आइ.आर.के मैनाली
काभ्रे । पिउने पानीको जटिल समस्याको रुपमा रहेको पाँचखाल नगरपालिकामा पानीको सहज हुनेभएको छ । नगरवासिको धड्कनको रुपमा रहेको सुनकोशि पाँचखाल खानेपानी आयोजनाको काम तिब्र गतिले अगाडी बढेको छ ।
२०७७ असार १५ गते हुवासुई कन्काई जे.भिसंग १३४१०६५६३७ रुपैयामा ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । सोही क्रममा आज (विहिबार) पाँचखाल नगरपालिका वडा नं ९ चारपिप्ले (टोपल डाँडा) मा व्याक वास ट्याङ्की निर्माणको लागि सिलन्यास भएको छ ।
स्थानिय बयोबृद्ध लोपोन्मुख जाती रत्नवहादुर पहरीको प्रमुख आतिथ्यमा पाँचखालको भविस्यको रुपमा रहेको बृहत खानेपानी आयोजनाको व्याक वास ट्याङ्की सिलन्यास भएको हो । सिलन्यास कार्यक्रममा प्रमुख अतिथि पहरीले विगत लामो समयदेखिको पानीको अभाव बाट मुक्त हुने समय आएको बताउनु भयो । आफ्नो पालामा पिउने पानीको समस्या झेल्नु परेपनि भावि पुस्ताले भनेजति पानी पिएर बाच्न पाउने भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो निर्माण व्यवसायिले गरेको कामको तिब्रताले गर्दा छिटै पानी पिउन पाउने आशा जागेको बताउनु भयो ।
शिलन्यास कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले पाँचखालको पहिलो समस्या खानेपानी र दोस्रो समस्याको रुपमा रहेको नगरको ग्रामिण बस्तिहरुमा रहेको धुले सडक । यि दुई समस्याले गर्दा नगरवासिले सास्ति खेप्दै आएकोले दुवै समस्या समाधान गर्ने कार्यमा नगरवासिहरु एकजुट भएर अगाडी बढेको बताउनु भयो । धुले सडकमा कालोपत्रे गर्ने र पिउने पानीको समस्या समाधान गर्ने बिषयमा आफु निरन्तर रुपमा लागि रहने बताउनु भयो ।
कार्यक्रमका सभापति (सुनकोशि पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने) ले नगरमा रहेका सवै राजनीतिक दलहरुसंग साथै नगरवासिहरुसंग सहकार्य गर्दै निर्धारित समयमा योजना सम्पन्न गर्ने बताउनु भयो । खानेपानी योजना समयमै सम्पन्न गर्नको लागि उपभोक्ता समितिले सहयोग र सम्मान गर्ने बताउनु भयो । “पद ठुलो होईन, योजना ठुलो हो, पदलाई भन्दा योजनालाई महत्व दिएर आगाडी बढ्नुपर्छ ।” अध्यक्ष लामिछानेले बताउनु भयो । नगरवासिहरुलाई अर्जुनको अर्जुन दृष्टिको आधारमा योजना सफल गराएर पानी खुवाउने वताउनु भयो । योजनाको बर्खिलाप गर्ने उद्देश्यले कोहि जुर्मुराए भने दुधको झिंगा टिपेर फालेझैं फाल्न नगरवासिहरु पछि नपर्ने ठोकुवा गर्नुभयो ।
कोहिपनि नगरवासिहरु खानेपानीबाट बञ्चीत हुनु नपरोस भन्दै विगतमा उपभोक्ताको सुचिमा समावेस हुन नसकेकाहरुलाई ०७७ मंसिर मसान्त सम्मको अवधि राखि उपभोक्ताको तर्फबाट बुझाउनु पर्ने रकम स्वरुप २५ हजार पाँचखाल स्थित कृषिबिकास बैकमा रहेको सुनकोशि पाँचखाल खानेपानीको खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाउने बताउनु भयो ।
पाँचखाल नगरका उपमेयर लक्ष्मी दनुवारले संञ्चालित उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रबक्ता शंजय तमाङले आयोजनाको महत्वको बारेमा धारणा राख्दै निर्धारित समयमा काम सम्पन्न गर्नको लागि खानेपानि उपभोक्ता समितिसंग नगरका सम्पुर्ण जनप्रतीनिधिहरु हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । शिलन्यास कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडाअध्यक्ष सुन्दर तामाङ, वडा नं ११ का वडा अध्यक्ष शिव शरण लामा, वडा नं १३ का वडा अध्यक्ष सुकुविर तमाङ लगायतका जनप्रतीनिधिहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, निर्माण व्यवसायि राम मैनाली, प्राविधिकहरु स्थानियहरु समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस