काभ्रे । मण्डन उपत्यका सामाजिक उत्थान समाजको एघारौ बार्षिक साधारण सभा आज (विहिबार) सम्पन्न भएको छ ।
विश्वमा फैलिएको कोरोना महामारीलाई मध्य नजर राख्दै एघारौ साधारण सभामा उपस्थिति पुस्तिकाको व्यवस्था गरी भिडभाड हुन नदिई दुरि कायम गरेर साधारण सभा सम्पन्न गरेको थियो ।
साधारण सभामा अघिल्लो आर्थिक बर्षको प्रगती प्रतीवेदन र आगामी बर्षको लागि योजना तर्जुमा गरिएको थियो । मण्डन उपत्यका सामाजिक उत्थानले सम्पन्न गरेको साधारण सभाले कोरोनाको गर्नुपर्ने बिबिध कार्यक्रमको लागि मार्ग निर्देश गरेको छ ।
साधारण सभामा ककस्ले के के भन्नुभयो हेर्नोस विस्तृत
मेलम्ची खानेपानी विकास समिति
मण्डन उपत्यका सामाजिक उत्थान समाज
मण्डनदेउपुर–९, सिउडिनिटार
एघारौं वर्षिक साधारणसभा २२ असोज २०७७
अध्यक्षशेर वहादुर डोटेल को मन्तब्यः–
. मण्डन उपत्यका सामाजिक उत्थान समाजको एघारांै वार्षिक साधारणसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथि काभ्रे क्षेत्र नं २ ख. माननिय प्रदेश सांसद श्री बसुन्धरा हुमागाई ज्यू , विषेश अतिथि काभ्रे क्षेत्र नं २ क.माननिय प्रदेश सांसद श्री लक्ष्मण लम्साल ज्यु, काभ्रे जिल्ला समन्वय समितिका प्रमुख तथा उप–प्रमुख ज्यू हरु , मण्डदेउपुर नगरपालिकाका प्रमुख श्री टोक बहादुर वाइवा ज्यु, पाँचखाल नगरपालिकाका प्रमुख श्री महेश खरेल ज्यु मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख श्री निर्मला शाही ज्यु, , मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिका अन्र्तगत यस समाजको सुप कार्यक्रमको कार्य क्षेत्रका वडाध्यक्षज्युहरु लगायत अन्य जनप्रतिनिधिज्युहरु , सुप कार्यक्रम सञ्चालन भएको छिमेकी जिल्ला सिन्धुपाल्चोक वाट पाल्नुहुने सुप कार्यक्रम सञ्चालन समितिका अध्यक्ष एवं पदाधिकारी मित्रहरु, मेलम्ची खानेपानि विकास समितिका प्रतिनिधि तथा विभिन्न संघ संस्थावाट पाल्नुहुने अतिथिहरु, पुर्व पदाधिकारी तथा सदस्य मित्रहरु,यस समितिका पदाधिकारीहरु तथा सदस्यहरु, सल्लाहकार समिति संयोजक,लेखा समिति संयोजक,अनुगमन समिति संयोजक तथा सदस्यहरु, परिषद सदस्यहरु,पत्रकार तथा सुरक्षाकर्र्मी मित्रहरु ,यस संस्थामा कार्यरत कर्मचारीहरु, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा यस संस्था तथा मेरो ब्यक्तिगत तर्फवाट हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु।
यो संस्था नेपाल सरकार भौतिक योजना मन्त्रालय मार्फत संस्था दर्ता एैन २०३४को परिधिमा रही मिति२०६५ चैत ६ गतेवाट मण्डन उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति नामाकरण गरी सञ्चालन गरियको थियो।समय क्रमसँगै संस्थालाई मिति २०७१ भाद्र २३ गते जि.प्र.का. धुलिखेलमा दर्ता नं १७५८ दर्ता गराई मण्डन उपत्यका सामाजिक उत्थान समाज नामाकरण गरीयो। आदरणीय उपस्थित महानुभावहरु मेलम्ची खानेपानि विकास समिति मार्फत यस समाजलाई प्राप्त हुने एक करोड पचास लाख रुपैयाँको सुप कार्यक्रमको कार्य क्षेत्र भुगोलको हिसावले उहि भएता पनि स्थानिय निकायको पुन संरचना पछि मण्डनदेउपुर नगरपालिका अन्र्तगतका वडा नं ५ देखि वडा नं ११ सम्म७ वटा वडाहरु र पाँचखाल नगरपालिका अन्र्तगतका वडा नं ३ देखि ६ सम्मका ४ वटा वडाहरु कायम हुन पुगेको छ र सोहि अनुसार सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाको विधानले ब्यबस्था गरे अनुसार मेलम्ची खानेपानि विकास समिति वाहेक अन्य हाम्रो आयस्रोत भएमा काभ्रेपलाञ्चोक जिल्ला भरी कार्यक्रम सञ्चालन गर्न पाउने ब्यबस्था रहेको कुरा म यो गरिमामय सभामा राख्न चाहन्छु। स्थानिय निकायको पुनसंरचना पछि यस समाजको कार्यक्षेत्र भएका २ वटा नगरपालिकाहरु मण्डनदेउपुर र पाँचखालका वडाहरुमा पुर्वाधार विकासका लागि ठुला लागतका योजनाहरु सञ्चालन भइ रहेका छन र तुलनात्मक हिसावले हाम्रो यस समाजको वजेट नगरपालिकाहरुको भन्दा निकै कम हुने भएकोले पुर्वाधार विकास निर्माण भन्दा अव हामिले मानिसहरुको जिवनस्तर माथि उठाउने खालका सिप विकास र आय आर्जन हुने खालका कार्यक्रमहरुलाइ अलि बढि प्राथमिकता दिनु पर्ने देखियकाले सोहि अनुसारको कार्यक्रमहरु वनाउन हुन म सम्बन्धित गाउँ सामुदायिक समितिका अध्यक्ष लगायत कार्य समितिलाइ हार्दिक अनुरोध गर्दछुसँगै हामिपनि त्यस कार्यमा लागिरहने प्रतिबद्घता पनि ब्यक्त गर्न चाहन्छु ।
मेलम्ची खानेपानी विकास समिति वाट यस समाजलाइ वार्षिक रुपमा अनुदान प्राप्त हुनेगरेको र हाल सम्म हामिले सुप कार्यक्रमको मर्म अनुसार वार्षिक रुपमा समयमानै संस्थाको साधारण सभा गरी निति तथा कार्यक्रम तय गरी स्विकृतिको लागि मेलम्ची खानेपानि विकास समितिमा पेश गर्ने गरेका छौं। यस मण्डन उपत्यका सामाजिक उत्थान समाजको आफ्नो कार्य क्षेत्रमा भौतिक पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य र आयआर्जन गरी चार वटा शिर्षकहरुमा आफ्नो कार्यक्रम गर्दै आइरहेको र यस पटक पनि त्यसै अधिनमा रही कार्य गरिने कुरा अवगत गराउन चाहन्छु। गत वर्षका कार्यक्रमहरु सञ्चालनको मुख्य समयमा विस्वभरी फैलिरहेको कोरोना भाइरस कोभिड १९ का सँक्रमितहरु नेपालमा पनि देखिएकाले नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि पुर्ण रुपमा लकडाउन गरेको र त्यसको केहि प्रभाव हाम्रो वार्षिक कार्यक्रममा पनि पर्न गएको थियो। लकडाउनको केहि समय पछि हाम्रो कार्य क्षेत्र भित्रका नगरपालिकाहरुमा कोभिड १९ भाइरसको प्रभाव न्युन देखिएकोले स्थानिय सरकार सँगको परामर्शमा हामिले वार्षिक कार्ययोजनामा समावेश गरेका कार्यक्रमहरु पुनह सञ्चालन गर्न सम्बन्धित उपभोक्ता समितिहरुलाइ प्रत्यक्ष भेटेर अनुरोध गर्यौ तर निर्माण सामग्रीहरु , दक्ष कामदारहरु आदि कुराहरुको अभावले केहि कठिनाइहरु आएतापनि सबै सरोकारवालाहरुको सकारात्मक सहयोगले हामिले हाम्रा निति तथा कार्यक्रमहरु समयमानै सम्पन्न गर्न सक्यौ र त्यस कामका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरुलाइ धन्यवाद दिन चाहन्छु। म लगायतको मेरो टिमले संस्थाको नेतृत्व लिइरहँदा केहि अफ्ठेरा परिस्थितिहरुथिए । त्यस्ता परिस्थितिहरुलाइ चिर्दै यो कार्यसमितिले नेतृत्व गरेपछि विभिन्न सुधारका कामहरु गरेका छौं। वार्षिक रुपमा मेलम्ची खानेपानी विकास समिति वाट प्रप्तहुने एक करोड पचास लाख रुपैयाँ वाट वार्षिक वजेट बढाउने प्रयत्नमा हामिले सस्थाको तर्फवाट सम्बन्धित मन्त्रालय र मे.खा.वि.स.मा आवश्यक निर्णय सहित कागज पत्रहरु पेश गरियोत्यसले सफलता पनि हासिल गरेको छ र हामिलाइ त्यस कार्यमा दत्तचित्त भएर सहयोग गर्ने हाम्रा माननिय तथा तत्कालिन अवस्थामा सुचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटालाइ मेरो ब्यक्तिगत तथा सँस्थाको तर्फवाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु जसको सहयोगले हाम्रो वार्षिक वजेट नियमित वजेट भन्दा एक करोड रुपैयाँ बढेको छ।
धुलो र धुवाँको हिसावले मात्र प्रभावित मानिएको र मेलम्ची खानेपानि आयोजनाको निर्माण चरण सम्पन्न पश्चात स्वत मेलम्चीको सुप कार्यक्रम सकिने अवस्था वाट परियोजना सम्पन्न भइ पानी काठमाण्डौपुगेपछि नदिसंग जोडिएका भुगोल र बस्तिहरु लाई मे.खा.वि.स.ले दिने भनिएको रोयल्टी( सत्वाधिकार)यस क्षेत्रका समुदाय, क्षेत्र, भुगोल र बस्तिमा वातावरणमा समेत असर पर्नेकुरा ए.डि.वि को वातावरणिय प्रभाव मुल्याङ्कन समितिको प्रतिवेदनमा समेटिएको यस समाजको कार्यक्षेत्र भित्र पर्ने भुगोल बस्ति समुदायमा पर्नजाने वातावरणिय प्रभाभ मुल्याङकन भई सकेको र ए.डि.वि.र मेलम्ची खनेपानी विकास समिति मार्फत सार्बजनिक सुनुवाइ कार्यक्रम गरी सार्बजनिक गराउनु र अव धुवाँ र धुलाको कारणले मात्र होइन पानी काठमाडौ लगे पछि हामिपनि प्रभावित हुने कार्यक्रमलाई समावेश गरी रोयल्टी प्राप्त गर्नका निम्ति पहल र निर्णय गर्ने गराउने कामको लागि पनि संघिय सरकारका माननिय तत्कालिन सञ्चार तथा सुचना प्रविधि मन्त्री श्री गोकुल प्रसाद बास्कोटा र तत्कालिन कानुन मन्त्री श्री शेर बहादुर तामाङ ज्युलाई विषेश धन्यवाद दिन चाहन्छु। हामिले नेतृत्व गरिरहँदा हाम्रो केन्द्रिय समिति र अधिकांस गाउँ सामुदायिक समितिहरु भाडा तिरेर अर्काको घरमा बस्ने गरेका थियौं तर यो नेतृत्वको २ वर्षे समय भित्र सबै गाउँ सामुदायिक समितिहरु आफ्नै कार्यालय वाट सञ्चालन भएका छन भने केन्द्रले पनि आफ्नै प्रशासनिक भवन निर्माण गरी मिति २०७७÷०४÷ २७ गतेवाट सेवा दिन सुरु गरीसकेको कुरा पनी म यो गरिमामय सभामा राख्न चाहन्छु । साथै आगामि दिनहरुमा स्थानिय सरकारसँगको समन्वयमा अझ प्रभावकारी यवं जनपछिय कामगर्ने यस समाजको लक्ष्य रहेको छ ।
यस्तै यस्तै जनमुखी खालका कामहरु केन्द्र र गाउँ सामुदायिक समितिहरुको समन्वयमा यस समाजको कार्य क्षेत्र भित्र गर्दै आइ रहेका छौं । जस्तै पाँचखालको जिरो किलोमा सार्वजनिक शौचालय निर्माण , गैह्रिविसौना देउपुरमा बरकोवोट चौतारो निर्माण तथा सिंढी निर्माण , सल्लेवासमा बुद्घको सालिक निर्माण, चण्डेनीमा चण्डेनी मण्डन सानाकिसान कृषि सहकारी मार्फत आय आर्जन कार्यक्रम र महादेवस्थानको उर्बर फाँटमा सिंचाइ गर्नका लागि आँशिखोला कमेरे बाँधकुलो निर्माण जैसिथोकको वर्षेपानि संकलन पोखरी निर्माण वाँसपानी आदि । यस्ता खालका कामहरु जस्ले सामान्य मानिसहरुको जिवनसँग जोडियका छन त्यस्ता कामहरुलाइ आगामि वर्षहरुमा पनि निरन्तरता दिने यस समाजको लक्ष्य रहेको छ।
अन्त्यमा यस समाजको एघारौं वार्षिक साधारणसभामा हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु हुने प्रमुख अतिथि , विषेश अतिथि लगायत अतिथिज्युहरु र सम्पुर्ण उपस्थित महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यस कार्य समितिको कार्यकाल लाई स्मरणिय बनाउनका लागि आफुले सकेको सक्दो सकारात्मक सहयोग गर्ने महानुभावहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै उपस्थित सम्पुर्ण महानुभावहरु वाट यस समाजले गर्नुपर्ने कामको लागि सकारात्मक सुझाब र सहयोगको अपेक्षा सहित आफ्नो भनाइ यहि अन्त्य गर्न चाहन्छु। । धन्यवाद
मेलम्ची खानेपानी विकास समिति
मण्डन उपत्यका सामाजिक उत्थान समाज
मण्डनदेउपुर–९, सिउडिनिटार
एघारौं वार्षिक साधारणसभा , २२ असोज २०७७
प्रगति प्रतिवेदन –
केशव प्रसाद सापकोटा
सचिवको मन्तब्यः–
मण्डन उपत्यका सामाजिक उत्थान समाजको एघारांै वार्षिकसाधारण सभामा हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु हुने प्रमुख अतिथि काभ्रे क्षेत्र नं २ ख. माननिय प्रदेश सांसद श्री बसुन्धरा हुमागाई ज्यू , विषेश अतिथि ज्युहरु लगायत ड्यासमा आशिन सम्पुर्ण अतिथि ज्युहरु, परिषद सदस्यहरु लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा यस संस्था तथा मेरो ब्यक्तिगत तर्फवाट हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु।
मेलम्ची खानेपानी आयोजनाको निर्माण चरण अवधिभर भनिएको प्रभावित क्षेत्र यस मण्डन उपत्यका समाजिक उत्थान समाजले विगत दस वर्ष देखि हाल सम्म दशौ वार्षिकसाधारण सभा सम्पन्न गरी आज हामी एघारौं वार्षिक साधारणसभा सम्पन्न गर्नका लागि जुटिरहेका छौं। यस कार्यक्रमलाई यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मित्रहरु,मे.खा.वि.स, राजनैतिक दल,बुद्घिजिवि,उपभोक्ता एवं कर्मचारीहरुमा पुन धन्यवाद ब्यक्त गर्दै अव म यस संस्थाको आ.व.२०७६÷०७७ को प्रगति विवरण प्रस्तुत गर्न चाहन्छु।
यस संस्थाको दसौ वार्षिक साधारण सभा गत वर्ष २०७६ भदौ २७ गते चाखोला जलाधारको सभाहलमा सम्पन्न भए पश्चात यस समाजको विभिन्न मिति र समयमा गरी मुल कार्य समिति बैठक जम्मा ५ पटक बसेको थियो। उक्त बैठकहरुले बार्षिक कार्यायोजना बनाउने देखी कार्य सम्पादन गर्नका लागि आवस्यक पर्ने नितिगत निर्णयहरु सँगै प्रसाशनिक सुधार र अन्य आवश्यक निर्णयहरु गरेको थियो। आवश्यक पर्दा कहिले काहिँ सम्पादन समिति र कर्मचारीहरुको पनि बैठक बस्ने गरेको छ जस्ले योजना कार्यान्वयनमा अति महत्वपुर्ण भुमिका निर्वाह गरेको कुरा पनि म यो गरिमामय साधारण सभामा राख्न चाहन्छु ।
आ.व २०७६/०७७ मा मे.खा.वि.स.वाट वार्षिक वजेट रु १,५०,००,०००÷( (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ मात्र।)बराबरको वार्षिक वजेट स्विकृत भएको थियो। सोहि अनुसार हामिले बार्षिक कार्यायोजना मेलम्ची खानेपानी विकास समितिमा पेश गरे पश्चात विभिन्न चरणमा पहिलो,दोस्रो र तेस्रो किस्ता गरी यस समाजको नाममा जम्मा एकमुष्ठ रकम रु १,५०,००,०००/ (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ मात्र।)निकासा भएको थियो। जस अनुसारनै वार्षिक कार्यक्रम बनेको र सम्बन्धित गाउँ सामुदायिक समितिका विभिन्न योजनातथा कार्यक्रमहरु सञ्चालन गर्दा कोभिड १९ भाइरसको प्रभावको कारणले निर्माण सामग्रि तगायत दक्ष कामदारहरुको केहिसमयको अभावले हाम्रा कार्यक्रमहरु पुर्णरुपमा सम्पन्न हुन नसकेकोले मेलम्ची खानेपानि विकास समितिका प्राविधिक टोली र हाम्रो संस्थाको संयुक्त टोलिवाट कार्यक्रमहरुको फिल्ड अनुगमन गर्दा उक्त कामहरुको मुल्याङ्कननै कम उठेको हुँदामुल्याङ्कन अनुसारको रकम भुक्तानि दिँदा जम्मा रु१,४६,५१,१२३/(अक्षरुपी एक करोड छयालिस लाख एकाउन्न हजार एक सय तेइस मात्र।) खर्च भइ वाँकी रकम रु ३,४८,८७३/– (अक्षरेपी तिन लाख अठ्चालिस हजार आठ सय त्तियहत्तर रुपैयाँ मात्र। ) कोष तथा लेखा नियन्त्रकको कार्यालयमानै फिर्ता हुन पुगेको जानकारी म यस सभामा गराउन चाहन्छु।साथै आ.ब.२०७५÷०७६ मा मुल्याङ्कन कम भइ रु ९,०९,२७४/–(अक्षरेपी नौ लाख नौ हजार दुइ सय चौरहत्तर रुपैयाँ मात्र। ) कोष तथा लेखा नियन्त्रकको कार्यालयमानै फिर्ता हुन पुगेको थियो । तर यस गत अन.व.मा विगतका वर्षहरु भन्दा निकै कम रकमफिर्ता जानुले विस्तार उपभोक्ताहरुमा स्टमेट अनुसारको कामगर्ने वानिको विकास भइरहेको छ भन्ने मैले ठानेको छु ।
अन्त्यमा यस संस्थाको सुप कार्यक्रमको कार्य क्षेत्र भित्र यस्तै विकासका कामहरु अन्र्तगत शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायत आय आर्जन कार्यक्रमलाई अझ बढि महत्वका साथ अगाडी बढाउने प्रतिवद्घता ब्यक्त गर्दै यहाँ उपस्थित भई यस समाजको एघारौं वार्षिक साधारणसभामा पाल्नुभएका प्रमुख अतिथि,विशेष अतिथि ज्यू हरु लगायत सम्पूर्ण अतिथि एवं उपस्थित महानुभावहरुमा नजिकिदै गरेको हिन्दुहरुको महान चाड विजया दशमी , दशुभदिपावलीतथा छठ पर्वको पावन अवसरमा मेरो ब्यक्तिगत र यस संस्थाको तर्फ वाट हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै म आफ्नो प्रतिवेदन यहि अन्त्य गर्न चाहन्छु।
धन्यवाद!
मण्डन उपत्यका सामाजिक उत्थान समाज
मण्डनदेउपुर–९, सिउडिनिटार,
एघारौं वार्षिक साधारणसभा २२ असोज २०७७
आर्थिक प्रतिवेदनː
विष्णु हरी पौडेल
कोषाध्यक्षको मन्तब्यः–
मण्डन उपत्यका सामाजिक उत्थान समाजको एघारांै वार्षिक साधारणसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथि काभ्रे क्षेत्र नं २ ख. माननिय प्रदेश सांसद श्री बसुन्धरा हुमागाई ज्यू , विषेश अतिथि ज्युहरु, ड्यासमा आशिन अतिथिज्युहरु, पुर्व पदाधिकारी तथा सदस्य मित्रहरु,यस समितिका पदाधिकारीहरु तथा सदस्यहरु, सल्लाहकार समिति संयोजक,लेखा समिति संयोजक,अनुगमन समिति संयोजक तथा सदस्य हरु, परिषद सदस्यहरु,पत्रकार तथा सुरक्षा कर्मिहरु ,यस संस्थामा कार्यरत कर्मचारीहरु, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा यस संस्था तथा मेरो ब्यक्तिगत तर्फवाट हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु।
मण्डन उपत्यका सामाजिक उत्थान समाजको दसांै वार्षिक साधारण सभाको समीक्षा तथा मूल्याङ्कन सँगै आज हामि आ.व.२०७७/०७८ को वार्षिक कार्ययोजना तथा निति निर्माणका लागि साधारण सभामा जुटिरहेका छौं। गत वर्ष भए गरेका कामहरुको समिक्षा सँगै आज हामि यस आर्थिक वर्षको निति तथा कार्यक्रमको विषयमा घनिभुत छलफल गरी पास गर्ने छौ। नेपाल सरकार अन्र्तगत मेलम्ची खानेपानी विकास समिति मार्फत हामीलाई वार्षिक रुपमा एक करोड पचास लाख मात्र प्राप्तहुदै आइरहेको र उक्त वजेट वाट भौतिक पूर्वाधार विकास, ,शिक्षा ,स्वास्थ्य र आय आर्जन जस्ता जनतामा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौ। आदरणीय उपस्थित महानुभावहरु स्थानिय निकायको पुनसंरचना पछि मेलम्ची खानेपानि विकास समिति मार्फत प्राप्तहुने वार्षिक वजेट एक करोड पचास लाख रुपैयाँको सुप कार्यक्रमको कार्य क्षेत्र भुगोलको हिसावले उहि भएता पनि २ वटा नगरपालिकाहरु मण्डनदेउपुर नगरपालिका अन्र्तगतका वडा नं ५ देखि वडा नं ११ सम्मका७ वटा वडाहरु र पाँचखाल नगरपालिका अन्र्तगतका वडा नं ३ देखि ६ सम्मका ४ वटा वडाहरु रहेका छन र सोहि अनुसार सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं। साथै कार्यक्रमको हिसावले काभ्रे जिल्ला भरी यस समाजले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न पाउने बैधानिक ब्यवस्था रहेको कुरा म यो गरिमामय सभामा राख्न चाहन्छु।
आ.व.२०७६/०७७ को दसौ वार्षिक साधारण सभा बाट पास भएका योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न मे.खा.वि.स.वाट प्रथम,दोस्रो र तेस्रो किस्ता गरी जम्मा एकमुष्ट रकम रु १,५०,००,०००/– प्राप्त भएको थियो। जसमध्ये पुजिगत खर्च तर्फ ९शिक्षमा रु. १८,३७,००८/–, स्वास्थ्यमा रु. २०,३५,१९८/–, आयआर्जनमा रु.१८,८२,६४९/–र भौतिक पुर्वाधार विकासमा रु.७८,४६,३२३/– गरी ०जम्मा रु १,३६,०१,१७८./– खर्च भएको थियो भने प्रशासनिक खर्च तर्फ रु १०,४९,९४९/– गरी जम्मा खर्च रकम रु १,४६,५१,१२३/– खर्च गरिएको थियो भने वाँकी रकम रु ३,४८,८७३/– को.ले.नि.का फिर्ता गरिएको थियो।यसरी आ.व.२०७६/०७७ को कार्यक्रम सम्पन्न गर्दा विभिन्न योजना तथा कार्यक्रमहरुमा छुट्याइयको रकम वाट अग्रिम आयकर १.५ % रु १,३७,३६०/– भाडाकर १०% रु ३८,४०९/– पारिश्रमिक तथा भत्ता कर १५% रु९८,६५५/– सामाजिक सुरक्षा कर १% रु ८,४५०/– गरी जम्मा रकम रु २,७३,४३५/– आन्तरीक साजश्व कार्यालय धुलिखेलमा जम्मा गरिएको र घरबहाल कर रु ९,४३९/– मण्डनदेउपुर नगरपालिकामा जम्मा गरिएको छ साथै यसै नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा यस कार्यालयमा कार्यरत कर्मचारीहरुको तर्फवाट कोभिड १९को जोखिम न्युनीकरण गर्न जम्मा रु ६,५००/– समेत जम्मा गरिएको ब्यहोरा म यस सभामा जानकारी गराउन चाहन्छु।
अव म आ.व.२०७६/०७७ को आम्दानि तथा खर्च विवरण राख्न चाहन्छुः–
यस समाजलाई आ.व.२०७६.०७७ मेलम्ची खानेपानी विकास समिति वाट मात्र जम्मा एकमुष्ठ रकम रु १,५०,००,०००/ (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ मात्र।) निकासा प्राप्त भएको थियो र अन्य कुनै आम्दानिको श्रोत नभएको ।
आम्दानी तर्फ ः– १,५०,००,०००/– (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ मात्र।) श्रोत मेलम्ची खानेपानी विकास समिति ।
खर्च विवरण तर्फ ः–
१.पाँच ओटा गाउँ सामुदायिक समितिहरु वाट निर्णय भई आएका योजनातथा कार्यक्रमहरु लाई प्रत्येक गा.सा.स.लाई विनियोजन गरिएको रकम रु १४,००,०००/–(अक्षरेपी चौध लाख रुपैयाँ मात्र।) रुपैयाँ मात्रका दरले जम्म रकम रु ७०,००,०००/– र (अक्षरेपी सत्तरी लाख रुपैयाँ मात्र।) केन्द्रिय कार्यक्रमहरु लगायत केद्रवाट गाउँसामुदायिक समितिहरुमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको लागि रु ६९,५०,०००/–(अक्षरेपी उनानसत्तरी लाख पचास हजार रुपैयाँ मात्र।) मध्ये जम्मा खर्च रकम रु १,३६,०१,१७८/–
२. प्रसाशनिक खर्च रु १०,४९,९४९/–(अक्षरेपी दस लाख उनान्पचास हजार नौ सय उनान्पचासरुपैयाँ मात्र।)
३.कोष तथा लेखा नियन्त्रकको कार्यालय फिर्ता रु३,४८,८७३/–(अक्षरेपी तिन लाख अठचालिस हजजारआठ सय त्तियहत्तर रुपैयाँ मात्र।)
जम्मा खर्च ः– १,२ र ३ गरी (१,३६,०१,१७८/– + १०,४९,९४९/–+३,४८,८७३/–) रकम रु १,५०,००,०००/( (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ मात्र।)
आ.व.२०७६/०७७ मा गरिएको योजनागत खर्च विवरण राख्न चाहान्छुः–
क्र.स विवरण स्विकृत रकम खर्च रकम निकाय
१ बरको वोट चौतारो निर्माण २,००,०००/–लागत भएमो रकम
१,९८,४१९/– गा.सा.स देउपुर
२ उपभोक्ता समितिहरुलाइ तालिम १,००,०००/– ९९,५८०/– गा.सा.स
३ खरिवोट न्युरोघारी मो.वा. तथा भुतेखोला सिंचाइ २,००,०००/लागत भएमो रकम– १,९९,१९०/– गा.सा.स .।
४ भिमसेन मन्दिर निर्माण तथा संरक्षण २,००,०००/लागत भएमो रकम
– १,९९,१६१/– गा.सा.स
५ सिमलचौर गोरेटो वाटो,सिंढी मर्मत बुढाखोला खा.पा १,५०,०००/लागत भएमो रकम– १,४८,२०१– गा.सा.स।
६ पञ्चकन्या मन्दिर सतल निर्माण २,५०,०००/–लागत भएमो रकम
२,४९,६५६/– गा.सा.स
७ कालिकास्थान मन्दिर संरक्षण ३,००,०००/–लागत भएमो रकम
२,७९,१९५/– गा.सा.स
८ अनन्ते कुलो सिंचाइ योजना १,५०,०००/– लागत भएमो रकम १,४९,१०९/– केन्द्र
९. गा.सा.स.शभाहल निर्माण देउपुर ५००,०००/– लागत भएमो रकम
४,९८,२४९/– केन्द्र
१०. नवप्रगतिशिल युवा एकता समाज भवन निर्माण २,००,०००/–लागत भएमो रकम १,९७,७५४/– गा.सा.स.चण्डेनी।
११ .पञ्चकन्या तरकारी संकलन भवन २,००,०००/– लागत भएमो रकम १,९८,६०६/– गा.सा.स
१२ .डुडखोला सिंचाइ योजना १,५०,०००/–लागत भएमो रकम
१,३८,५२१/–
१३. माइटार सामुदायिक भवन १,५०,०००/– लागत भएमो रकम
१,५०,०००/– गा.सा.स
१४. कालिकुमारी प्रा.वि. ट्वाइलेट तथा पाइप खरिद १,००,०००/– लागत भएमो रकम ९७,४८९/– गा.सा.स।
१५. चालिसे सिंदुरे ढल ब्यवस्थापन २,००,०००/– लागत भएमो रकम
१,९७,०७०/– गा.सा.स
१६. उपभोक्ता समिति तथा कार्य समिति प्रशिक्षण १,००,०००/–लागत भएमो रकम १,००,०००/– गा.सा.स।
१७ .माझखोला ट्रष्ट निर्माण कार्यक्रम ३,००,०००/–लागत भएमो रकम
२,७०,९०५/– गा.सा.स
१८ .छरछरे पाखा खानेपानी मर्मत १,००,०००/– लागत भएमो रकम
९८,०७३/– केन्द्र
१९ .चण्डेनी मण्डन साना किसान कृषि स. आय आर्जन ४,००,०००/–लागत भएमो रकम ३,९७,१५४/– केन्द्र
२० .घोरासैनि डिहि तर्किनीटार मोटर वाटो सुधार ४,००,०००/– लागत भएमो रकम ३,९७,१५४/– गा.सा.स.जैसिथो।
२१. विधालय नमुना वाल कक्षा निर्माण (चण्डेनी, भगवति, जननागृति) २,००,०००/– लागत भएमो रकम२,००,०००/– गा.सा.स.जैसिथो
२२. वाँसपानी सिंचाइ पोखरी निर्माण ३,००,०००/–लागत भएमो रकम
२,९७,८८५/– गा.सा.स
२३. राम्चे सिंचाइ कार्यक्रम १,००,०००/– लागत भएमो रकम
९८,७७४/– गा.सा.स
२४ .अभिमुखिकरण तालिम १,५०,०००/– लागत भएमो रकम
१,४५,४००/– गा.सा.स
२५ .सामुदायिक भवन निर्माण वाँसपानी २,००,०००/–लागत भएमो रकम
१,९८,५६४/– केन्द्र
२६. आदिश्वर सतल निर्माण २,००,०००/–लागत भएमो रकम
१,८७,६३९/– केन्द्र
२७ .तिनपिप्ले कृष्ण मन्दिर निर्माण २,००,०००/– लागत भएमो रकम
१,९७,७१८/– गा.सा.स.पाँचखा।
२८ .माझकोट देवी मन्दिर निर्माण १,००,०००/– लागत भएमो रकम
९८,६८४/– गा.सा.स
२९. सार्वजनिक शौचालय निर्माण जिरो किलो २,५०,०००/–लागत भएमो रकम
२,४८,५४३/– गा.सा.स।
३०. पशु स्वाश्थ्य शिविर सामुदायिक सिकाइ केन्द्र मार्फत २,००,०००/– लागत भएमो रकम २,००,०००/– गा.सा.स।
३१. सहकारी भवन शौचालय निर्माण खावा २,००,०००/–लागत भएमो रकम
१,९९,१११/– गा.सा.स
३२ .उपभोक्ता समिति तालिम १,५०,०००/– लागत भएमो रकम
१,५०,०००/– गा.सा.स
३३ .बख्रेल डिहि खानेपानि मेसिन खरिद २,००,०००/– लागत भएमो रकम
२,००,०००/– गा.सा.स
३४ .एकता वस्ति इनार निर्माण १,००,०००/– लागत भएमो रकम
९८,८९५/– केन्द्र
३५ .गाउँ सामुदायिक समिति भवन निर्माण ७,००,०००/– लागत भएमो रकम
५,६७,३६४/– केन्द्र
३६. जागरुप युवा कल्व (खेलकुद कार्यक्रम) १,००,०००/– लागत भएमो रकम
१,००,०००/– केन्द्र
३७. श्री डेडी थुम्का उ.मा.वि. शैक्षिक सुधार ४,००,०००/– लागत भएमो रकम
३,९६,४०६/– महादवदेवस्थान ।
३८. योजना कार्यान्वयन प्रशिक्षण कार्यक्रम १,५०,०००/– लागत भएमो रकम
१,५०,०००/– गा.सा.स।
३९. मकैटार खानेपानि योजना २,००,०००/– लागत भएमो रकम
१,९८,१०४/– गा.सा.स
४० .सिस्नेखोला रयाले आँपघारी बाँधकुलो निर्माण २,००,०००/– लागत भएमो रकम १,९८,९४२/– गा.सा.स।
४१. चिसापानी खानेपानी माथिल्लो मुहान मर्मत ५०,०००/– लागत भएमो रकम ४९,४७२/– गा.सा.स।
४२ .जनमिलन दु.उ.सहकारी शौचालय निर्माण २,००,०००/– लागत भएमो रकम १,९९,०४२/– गा.सा.स।
४३. लम्साल बेशी इनार निर्माण पुछार टोल १,००,०००/– लागत भएमो रकम
९८,४१२/– गा.सा.स
४४. गोल्मे ढाडे रातापोखरी खानेपानी १,००,०००/– लागत भएमो रकम
९९,८५६/– गा.सा.स।
४५. कुन्ता शिग्देलको पँधेरो कश्यपेस्वर मोटर वाटो ५,००,०००/– लागत भएमो रकम ४,१०,९९९/– केन्द्र।
४६ .आँसिखोला कमेरे सिंचाइ कुलो निर्माण ३,००,०००/– लागत भएमो रकम
२,९५,०४८/– केन्द्र
४७ .केन्द्रिय कार्यालय भवन निर्माण ३१,५०,०००/– लागत भएमो रकम
३१,५०,०००/– केन्द्र
४८ .योजना अनुगमन कार्यक्रम ३,००,०००/– लागत भएमो रकम
३,००,०००/– केन्द्र
४९. योजना सञ्चालन तथा पे.फ. केन्द्रिय प्रशिक्षण २,००,०००/– लागत भएमो रकम २,००,०००/– केन्द्र।
५० .परिषद संचालन खर्च ( गा.सा.स.र केन्द्रिय गरी ) ४,००,०००/– लागत भएमो रकम ३,९५,६२२/– केन्द्र र गा.सा.स
५१ .प्रशासनिक खर्च १०,५०,०००/ लागत भएमो रकम
१०,४९,९४९/–
आ.व.०७६/७७ को जम्म स्विकृत रकम रु १,५०,००,०००/–
केन्द्र र गा.सा.स गरी जम्म खर्च रकम रु १,४६,५१,१२३–
कोष तथा लेखा नियन्त्रकको कार्यालय फिर्ता रु ३,४८,८७३/–
जम्मा आम्दानी तथा खर्च रकम १,५०,००,०००/– १,५०,००,०००/–
अव म आ.व.२०७७/०७८ को प्रस्तावित कार्यक्रम राख्न चाहन्छु।
आम्दानी ः– २ ,५०,००,०००/– (अक्षरेपी दुइ करोड पचास लाख रुपैयाँ मात्र।) श्रोत मेलम्ची खानेपानी विकास समिति ।
प्रस्तावितखर्च विवरण ः–
१.पाँच ओटा गाउँ सामुदायिक समितिहरु वट निर्णय भई आएका योजनातथा कार्यक्रमहरु लाई प्रत्येक गा.सा.स.लाई विनियोजन गरिएको रकम रु २०,००,०००/–(अक्षरेपी विस लाख रुपैयाँ मात्र।) रुपैयाँ मात्रका दरले पाँच गाउँ सामुदायिक समितिहरु लाइ जम्म रकम रु १,००,००,०००/– र (अक्षरेपी एक करोड रुपैयाँ मात्र।)
२.केन्द्रिय कार्यक्रमहरु लगायत केद्रवाट गाउँसामुदायिक समितिहरुमा सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको लागि रु १,३२,,५०,०००/–(अक्षरेपी एक करोड बत्तिस लाख पचास हजार रुपैयाँ मात्र।) र
३. प्रसाशनिक खर्च रु १७,५०,०००/–(अक्षरेपी सत्र लाख पचास हजाररुपैयाँ मात्र।)
जम्मा प्रस्तावित खर्च ः– (१ं२ं३) रकम रु २,५०,००,०००/( (अक्षरेपी दुइ करोड पचास लाख रुपैयाँ मात्र।)
अन्त्यमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथि , विषेश अतिथि , ड्यासमा आसिन अतिथित्रहरु, पुर्व पदाधिकारी तथा सदस्य मित्रहरु, यस समितिका पदाधिकारीहरु तथा सदस्यहरु, परिषद सदस्यहरु,पत्रकार तथा सुरक्षा कर्मिहरु ,यस संस्थामा कार्यरत कर्मचारीहरु, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा यस संस्था तथा मेरो ब्यक्तिगत तर्फवाट हार्दिक धन्यवाद ब्यक्त गर्दै म आफ्नो प्रतिवेदन यहि अन्त्य गर्न चाहन्छुु। . . धन्वाद!
प्रतिक्रिया दिनुहोस