२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रभा माध्यमिक विद्यालयको विरुद्धमा मुद्धा


३६८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    २२ असोज २०७७
    चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ मा रहेको श्री प्रभा मावि, कात्तिके देउरालीका पूर्व अध्यक्ष तथा काँग्रेस नेता भलाराज गिरिले आफू अध्यक्ष हुँदा विद्यालयमा भ्रष्टचार गरेको खुलेको छ । विद्यालयको वार्षिक प्रतिवेदनमा उक्त कुराको उल्लेख गरेको छ ।
    गिरिले भ्रष्टचार गरेको रकम १ लाख ८५ हजार रुपैयाँ विद्यालयले फिर्ता माग्दा विभिन्न बहानामा उनले उल्टै विद्यालयलाई सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयले वारम्बार ताकेता गर्दा समेत उनले उक्त रकम नतिरेपछि वार्षिक प्रतिवेदनमा उल्लेख गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज पन्तले जानकारी दिए ।

    आफूले विद्यालयमा भ्रष्टचार गरेको कुरालाई छायाँ पार्न गाउँपालिकाले विद्यालयको जग्गालाई लिजमा लिई कृषि उपज केन्द्र बनाउन लागेको विरुद्ध गिरी लागेका छन् । त्यतिमात्र होइन, विद्यालय, गाउँपालिका र जनप्रतिनिधिको विरुद्ध अनर्गल प्रचार गरेर आफ्नो कम्जोरी लुकाउन खोजेको प्रभा माविका व्यवस्थापन समिति अध्यक्ष पन्तले बताए ।

    गिरी एकातिर विद्यालयमा आफूले गरेको भ्रष्टचार गरेको ढाकछोप गर्न चाहको छन् भने, अर्कोतिर कृषि उपच केन्द्रकै विरुद्ध लागेर किसानको विरोधी बनेको स्थानीय किसानहरुको आरोप समेत रहेको छ ।
    ‘कृषि उपज केन्द्र बन्न नदिने, किसानको आशालाई निराशा बदल्ने, बिकास हुन नदिने ठुलो राजनीतिक डिजाइन अन्तर्गत यो कदम हो ।’ स्थानीय किसान भन्छन्, ‘यो षड्यन्त्रलाई सबैले बुझौं । हिजो जस्तै सबैलाई शासन गर्न पाईंर्दैन गिरीहरुले ।’

    भ्रमको पछि नलाग्न विद्यालयको अनुरोध

    यसैबीच गिरीले गिरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकाले विचाराधीन रहेको मुद्दासँग सम्बन्धित विषयलाई लिएर विद्यालयको विरुद्धमा भामक प्रचार भएको भन्दै विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दे आपत्ति जनाएको छ ।
    विद्यालयको प्रधानाध्यापाक क्षितिज सुब्बाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज ९) मा उल्लेखित गाउँपालिका तथा नगरपालिकाको अधिकार प्रयोग गरी कृषि उपज केन्द्र स्थापना गरेकोले कोही पनि भ्रममा नपर्न अनुरोध गरेको छ ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज ९) मा उल्लेखित गाउँपालिका तथा नगरपालिकाको अधिकार प्रयोग गरी चौंरीदेउराली गाउँपालिकाबाट यस विद्यालयको करीब एक रोपनी जग्गा कृषि उपज संकलन केन्द्र सञ्चालनार्थ माग भई आएको गाउँपालिकाको मिति २०७६/०९/०८ गतेको पत्र बमोजिम यस विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजीविहरु तथा सरोकारवालाहरुकोे संयुक्त बैठकको निर्णय नं. १, कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न गाउँपालिकालाई २० वर्षको लागि जग्गा भोगाधिकार दिने भन्ने भए अनुसार मिति २०७६÷०९÷१० गते यस विद्यालय र गाउँपालिका बिच यस विद्यालयको शैक्षिक तथा वातावरणीय पक्षमा कुनै बाधा उत्पन्न हुन नदिने साथै उक्त जग्गाको अभिभाज्य मालिक प्रभा माध्यमिक विद्यालय नै हुने गरी सम्झौता गरी भोगाधिकार दिइएको जानकारी दिइन्छ ।’ प्रधानाध्यापक सुब्बाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘उक्त संकलन केन्द्रको भवन संरचना निर्माण गर्दा न्यूनतम ३ तलाको संरचना थेग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने र दोस्रो तलाको भाग अहिले रहेको विद्यालय भवनसँग बराबर हुने भएकोले भोगाधिकार सम्झौता भएको अवधिभर विद्यालयलको थप तलाहरु निर्माण गर्न सजिलो हुने र भोगाधिकार अवधी समाप्त भए पश्चात वा सम्झौता भङ्ग भएमा स्वतः भवन संरचना विद्यालयको हुने सम्झौता विद्यालयको हितमा रहेको समेत जानकारी गरिन्छ । यस सम्झौता बमोजिम निर्माणाधीन भवनको सम्पूर्ण निर्माणको जिम्मेवारी गाउँपालिकाको रहेको समेत जानकारी गराइन्छ ।’

    विकास निर्माण कार्य र समाजको सर्वोत्तम हितका लागि सदैव छलफल तथा अन्तरक्रिया गर्न तयार रहेको जनाउँदै छलफल तथा अन्तरक्रियाको विकल्प हँुदाहँुदै पनि प्रत्यक्ष साक्षात्कार गर्न हिम्मत नभएर घुमाउरो पारामा विद्यालय तथा समाजलाई दुःख दिने नियत स्पष्ट देखिएको विद्यालयले जनाएको छ ।

    भलाराज गिरीको विद्यालयसँग व्यक्तिगत रिसीबी मात्र रहेको जनाउँदै आफू अध्यक्ष हुँदा भ्रष्टचार गरेको पैसा फिर्ता नगर्ने नियत स्पष्ट देखिएको विज्ञप्तिमा जनाएको छ ।
    ‘आफू अध्यक्ष रहँदा बखतको रु. १,८५,०००।– (अक्षरेपी एक लाख पचासी हजार रुपैया मात्र) अपचलन गरी बेरुजु रहेको रकम फस्र्यौट नगर्ने नियत स्पष्ट देखिन्छ । एक कार्यकाल विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिइ सकेको व्यक्ति श्री भलाराज गिरीलाई अहिले विद्यालयको नाम, वर्तमान विद्यालय व्यवस्थापन समितिको अध्यक्षको नाम, वर्तमान प्रधानाध्यापकको नाम समेत थाहा छैन । यस प्रकृतिको गैर जिम्मेवार व्यक्तिले विद्यालयको हितमा कति योगदान गर्न सक्छ, सोको बारेमा सबैले जानकार हुन जरुरी छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

    विद्यालयले निकालेको विज्ञप्ति यस्तोछः

    प्रेस विज्ञप्ति
    श्री प्रभा माध्यमिक विद्यालय र चौंरीदेउराली गाउँपालिकाबीच सम्झौता भइ कृषि उपज संकलन केन्द्र संचालन गर्न स्थायी संरचना निर्माण शुरु भए पश्चात यस विद्यालयलाई विपक्षी बनाइ यस विद्यालयका पूर्व अध्यक्ष श्री भलाराज गिरीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दिएकाले विचाराधीन रहेको मुद्दासँग सम्बन्धित केही अनलाइन पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार तथा भ्रामक सम्प्रेषणप्रति यस विद्यालयको ध्यानाकर्षण भएको छ ।
    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज ९) मा उल्लेखित गाउँपालिका तथा नगरपालिकाको अधिकार प्रयोग गरी चौंरीदेउराली गाउँपालिकाबाट यस विद्यालयको करीब एक रोपनी जग्गा कृषि उपज संकलन केन्द्र सञ्चालनार्थ माग भई आएको गाउँपालिकाको मिति २०७६÷०९÷०८ गतेको पत्र बमोजिम यस विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजीविहरु तथा सरोकारवालाहरुकोे संयुक्त बैठकको निर्णय नं. १, कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न गाउँपालिकालाई २० वर्षको लागि जग्गा भोगाधिकार दिने भन्ने भए अनुसार मिति २०७६÷०९÷१० गते यस विद्यालय र गाउँपालिका बिच यस विद्यालयको शैक्षिक तथा वातावरणीय पक्षमा कुनै बाधा उत्पन्न हुन नदिने साथै उक्त जग्गाको अभिभाज्य मालिक प्रभा माध्यमिक विद्यालय नै हुने गरी सम्झौता गरी भोगाधिकार दिइएको जानकारी दिइन्छ । उक्त संकलन केन्द्रको भवन संरचना निर्माण गर्दा न्यूनतम ३ तलाको संरचना थेग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने र दोस्रो तलाको भाग अहिले रहेको विद्यालय भवनसँग बराबर हुने भएकोले भोगाधिकार सम्झौता भएको अवधिभर विद्यालयलको थप तलाहरु निर्माण गर्न सजिलो हुने र भोगाधिकार अवधी समाप्त भए पश्चात वा सम्झौता भङ्ग भएमा स्वतः भवन संरचना विद्यालयको हुने सम्झौता विद्यालयको हितमा रहेको समेत जानकारी गरिन्छ । यस सम्झौता बमोजिम निर्माणाधीन भवनको सम्पूर्ण निर्माणको जिम्मेवारी गाउँपालिकाको रहेको समेत जानकारी गराइन्छ ।
    श्री प्रभा माध्यमिक विद्यालय विकास निर्माण कार्य र समाजको सर्वोत्तम हितका लागि सदैव छलफल तथा अन्तरक्रिया गर्न तयार छ । तर, यस किसिमको छलफल तथा अन्तरक्रियाको विकल्प हँुदाहँुदै पनि प्रत्यक्ष साक्षात्कार गर्न हिम्मत नभएर घुमाउरो पारामा विद्यालय तथा समाजलाई दुःख दिने नियत स्पष्ट देखिन्छ । निवेदक श्री भलाराज गिरीलाई यस प्रकरणमा कुन संस्था जिम्मेवार रहन्छन भन्ने न्यूनतम ज्ञान समेत छैन । विद्यालयको कारोबारमा स्वायत्त संस्था प्रभा बहुमुखी क्याम्पसको कुनै संलग्नता नरहने समेत स्पष्ट गरिन्छ । कृषि उपज संकलन केन्द्र, गाउँपालिका अन्तरगतको एउटा कार्यक्रम हो, संस्था होइन । सम्झौता विद्यालय र गाउँपालिकाबिच भएको हो तर गाउँपालिका तथा वडा कार्यालयलाई विपक्षी बनाइएको छैन । यस प्रकरणबाट निवेदक श्री भलाराज गिरीको विद्यालयसँग व्यक्तिगत रिसीबी मात्र रहेको स्पष्ट हुन्छ । आफू अध्यक्ष रहँदा बखतको रु. १,८५,०००।– (अक्षरेपी एक लाख पचासी हजार रुपैया मात्र) अपचलन गरी बेरुजु रहेको रकम फस्र्यौट नगर्ने नियत स्पष्ट देखिन्छ । एक कार्यकाल विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिइ सकेको व्यक्ति श्री भलाराज गिरीलाई अहिले विद्यालयको नाम, वर्तमान विद्यालय व्यवस्थापन समितिको अध्यक्षको नाम, वर्तमान प्रधानाध्यापकको नाम समेत थाहा छैन । यस प्रकृतिको गैर जिम्मेवार व्यक्तिले विद्यालयको हितमा कति योगदान गर्न सक्छ, सोको बारेमा सबैले जानकार हुन जरुरी छ ।

    आफूले विद्यालयलाई विपक्षी बनाइ सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिसकेपछि मुद्दा विचाराधीन रहेकै बखतमा पुनः सोही प्रकरणमा गाउँका सोझा व्यक्तिलाई भ्रममा पारी र यस विद्यालयको अभिभावक समेत नरहेका व्यक्तिहरुको नाममा सोही प्रकरणमा रिट निवेदन पेश गरेका छन् । यसरी पुनः श्री भलाराज गिरी विवेक शून्य भएर झुटको खेती गर्न उद्यत देखिन्छन् ।

    विद्यालयसँग सरोकार नराख्ने अराजक व्यक्तिहरुको समूह खडा गरी विद्यालयको मान मर्यादा तथा सम्मानमा आँच पु¥याइ विद्यालयको शैक्षिक वातावरण खलबल्याउने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसाय स्पष्ट देखिन्छ । यस प्रकारका समाज तथा विकास विरोधी, विद्यालयको सम्पत्ति हिनामिना गरेको व्यक्ति तथा मतियारहरुको भ्रामक विचारको पछि नलाग्न र दृढ भएर यस किसिमका अराजक व्यक्ति तथा समूहहरुलाई निरुत्साहित गर्न सम्पूर्ण अभिभावक, विद्यार्थी, तथा सम्पूर्ण सरोकारवाला महानुभावहरुमा अपिल गरिन्छ । साथै विपक्षीको आफ्नो विचार राख्न पाउने नैसर्गिक अधिकारप्रति विद्यालय हमेसा सम्मान गर्दछ । सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाप्रति धैर्यता प्रकट गर्न र भ्रामक समाचार संप्रेषण गरी विद्यालयका सरोकारवालाहरुमा भ्रम नछर्न विद्यालय अनुरोध गर्दछ । विपक्षीले आरोप लगाए मुताविकको कुनै किसिमको अनियमित कार्य भएको आशंका लागेमा विद्यालय प्रसाशनमा आई बुझ्न, अध्ययन अनुसन्धान तथा अनुगमन गर्न सम्पूर्ण अभिभावक, जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरुलाई विद्यालय खुला रहेको समेत स्पष्ट गरिन्छ ।

     

    क्षितिज सुब्बा
    प्रधानाध्यापक

    २०७७ असोज २१

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार