याइदिएको थियो ।

    एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन् । तर निर्यात भने भएको छैन् ।कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए । उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारिएको छ ।

    चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने गरेको छ । नेपालतर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।
    नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकल पूराएर जाँचपास गरि केही दिनभित्र राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको छ । आज बेलुकी खासाबाट फेरि छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने उहाँले बताउनुभएको छ । ती सामान पनि मेडिकल प्रोटोकल पूरा गरि भन्सार कार्यालय ल्याइने खत्रीले जानकारी दिनु भयो ।

    तातोपानी नाका बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द थियो । २०७२ बैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा बन्द भएको नाका २०७६ जेठ १५ गते सूचारु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार