काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ४४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १० महिला १५ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ३ महिला ८ पुरुष, पनौती नगरपालीकाबाट १ महिला ३ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला मण्डनदेउपुर नगरपालीकाबाट १ पुरुष, बेथानचोक गाउपालिकाबाट १ पुरुष र भुम्लु गाउंपालिकाबाट १ महिला गरी ४४ जनालाई कोरोना पुष्टि भएको छ । अशोज २६ गते कोरोना पोजेटिभ देखिएका चौरीदेउराली गाउपालिकाका ५१ बर्षिय पुरुषको आज काठमाडौ स्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस