२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

पाँचखालमा प्रदेश स्तरिय अस्पताल बन्ने—सांसद लम्साल


४५१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । प्रदेस सभा सांसद लक्ष्मण लम्सालले राम्रो समाज र समृद्ध नेपाल निर्माणको लागि शिक्षामा आमुल परिवर्तन गर्दै सुधार गर्न जरुरी रहने बताउनु भयो ।

    आज (सोमबार) पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजारमका रहेको जोरपाटी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटनको क्रममा सांसद लम्सालले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले भन्नुभयो “नीजि विद्यालयले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरु आएनन् भनेर नीजि विद्यालयलाई गालिगर्नु पर्देन,करोडौको लगानी गरेर सञ्चालन भएका छन् ।” नीजि विद्यालयहरुको भन्दा राम्रो आधुनिक गुणस्तरिय शिक्षा सामुदायिक विद्यालयले दिनसके बिदार्थीको ओइरो लाग्ने बताउनु भयो । जोरपाटी माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बडाउने कार्य भएमा दरबन्दिको व्यवस्था आफुले मिलाईदिने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि लम्सालले थप्नुभयो पाँचखालमा रहेको पाँचखाल प्राथमिक केन्द्रलाई प्रदेश स्तरिय अस्पताल बनाउने तयार गरेको बताउनु भयो । प्रदेश स्तरिय अस्पताल बनाउने बिषयमा आफु निरन्तर रुपमा लागेको र आगामी बर्ष भित्र प्रदेश स्तरिय अस्पताल हुने ठोकुवा गर्नुभयो । ०७२ मा आएको भुकम्पले गर्दा क्षति पुगेका सम्पुर्ण विद्यालयहरु अवको २ बर्षभित्र सुबिधा सम्पन्न आधुनिक भवन निर्माण भईसक्ने बताउनु भयो । भौतिक संरचनाले मात्रै गुणस्तरिय शिक्षा हासिल नहुने भएकोले सुबिधा सम्पन्न भवनमा गुणस्तरिय शिक्षा दिन आवस्यक रहेको बताउनु भयो । विद्यालय हस्तान्तरण हुने समयमा जति सफाचट छ सो दृश्य सधै रहिरहनु पर्ने बताउनु भयो । जसको लागि विद्यालय, वि.व्य.स र सम्बन्धित वडाले ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।

    विद्यालयका प्रधानाध्यापक वद्रीप्रसाद ढुंगानाले विद्यालयको ईतिहासको बिषयमा जानकारी गराउंदै आगामि शैक्षिक सत्रका गागि तयार गरेको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । विद्यायलका शिक्षक सरस्वति चिमौरियाले विद्यालयमा उपलब्ध भएको अक्षयकोषको बारेमा जानकारी गराउनु भएको थियो । शिक्षिका चिमौरियाले जानकारी गराए अनुसार काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ६ निवासि मदन फुयालको पत्नी शिता फुयालले आफ्ना स्वर्गिय आमा चेतकुमारी आचार्य तथा स्वर्गिय पिता पे्रमप्रसाद आचार्यको नाममा १ लाखको अक्षयकोषको स्थापना गरेको हो । सो कोषबाट आर्जित व्यजले विद्यालयमा अध्ययन गर्ने असक्त तथा असाहये साथै गरिव विद्यार्थीहरुको स्टेसनरी व्यवस्था गर्ने जानकारी गराईएको छ ।

    वि.व्य.स समितिका अध्यक्ष भोगराज पन्तको सभापतित्वमा सम्पन्न उक्त हस्तान्तरण कार्याक्रममा जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतम, पाँचखाल शिक्षा शाखा अधिकृत उदय कोईराला, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवाली, इञ्जिनियर भेषराज पोखरेल, पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिना लगायतका व्यत्तित्वहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    विद्यालयका शिक्षक यादव सिटौलाबाट संचालित कार्यक्रममा विद्यालयका शिक्षीका चण्डीका राउतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरमा रहेका बिभिन्न विद्यालयबाट प्रधानाध्यापकहरु, नगरका वडा अध्यक्षहरु, पार्टी प्रतीनिधिहरु समेतको उपस्थिति रहेको थियो । ५ करोड ६ लाख ८८ हजारमा निर्माण सम्पन्न भएको उक्त भवनमा सुबिधा सम्पन्न १२ कक्षाकोठा आधुनिक ढंगको अपाङ्ग मैत्रि शौचालय समेत निर्माण भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार