आइ.आर.के.मैनाली
काभ्रे/शुभ—अशुभ कार्यको लागि सुन जतिकै चोखो मानिने राडी—पाखीको उत्पादन घरघरमै हुन्छ । स्वोरोजगार उद्योगको रुपमा सञ्चालन गरीने उक्त व्यवसायबाट कम्तिमा बार्षिक दुईलाख आम्दानि हुन्छ ।
हिन्दु संस्कारको लागि अति आवश्यक राडी र जाडो मौसममा हिमालि बस्तिहरुमा चिसोबाट बच्नको लागि प्रयोगमा ल्याईने पाखि र वख्खु सिन्धुपाल्चोक, दोलखा लगाएतको स्थानमा घरघरमै उत्पादन हुन्छ ।
घरमै पालेको भेडाको उनबाट तयार गरिने राडी—पाखी र बख्खु बनाउनको लागि गृहणी महिलाहरु सक्षम हुन्छन् । ठोसे, भारिबोका, नाकाट र पेटोको सहायताले घरमा रहेका महिलाहरुले उक्त सामाग्री तयार गर्छन । राडी—पाखी र बख्खु तयारको लागि आवश्यक उनको व्यवस्था र धागो तयार गर्ने कार्य पुरुषहरुले गर्ने गर्छन भने बुन्ने काममा महिलाहरु निपुण हुन्छन् ।
महिलाहरुले घरमै बसेर तयार गरेको सामाग्रीहरु चिसोयाममा पुरुषहरुले गाउंगाउंमा डुलाएर बेच्ने गर्छन् । चारपाटे राडी घरघरमा पुर्याएर तीनहजार सम्ममा बेच्ने गरेको पाईन्छ भने बख्खु प्रतिथान चार हजारमा बेच्ने गरेको पाईन्छ । स्वदेशमै घरेलु प्रबिधिबाट उत्दामन साथै नेपालको पहिचानको लागि नेपालीहरुको प्रत्तेक घरमा १ थान देखी ५ थान सम्म राडी राख्ने गरेको पाईन्छ ।
सानो परिवारले घरैमा बसेर चलाईको घरेलु उद्योगबाट बार्षिक दुईलाख सम्म कमाई गरेको पाईन्छ भने ठुलो परिवारले बार्षिक १० लाख सम्म सजिलै कमाउने राडी व्यवसायिहरुको भनाई रहेको छ । व्यसायिहरुले थोकमा बेच्ने भन्दा घरघरमै डुलाएर बेच्न रुचाउछन् । बर्षभरि तयार गरेको सामाग्रीहरु हिउंदोमा डुलाएर बेच्दा थोकमा बेच्नु भन्दा बडी आम्दानी हुनाको साथै गाउं डुल्नुको मज्जानै अर्के रहेको व्यवसायिहरुको तर्क रहेको छ ।
पछिल्लो समयमा आएर साना परिवारहरुले भेडा पालेर उन उत्पादन गर्नु भन्दा उन किनेर उद्योग संञ्चालन गर्नेतिर आबर्षण भएका छन् । सानो परिवारले भेडा पालन गर्दा भेडाको स्याहार सुसार साथै उन उत्पादनमा समय खर्चिनु पर्दा उद्योग संञ्चालन गर्न ससम नपुग्ने भएकोले उन किनेर उद्योग संञ्चालन गर्ने गरेको व्यवसायि भिम गुरुङ्ग बताउनु हुन्छ ।
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी भाङपाल गाउंपालिका वडा नं ८ बस्ने व्यवसायि भिम गुरुङका अनुसार पुरख्यौली पेशाले परिवार पाल्न सहज भएको छ । पहिला संयुक्त परिवार हुंदा भेडा पाल्ने, उन उत्पादन गर्ने र घरैमा उद्योग चलाउने गरिने गरेको बताउनु हुन्छ । तर पछिल्लो समयमा आएर एकल परिवार (सानो परिवार) भएकोले भेडा पाल्न छाडेर उद्योग मात्रै चलाएका छौं । भेडा पालेर उन बेच्दा महिलाहरु बेरोजगार हुने भएकोले उन किनेर व्यसाय गर्ने गरेको गुरुङको तर्क रहेको छ ।
व्यसायी गुरुङ भन्नुहुन्छ “परिवारलाई घरमा एक्लै छोडेर खाडिमुलुकमा गएर पसिना बगाउनु भन्दा घरमै परिवारको साथमा रहेर आफ्नो पुर्खाले गरेको काम गरेर दाम कमाउनु छुट्टै आनन्द आउंछ ।” हामी सानो परिवारले फुर्सदमा घरमा बसेर थोरै काम गर्दा पनि सजिलैसंग बर्षमा दुई लाख कमाई हुन्छ गुरुङको तर्क थियो । उहाँ भन्नुहुन्छ हामी गुणस्तरीय सामान तयार गर्छौ, जसको कारण एक पटक माहीसंग राडी पाखि किन्नेहरुले पुन किन्नु पर्दा हामीलाई पर्खिरहन्छन्, त्यो नै हाम्रो लागि ठुलो उपलब्धी हो ।
नेपाल र नेपालिको पहिचान राख्नको लागि हामी पुर्खाले देखाएको बाटो नविराई निरन्तर लागि रहंदा हामीलाई गाउंगाउंमा धेरै मायाँ गर्छन् । मेरो अर्को पुस्ताले पनि योपेसालाई निरन्तरता दिन्छन् । गाउंगाउंमा राडीको भारी बोकेर हिड्दा माहीलाई गरेको मायाले गर्दापनि यो नेपालको पहिचानको लागि गर्दै आएको पेसालाई छाड्नै सक्दैनौ गुरुङले बताउनु भयो ।
राडी—पाखी व्यसायिहरुको भनाई सुन्दा जिवन धान्नको लागि खाडि मुलुकमा गएर आफ्नो जिवनलाई जोखिममा राखेर परिवारसंग टाडा रहेर अपमानित सहेर रोजगारीको लागि प्लेन चड्नु भन्दा आफ्नै देशको माटोमा पसिना बगाउन उचित भन्ने प्रस्टिन्छ । सवै नेपालीहरुले राडी—पाखी व्यवसायिहरुको जस्तै सोच विदेशिका युवाहरुले राख्नेहो भने समृद्ध नेपाल निर्माणको लागि सहज हुने देखिन्छ कोही पनि नेपाली बेरोजगार रहनु पर्ने रहन्न ।
प्रतिक्रिया दिनुहोस